आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा – Janata Live
  • Friday, February 3, 2023

आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा

  • पत्रपत्रिकाबाट
  • जेठ १३, २०७६

आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा

काठमाडौं । सजाय तोकिएका अभियुक्तले कैद भुक्तानका लागि अदालतमा आत्मसमर्पण गरेमा २० प्रतिशत मिनाहा हुने भएको छ । सर्वोच्चका तीन जना न्यायाधीश संलग्न पूर्ण इजलासको यो फैसलासँगै कैद तथा जरिवाना मिनाहामा लामो समयदेखिको दुविधासँगै प्रशासनिक झन्झट अन्त्य भएको छ । तर यो सुविधा मुलुकी फौजदारी संहिता र देवानी संहिता लागू हुनुपूर्व गत भदौ १ गतेअघि दर्ता भएका फौजदारी मुद्दाका प्रतिवादीले मात्र पाउने छन् । यो नजिरले अन्तिम फैसला कुरिरहेका मुलुकभर जेलमा रहेका सयौंको संख्यामा रहेका कैदीबन्दीलाई राहत दिनेछ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डिल्लीबजार सदरखोरमा कैद भोगिरहेका वसन्त रावलले दिएको निवेदनमा बिहीबार यस्तो फैसला भएको थियो । उनलाई सर्वोच्च अदालतबाट गत वैशाख ४ गते तीन वर्ष ६ महिना जेल सजाय तोकिएको थियो । रावलले वैशाख २३ गते सर्वोच्चमा उपस्थित भएर २० प्रतिशत कैद मिनाहाको मागसहित निवेदन दिए ।

तर सहरजिस्ट्रार नेत्रप्रसाद आचार्यले नयाँ संहिताले सजाय मिनाहाको व्यवस्था नराखेको भन्दै निवेदन खारेजीको प्रशासनिक निर्णय दिएपछि रावलले वैशाख ३० गते अर्को निवेदन दिए । २०७५ भदौ १ गतेदेखि नयाँ संहिता आएपछि पुरानो कानुनका आधारमा सजाय मिनाहा हुने वा नहुने भन्नेमा विवाद खडा भएपछि सर्वोच्चले सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च अदालत बारबाट ‘एमिकस क्युरी’ का रुपमा एक एक जना वरिष्ठ अधिवक्ता समेत झिकाएको थियो ।

रावलको निवेदनमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान र हरिप्रसाद फुँयालको पूर्ण इजलासबाट पुराना फौजदारी मुद्दामा आत्मसमर्पण गर्ने कैदीबन्दीले मिनाहाको सुविधा पाउने अन्तिम फैसला भएको हो । संहिता लागू हुनुअघि बहाल रहेको मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ ९क० ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिबानामा २० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

नयाँ संहितामा भने जरिबानाका हकमा मात्र यस्तो सुविधा छ । ‘अब २०७५ साल भदौ १ गते अगाडि फौजदारी कसुरमा मुद्दा दायर भएका अभियुक्तको हकमा अन्तिम फैसला हुँदा ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा छुट पाउने बाटो खुला भयो । यो फैसलाले प्रशासिनक अन्योल र दुविधा अन्त्य गरिदिएको छ,’ रावलका कानुनव्यवसायी रहेका अधिवक्ता रमेशप्रसाद खनालले भने, ‘यो फैसलाले थुनामा रहेका हजारौं व्यक्तिलाई कानुनी रूपमा राहत दिनेछ ।’

रावललाई जिल्ला अदालत कञ्चनपुरबाट दुई वर्ष कैद र उच्च अदालत महेन्द्रनगरले बढाएर तीन वर्ष ६ महिना कैद सजाय तोकिएको थियो । उनले पुर्पक्षका लागि थुनामा बसेको २३ दिन कटाएर तीन वर्ष पाँच महिना सात दिन भुक्तान गर्न बाँकी थियो ।

सर्वोच्चबाट उच्चकै फैसला सदर हुने गरी गत वैशाख ४ गते अन्तिम फैसला सुनाएको हो । यी प्रतिवादीविरुद्ध फौजदारी मुद्दा पेस हुँदाको मितिमा मुलुकी ऐन दण्ड सजाय महलको प्रावधान कायम रहेको अवस्थामा पछि बनेको संहिताले प्रभाव नपार्ने जिकिर सर्वोच्चमा थियो ।

साविक महलको व्यवस्थाअनुसार जरिबाना वा कैदको सजाय लागेको व्यक्ति अन्तिम फैसला हुँदाको दिन वा फैसला भएको ६० दिनभित्र आफैं अदालतमा उपस्थित भएमा २० प्रतिशत कैद जरिबानामा कट्टटा गरी बाँकीको लगत कायम हुने भनिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...