प्रचण्डकै अगाडि खतिवडाले भने ‘दुई तिहाइको सरकार ठीक ढंगले अगाडि बढन सकेन्’ – Janata Live
  • Sunday, February 5, 2023

प्रचण्डकै अगाडि खतिवडाले भने ‘दुई तिहाइको सरकार ठीक ढंगले अगाडि बढन सकेन्’

  • जनता लाइभ
  • जेठ १६, २०७६

प्रचण्डकै अगाडि खतिवडाले भने ‘दुई तिहाइको सरकार ठीक ढंगले अगाडि बढन सकेन्’

ओखलढुंगा । सत्तासिन दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको विकास र समृद्धिको नारा पूरा भएपछि समाजवाद आउने बताएका छन् ।

ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाको सेर्नामा बुधबार प्रजातान्त्रिक आन्दोलनका योद्धा क्याप्टन यज्ञबहादुर थापाको पूर्णकदको शालिक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिले संविधानले परिकल्पना गरेको समाजवाद ल्याउने बताएका हुन् ।

उनले शालिक शिलान्याशपछि सम्बोधन गर्दै सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पूरा हुँदा नेपालमा समाजवाद आउने र त्यो नयाँ संविधानको परिकल्पना भएको दावी गरे । उनले भने, ‘सबै नागरिक र दलहरुको आकांक्षा समृद्ध नेपाल हो, यो पूरा गर्न सबै मिलेर विकासमा सहकार्य गर्नुपर्छ ।’

त्यसैगरी नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले वर्तमान दुई तिहाइको सरकारले दह्रोसँग खुट्टा टेक्न नसकेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले काम गर्न नसकेको बताए । खतिवडाले भने ‘सरकारको दह्रो खुट्टी छैन । तपाई पनि नेकपाको अध्यक्ष हो’, उनले भने, ‘निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार पु९याउँछु भन्ने आश्वासन कता गयो ?’

गणतन्त्र ल्याउनमा गिरिजाप्रसाद कोइराला, कुलबहादुर गुरुङ, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरूको विशेष योगदान रहेको बताएका युवा नेता खतिवडाले भने, ‘शहीद एउटा दल वा व्यक्तिको मात्रै हुँदैन । यज्ञबहादुर थापाको पनि गणतन्त्र ल्याउनमा योगदान छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन सुझाव दिए । ‘प्रचण्ड र विप्लव विगतमा सँगै युद्ध गर्नुभएको थियो’, उनले भने, ‘सिंहदरबारकै छेउमा बम पड्काउन थालेका छन् । उनीहरूलाई सहि ठाउँमा ल्याउनु पर्छ । शान्ति प्रक्रियामा ल्याउनु पर्छ ।’

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...