आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक – Janata Live
  • Wednesday, February 8, 2023

आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक

  • पत्रपत्रिकाबाट
  • जेठ १७, २०७६

आफ्नालाई जागिर खुवाउन बेइमानी : परीक्षा एक, प्रश्नपत्र फरक

काठमाडौं । पद उही । परीक्षा उही । हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ रु अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो ।

आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ । त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई फरक प्रश्नपत्र दिइएको पाइएको छ ।

एउटा २० अंकको बाहेक अरू प्रश्न भने दुवैमा मिल्छन् । द्वितीय पत्रको नेपाली खण्डको १ नम्बरमा एउटा प्रश्नपत्रमा आन्तरिक लेखा परीक्षणबारे प्रश्न छ । अर्कोमा अन्तर्राष्ट्रिय व्यापारबारे ।

प्रश्न फरक बन्नुको प्रकरण भने गम्भीर छ । छैटौं तहको लेखा र प्रशासनको परीक्षा उही दिन उही समय (२०७५ असार २ गते बिहान ८ बजेदेखि) भएको थियो । प्रशासनको एक प्रतिष्पर्धीलाई लेखा समूहको, त्यो पनि फरक प्रश्न दिइयो । उनको परीक्षा बिग्रियो ।

उनलाई षड्यन्त्रपूर्वक असफल गराएर सफल बनाइयो तत्कालीन अध्यक्ष सञ्जीव थापाकी भतिजी प्रतीक्षा थापालाई । उनी सञ्जीवका कान्छा भाइ राजीवकी छोरी हुन् । राजीव उदयपुरमा रेडक्रस उपशाखाका सभापति छन् । ती परीक्षार्थीलाई प्रशासनकै प्रश्न परेको भए थापाले सम्भवतः पास गर्ने थिइनन् ।

यसबारे रेडक्रस केन्द्रीय पदपूर्ति समितिका तत्कालीन सभापति सुरेन्द्र ऐरले फरक फरक प्रश्नपत्रको प्रकरण स्वीकारे। ‘अन्तिम घडीमा प्रश्नपत्रको एउटा प्रश्न स्तर नमिल्ने ठानियो । त्यसलाई फेरियो । पुरानो प्रश्नपत्र पनि थाकमै छुटेछ र प्रशासन समूहको एक परीक्षार्थीलाई परेछ’, उनले भने, ‘उनको परीक्षा कमसल भयो । उनले रेडक्रसमा उजुरी पनि दिएका छन् ।’ तर, न उनको सुनुवाइ भयो। न परीक्षा रद्ध गरियो । यति ठूलो बदासीलाई प्राविधिक त्रुटिका नाममा अलमल्याउँदै आइएको छ ।

उता लेखातर्फ छैटौं तहमा उत्तीर्ण अविनास तामाङ रसुवा सभापति बाबुलाल तामाङका भतिज हुन् । ‘दोहोरो प्रश्नपत्रको एउटै तीरले केन्द्रीय अध्यक्ष र जिल्ला सभापतिका भतिजी–भजितालाई पास गराइयो’, रेडक्रसका एक उच्च अधिकारीले भने, ‘आफ्नालाई सजिलो, अरूलाई जटिल प्रश्न दिइयो । फसाइयो ।’

परोपकारी संस्था रेडक्रसमा अनियमितता अनियन्त्रित भएपछि थापा नेतृत्वको समितिलाई हालै सरकारले विघटन गरेको छ । एक वर्षभित्र चुनाव गराउने गरी डा। विश्वकेशर मास्केको अध्यक्षतामा तदर्थ समिति बनाएको छ । त्यसको उपाध्यक्षमा कृष्ण गौतम, महामन्त्री कमल निरौला, कोषाध्यक्ष सीताराम कोइराला, सदस्यमा दीपेन्द्र ढकाल, दीपक मिश्र, लोकराज ढकाललगायत छन् ।

रेडक्रसका सात आधारभूत सिद्धान्त छन्– मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, एकता, विश्वव्यापकता र ऐच्छिक सेवा। यिनै सिद्धान्तलाई आत्मसात् गर्दै रेडक्रस विश्वव्यापी रूपमा परोपकारमा सक्रिय छ । नेपालमा भने ती सबै सिद्धान्त मिच्ने गरिन्छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...