मुटुका लागि चुरोटभन्दा खतरनाक हुनसक्छ अगरबत्तीको धुँवाँ – Janata Live
  • Sunday, February 5, 2023

मुटुका लागि चुरोटभन्दा खतरनाक हुनसक्छ अगरबत्तीको धुँवाँ

  • जनता लाइभ
  • जेठ १३, २०७६

मुटुका लागि चुरोटभन्दा खतरनाक हुनसक्छ अगरबत्तीको धुँवाँ

स्वास्थ्य सम्बन्धी सचेत व्यक्तिहरु चुरोट सेवन गर्दैनन्। किनभने, चुरोटको धुँवाँ शरीरको लागि घातक छ।

तर, त्यही व्यक्ति पूजापाठ गर्दा वा मन्दिर धाउँदा अगरबत्तीको धुँवाँमा बस्छ। अगरबत्ती बाल्नु धार्मिक आस्थासँग जोडिएको छ । अगरबत्ती सुगन्धित हुन्छ। हामीलाई यस्तो सुगन्ध मन पनि पर्छ। कतिपय अवस्थामा दुर्घन्धको प्रभाव कम गर्न पनि अगरबत्ती बालिन्छ।

तर, यस्तो असर

अगरबत्ती बाल्नु सामान्य लाग्छ हामीलाई। अझ त्यसको असरबारे हामीले सायदै सोचेका छौं । जबकी यो निकै घातक हुन्छ, स्वास्थ्यका लागि। अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धुँवाँ भन्दा खतरनाक हुन्छ।

अगत्तरवत्तीको धुँवाँले सास सम्बन्धी समस्या त ल्याउँछ नै । खासगरी यसको सोझो असर फोक्सोमा पर्छ, जसले अक्सिजन परिपूर्ती गरिरहेको हुन्छ । यसले दम, खोकीको दिर्घकालिन समस्या निम्त्याउँछ । साथसाथै मुटुको समस्या पनि निम्त्याउने गरेका छन् ।

अगरबत्तीबाट कार्बनमोनोअक्साइड

जुन घरमा अगरबत्ती बढी बालिन्छ त्यहाँ केहि रोगको खतरा पनि रहन्छ । अगरबत्तीको धुँवाँमा कार्बनमोनोअक्साइड हुन्छ, जसले फोक्सोलाई नराम्ररी असर पुर्‍याउँछ । यसले दम, खोकीको रोग ल्याउँछ।

निरन्तर अगरबत्तीको धुँवाँमा बस्नेहरुलाई श्वासप्रश्वासमा जटिल समस्या हुन्छ। उनीहरुलाई सामान्य रुपमा सास फेर्न पनि समस्या हुन्छ।

अगरबत्ती वा धुपबत्तीको धूवामा लोमो समयसम्म बस्दा यसमा रहेको नाइट्रोजन र सल्फर डाईअक्साइड ग्यास शरीरमा पुग्छ।

मुटुको लागि खतरनाक

स्वस्थ्य शरीरका लागि मुटु पनि तन्दुरुस्त हुनुपर्छ । यस्तो अवस्थामा जब दिनहुँ अगरबत्तीको धुँवाँमा सास फेरिन्छ, यसले मुटुको धमनीहरुलाई साँघुरो बनाउँछ । यसले गर्दा हृदयघातको जोखिम हुन्छ। त्यसैले घरमा नियमित रुपमा अगरबत्ती बालिन्छ भने, मुटुको समस्या आउन सक्छ । यसमा सावधान हुनैपर्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...