विश्वप्रसिद्ध दृष्टिविहिन संगीत साधक – Janata Live
  • Saturday, August 8, 2020

विश्वप्रसिद्ध दृष्टिविहिन संगीत साधक

  • जनता लाइभ
  • जेठ १७, २०७६

विश्वप्रसिद्ध दृष्टिविहिन संगीत साधक

संगीत क्षेत्र भनेको नयाँ सिर्जना र कलाको क्षेत्र हो । समाजले अपांग र सबलांगमा भिन्नता गरे पनि कलाको क्षेत्रमा अपांगहरू पनि कम छैनन् । यस्ता सर्जकहरू साँच्चै नै सम्माननीय हुन्छन् ।

केन मेडेमाः
सन् १९४३ डिसेम्बर ७ मा जन्मेका केन मेडेमाले ४० वर्षसम्म युके, युरोप र क्यानाडाजस्ता देशमा सांगीतिक प्रदर्शनी गर्दै आएका छन् । जन्मेको अवस्थादेखि नै आंशिक दृष्टिविहिन थिए । ८ वर्षको उमेरमा उनले क्लासिकल म्युजिक क्लास लिएका थिए । उक्त म्युजिक उनले बे्रल लिपिको आधारमा सिकेका थिए । २५ वर्षको उमेरमा भने उनले मिसिगन स्टेट युनिभर्सिटी लनसिङमा म्युजिक थेरापीको अध्ययन गरे । उनले त्यहाँ पियानो बजाउन सिके । र स्वरको अध्ययन गरी त्यसमै मेजर पनि गरे ।

जर्ज सेरिङ
जर्ज सेरिङलाई ज्याज संगीतको प्रर्वतक पनि भनिन्छ । उनी जन्मजात नै दृष्टिविहिन जन्मेका थिए । उनको जन्म सन् १९१९ मा भएको थियो । उनले ३ सयभन्दा बढी संगीतको रचना गरेको छन् । जसले गर्दा उनलाई संसारभर नै प्रसिद्ध एरेन्जर, पियानिस्ट र रचनाकार भनिन्छ ।

रोड क्लोमेन
पारिवारिक वातावरण नै संगीत क्षेत्रको भएर उनलाई यस क्षेत्रमा लाग्न धेरै साथ र सहयोग मिलेको थियो । उनले ३ वर्षको कलिलो उमेरमै पियानो बजाउन सुरु गरेका थिए । उनले दृष्टिविहिनहरूको लागि स्थापित विद्यालय आर्केनसा विद्यालयमा अध्ययन गरेका थिए । उनले इन्डियान युनिर्भसिटी अफ जेकब्स स्कुल अफ म्युजिकबाट आफ्नो म्युजिसयिनको पढाइ पुरा गरे । आज उनी संसारभर प्रसिद्ध गायक, लेखक, निर्माता र किबोर्ड प्लेयरको रूपमा परिचित छन् ।

नोबुयुकी सुजी
‘७ वर्षे कलिलो उमेरमा ‘अल जापान म्युजिक कम्पिटेसन फर ब्लाङन्ड स्टुडेन्ड’ जितेसँगै उनको संगीत यात्रा तय भयो । उनले १० वर्षको उमेरमा सेन्चुरी ओकेस्ट्रामा आफ्नो प्रदर्शनी गरेका थिए । १५ वर्षको उमेरमा उनले प्रथमपटक पियानो वादनको अवसर दिएको थियो । उनले ‘स्ट्रिट कर्नर अफ भियना’ मा पहिलो आफ्नो संगीत प्रस्तुत गरेका थिए । उनी जापानका कान्छा दृष्टिविहिन हुन् ।

