आँखा चिलाएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यस्ता उपायहरु – Janata Live
  • Sunday, February 5, 2023

आँखा चिलाएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यस्ता उपायहरु

  • जनता लाइभ
  • जेठ १६, २०७६

आँखा चिलाएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यस्ता उपायहरु

वायु प्रदुषणका कारण अचेल हरेक मानिसलाई विभिन्न खालका एलर्जीले सताउने गरेको छ । यसले गर्दा मानिसलाई विभिन्न ठाउँमा चिलाउने समस्याले सताउने गर्छ । त्यस मध्ये आँखा चिलाउने समस्या पनि एउटा हो । धुवाधुलोको कारण मानिसको आँखा पोल्ने आँखा चिलाउने गर्छ । हामीले जहिले पनि बाहिरबाट आएपछि हाम्रो आँखालाई चिसो पानीले हुन बिर्सन हुदैन । आँखा चिलायो भने के गर्ने त भन्ने कुरा धेरै मानिसलाई थाहा हुदैन ।

आँखा चिलाउने समस्याबाट बच्ने केहि उपायहरु यस्ता छन्:-

-चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।

– घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।

-आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।

– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।

– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...