जिउँदै जलाएर युवतीको हत्या : १६ अभियुक्त विरुद्ध मुद्दा दर्ता

काठमाडौं । यौन हिंसाविरुद्धको उजुरी फिर्ता गर्न नमान्दा जिउँदै जलाइएकी बंगलादेशी किशोरी नुसरत जहान रफी हत्याकाण्डमा प्रहरीले १६ जनाविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ ।
६ अप्रिलमा ढाकाबाट एक सय ६० किलोमिटर टाढाको फेनी सहरस्थित एक मदरसाको छतमा १९ वर्षीया रफीलाई शरीरमा मट्टितेल खन्याएर जिउँदै जलाइएको थियो ।
रफीको १० अप्रिलमा मृत्यु भएको थियो । प्रहरीले मुद्दा दर्ता गरेका १६ जनामध्ये मदरसाका हेडमास्टर सिराज उद डोउला पनि एक हुन् । घटनाको समयमा उनी जेलमा थिए । उनीविरुद्ध गत मार्चमा रफीले यौनहिंसाको उजुरी दिएकी थिइन् ।
उनीबाहेक मदरसाकै केही छात्रा तथा दुई स्थानीय नेताविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार डोउलाले जेलभित्रैबाट रफीलाई जलाउन आदेश दिएका थिए । प्रहरीले घटनालाई सुनियोजित ‘सैन्य योजनाझैँ’ भनेको छ ।
यस्तो थियो घटना
२७ मार्चमा नुसरतले हेडमास्टरमाथि यौनहिंसाको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन् । उनका अनुसार हेडमास्टरले कार्यालयमा बोलाएका थिए र खराब नियतले शरीरका विभिन्न अंगमा पटक–पटक छोएका थिए । त्यसपछि उनी भागेकी थिइन् ।
सोही दिन उनी परिवारसँगै उजुरी दिनका लागि प्रहरी कार्यालयमा पुगेकी थिइन् । त्यहाँ एक प्रहरी अधिकृतले उनीसँग बयानको भिडियो रेकर्ड गरेका थिए । यस भिडियोमा उनी विक्षिप्त देखिएकी छिन् र हातले अनुहार ढाक्ने प्रयास गरेकी छिन् ।
प्रहरी अधिकृतले हात हटाउन आग्रह गरेका छन् । ती प्रहरीमाथि कानुन विपरीत बयान रेकर्ड गरेको र अनलाइनमा सार्वजनिक गरेको अभियोगमा मुद्दा चलिरहेको छ । रफीको यस बयानपछि मदरसाका हेडमास्टर पक्राउ परेका थिए ।
‘यी हेडमास्टरले आफूलाई भेट्न आएका सहयोगीहरूसँग मुद्दा फिर्ता गर्न नुसरतको परिवारलाई दबाब दिन आग्रह गरेका रहेछन् । जब केही लागेन, त्यसपछि उनले नै मार्ने आदेश दिए,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा बंगलादेशको अनुसन्धान ब्युरो (पिसिबी) का प्रमुख बनजकुमार माजुमदरले भने, ‘यो घटना सुनियोजित देखिन्छ । बुर्का, ग्लोब्स र मट्टितेल हत्याकै लागि खरिद गरिएको थियो । घटनालाई आत्महत्या जस्तो देखाउने योजना थियो ।’
यसरी सार्वजनिक भयो
शरीरमा आगो लागेपछि नुसरत छतबाट खसेकी थिइन् । उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । एम्बुलेन्समै उनले आफ्ना दाइको मोबाइल फोनमा घटनाको बयान रेकर्ड गराइन् । यसै भिडियोलाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
प्रहरीका अनुसार परीक्षा दिन विद्यालय आएकी नुसरतलाई केही साथीहरूले छतमा लगेका थिए । उनीहरूले आफ्नो एक साथी पिटिएको बताएका थिए । जब नुसरत छतमा पुगिन्, तब उजुरी फिर्ता लिन दबाब दिँदै केही व्यक्तिले उनलाई एउटा सादा कागज दिए । ‘उनले केही लेख्न अस्वीकार गरिन् । त्यसपछि सबैले मट्टितेल खन्याएर जलाए,’ प्रहरीले भनेको छ ।
नुसरतले रेकर्ड गरेको अन्तिम भिडियोमा मदरसाका केही विद्यार्थीसमेत घटनामा संलग्न रहेको बताएकी थिइन् । उनले केहीको नामसमेत बताएकी थिइन् । ‘यी शिक्षकले मलाई जथाभावी छोएका छन् ।
म यस अपराधविरुद्ध आफ्नो अन्तिम साससम्म लडिरहन्छु,’ उक्त भिडियोमा उनले भनेकी छिन् । यस हत्याकाण्डको सुनुवाईका लागि प्रहरीले अदालतमा अभियुक्तहरूलाई पेस गर्न बाँकी छ । अनुसन्धानमा खटिएकाहरूले सबै आरोपितमाथि मृत्युदण्डको माग गरेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...