विलियम स्यामुल एमसी टायर
सन् १८९८ मे ५ मा जन्मेका विलियम स्यामुललाई ‘ब्लाइन्ड विली एमसिटेलको रूपमा चिनिन्छ ।’ उनी पिडमन्ट ब्लुज र ¥यागटाइमका गायक र गितारिस्ट हुन् । उनले प्रयोग गर्ने गितार १२ स्ट्रिङको थियो । यस कारणले पनि धेरैको वाहीवाहीका कारण थिए उनी । किनकि यस प्रकारको गितार प्रयोग त्यस बखतमा कमै हुने गथ्र्यो । उनी सन् १९५९ अगस्ट १९ मा जन्मिएका थिए ।

जेफ हिली
सन् १९६६ मार्च २५ मा जन्मेका हिली क्यानेडियन संगीतका छवि हुन् । सानै उमेरमा दृष्टिविहिन भएका हिलीले ३ वर्षको उमेरमा गितार बजाउन सिकेका थिए । उनी आफ्नो काखमा सिधा पारेर बजाउने गर्थे । २ दशकसम्म उनले संगीत क्षेत्रमा सफलताका साथ जमेको थिए । ब्लुज, रक, ज्याज संगीत विधामा बढी जोड थियो । सन् २००८ मा उनको मृत्यु भएको थियो ।

रोनी मिलस्याप
सन् १९४३ मा जन्मेका मिलस्याप अमेरिकी कन्ट्री संगीतकार र पियानो वादक हुन् । सन् १९७० र १९८० को दशक उनको संगीतको योगदानले स्मरणीय रहेको छ । उनको संगीत प्राय आरएनबी, रक एन्ड रोल विधामा विशेष जोड रहेको छ । उनले ६ वटा ग्य्रामी अवार्ड पनि जितेका छन् ।

स्टिभी वोन्डर
सन् १९५० मा मेमा जन्मेको स्टिभी वोन्डर २५ वटा ग्य्रामी अवार्डका विजेता हुन् । उनका ३० वटाभन्दा बढी युएस टप हिट गीत छन् । उनले सय मिलियनभन्दा बढी रेकर्ड संसारभर बेचेका छन् । उनलाई २० औं शताब्दीको व्यवसायिकरूपले सफल दृष्टिविहिन म्युजिम सर्जक मानिन्छ ।

आर्ट टाटम
ज्याज इतिहासको सबैभन्दा बढी सुधारक आर्ट टाटमलाई मानिन्छ । प्राविधिकरूपमा उनले ज्याज संगीतको स्तरलाई उच्च बनाएका छन् । शारीरिकरूपले दृष्टिविहिन भए पनि उनको कलात्मक प्रदर्शनी भने सशक्त थियो । उनको त्यही दुर्वलताले नै उनलाई ज्याज संगीतको क्षेत्रमा सर्जकको रूपमा स्थापित गरिदियो । ज्याजको क्षेत्रमा उनलाई अहिलेका पुस्ताले पनि सम्मानका साथ हेर्छन् ।

रे चार्लस
सन् १९५० मा उनले ‘सोल म्युजिक’ को प्रादूर्भाव गरेको थिए । उनी अमेरिकी गायक, गीतकार, संगीतकार र संंगीतवाधक पनि थिए । उनलाई ‘द जिनियस’ को उपमा पनि दिइएको थियो । फ्लोरिडाको ग्रिनभायलमा ससम्मान उनको मूर्ति स्थापित गरिएको छ । सन् १९३० सेम्टेम्बर २३ मा जन्मेका चाल्र्स सन् २००४ जुन १० को ७३ वर्षमा मृत्यृ भएको थियो ।

Loading...
Loading...
Loading...

आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको...

काठमाडौं उपत्यकामा थपिए ५१ जना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ६८५ पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न...

पछिल्लो २४ घन्टामा थप ३१५ जना कोरोना संक्रमित

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा...

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर...

काठमाडौं उपत्यकामा पुनः ३८ संक्रमित थपिए, सभा सम्मलेन नगर्न स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । आज...

पछिल्लो २४ घन्टामा थप २२४ जना कोरोना संक्रमित

काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न...

‘नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ’

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु...