अपहरणमा परेका बालकको हत्या, अपहरणकारीप्रति प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा – Janata Live
  • Wednesday, February 8, 2023

अपहरणमा परेका बालकको हत्या, अपहरणकारीप्रति प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा

  • जेठ १५, २०७६

अपहरणमा परेका बालकको हत्या, अपहरणकारीप्रति प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा

पर्सा । बालकको अपहरण पछि हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका–३, प्रगतिनगरका शम्भु साह तुराहाका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गरिएको हो । करण शाह गत शुक्रबार अपहरणमा परेका थिए । बालकको अपहरणका मुख्य योजनाकार भारत स्थायी घर भएका विकास शर्मासहित २ सहयोगीलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ।

अपहरणपछि हत्या गर्ने मुख्य योजनाकार शर्मासहित २ सहयोगीलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो। बालकको अपहरणपछि ३० लाखबाट सुरु भएको वार्गेनिङ ५ लाखमा आएपछि पनि अपहरणमा संलग्नेले सुरुमा पैसा अनि बालक भन्दै परिवारजनलाई बालकको पहिले रेकर्ड गरेको अडियो सुनाई वार्गेनिङ गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए।

बालकलाई भने प्रहरीले बचाउन असफल भएको उनको भनाइ छ। बालकको अपहरणमा संलग्न मुख्य योजनाकार भारतका विकास शर्मा नारायणी अस्पतालमा उपचार गराउँदै । अपहरणको मुख्य योजनाकार भारत स्थायी घर भएका २१ वर्षीय विकास शर्मा र बाराको कलैया उपमहानगरपालिका-११ घर भएका २० वर्षीय सिकेन्द्र साह तेलीलाई भने प्रहरीले कमरमुनी गोली हानी नियन्त्रणमा लिएको छ। बच्चाको हत्या गरी शव फालेको ठाउँ प्रहरीलाई देखाएर उनीहरू भाग्न थालेपछि दुवैलाई कम्मरमूनि गोली हानी नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक ढकालले दावी गरे।

प्रहरीले चलाएको गोली लागि नारायणी अस्पतालमा उपचार गराउँदै घटनामा संलग्न बाराको कलैया ११ का सिकेन्द्र साह तेली । अपहरणमा संलग्न रही प्रहरीको गोलीबाट घाइते भएका दुवै अभियुक्तको दाया खुट्टामा नै गोली लागेको वीरगन्जको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन्।

अर्का अपहरणमा संलग्न बाराकै खपरताता बस्ने राम विनेश महतोलाई भने प्रहरीले सकुशल नियन्त्रणमा लिएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। घाइतेको भने प्रहरी नियन्त्रणमा नै वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ। बालक गएको जेठ १० गते शुक्रबार बिहान १० बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरस्थित आफ्नै घर अगाडी खेलिरहेको समयमा अपहरण भएको परिवारजनले बताएका हुन्।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...