भागवत गीता भन्छ, यसकारण राम्रा मानिसहरुसँग सम्बन्ध बिग्रन्छ – Janata Live
  • Sunday, February 5, 2023

भागवत गीता भन्छ, यसकारण राम्रा मानिसहरुसँग सम्बन्ध बिग्रन्छ

  • एजेन्सी
  • जेठ १६, २०७६

भागवत गीता भन्छ, यसकारण राम्रा मानिसहरुसँग सम्बन्ध बिग्रन्छ

मानिसहरु प्राय भाग्यमा विश्वास गर्छन् । असल काम गर्ने मानिसहरु, असल सोंच र व्यवहारका मानिसहरु प्राय अप्ठ्यारोमा पर्ने गर्छन् । जसले गर्दा सिधा रुख सबैभन्दा पहिले काटिन्छन् भन्ने भनाइ समेत छ । राम्रो कर्म गर्नेहरुलाई नै भाग्यले नराम्रो परिस्थिति सिर्जना हुने किन भन्ने प्रश्न गर्दै धेरैले भगवानको मूर्ती अगाडी बिलौना समेत गर्ने गर्छन् । राम्रा मानिसहरुसंग नै नराम्रो किन हुन्छ त रु यससंग सम्बन्धित एउटा कथा समेत छ ।

एकजना व्यापारी सधै मदिर जान्थ्यो र भगवानको प्रार्थना गर्थ्यो । ऊ भगवान श्रीकृष्णको सच्चा भक्त थियो । उसको व्यापार पनि राम्रो थियो । व्यापारी आफ्नो समाजमा पनि घुलमिल हुने, सबैलाई सहयोग गर्ने किसिमको थियो । त्यसैले सबैले उसलाई मन पराउँथे । त्यही समाजको एकजना खराब व्यवहार भएको व्यक्ति थियो । ऊ मन्दिरमा पनि चोर्नको लागि मात्र जान्थ्यो । जाँड रक्सी खाने, होहल्ला गर्ने र सबैलाई खराब व्यवहार गर्ने गर्दथ्यो ।

एकदिन त्यो जंड्याहा व्यक्ति मन्दिरमा गयो । मन्दिरमा पूजारी पनि थिएनन् , सुनसान थियो । त्यसपछि उसले त्यही मौका छोपी मन्दिरमा चढाएको भेटी र मुर्ती सबै उठायो । केही छिन पछि व्यापारी उक्त मन्दिरमा गयो । मन्दिरमा सबैथोक चोरी भएको थियो । व्यापारीले खाली मन्दिर देखेर निशब्द भइरहेको समयमा पूजारी आए । त्यसपछि पूजारी चिच्याए,” व्यापारीले मन्दिरमा चोरी गर्यो” । वरपरका मानिसहरु जम्मा भएर उसलाई कुट्न थाले ।

मानिसहरुको कुटाइले ज्यान जोगाएर हिंडेको उसलाई बाटोमा गाडीले ठक्कर दियो । ऊ लड्यो । गाडीको मान्छे अत्तालिदा एउटा सुटकेस भुइँमा झरेको थियो, ऊ आफू पक्राउ परिने डरले सुटकेस पनि नउठाई गयो । अघिको चोरको हातमा त्यो सुटकेस पर्यो र खुशी हुँदै नाच्न थाल्यो ।

व्यापारी घर पुगेर आफूले पूजा गर्न राखेका मूर्ती बाहिर राख्यो र भगवान केवल भ्रम रहेछन् भन्दै रुन थाल्यो । रुँदा रुँदै ऊ सोफामै निदायो । सपनामा भगवान कृष्ण आएर भन्नुभयो, तिमी आज मर्ने योग थियो, तर तिम्रो कर्मका कारण बाँच्यौ । त्यो चोरको राजयोग थियो, तर उसको कर्मका कारण उसले केही पैसा मात्र पायो ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...