घट्टेकुलो बम विस्फोटनमा मृत्यु भएका प्रज्वललाई डाक्टर बनाउने धोको थियो… – Janata Live
  • Friday, February 3, 2023

घट्टेकुलो बम विस्फोटनमा मृत्यु भएका प्रज्वललाई डाक्टर बनाउने धोको थियो…

  • पत्रपत्रिकाबाट
  • जेठ १४, २०७६

घट्टेकुलो बम विस्फोटनमा मृत्यु भएका प्रज्वललाई डाक्टर बनाउने धोको थियो…

बझाङ । ‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें। डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ।’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको।

आइतबार बेलुका काठमाडौंको घट्टेकुलोस्थित कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो। उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ। ‘गरिबीको मार खेपिरहेको छु। भएको सम्पत्ति डिक–बन्धकी राखेर साहुको ऋण सापट मागें। ठूलो सपना बोकेर छोरालाई एचए (हेल्थ असिस्टेन्ट) पढाउन १६ लाख खर्च गरें। अब कसरी कहाँबाट तिर्न हो ! आफू पनि गयो, हामीलाई पनि ऋणमा डुबायो,’ उनले भने।

विजय शाहीले प्रज्वलको सहारामा दुई छोरी, अर्का एक छोरा र एक साला गरी चारजनालाई काठमाडौं पढाउन सँगै पठाएका थिए। ‘के छ छोरा खबर भनेर सोध्दा लोकसेवाको तयारी गरिरहेको छु। सानो काम पनि गर्छु भन्थ्यो। पन्ध्र महिनादेखि घरबाट एक रुपैयाँ पनि मागेको थिएन,’ शाहीले भक्कानिँदै भने, ‘छोरो बम विस्फोटमा परेर मृत्यु भएको खबर रेडियो र गाउँलेबाट थाहा पाएँ। अन्य चारजनाको अवस्था के भयोहोला बुझन पाए हुन्थ्यो। काठमाडौं म जान सक्दिनँ।’ यो खबर आजको नागरिक दैनिकमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...