सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या दश पुग्यो – Janata Live
  • Friday, February 3, 2023

सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या दश पुग्यो

  • जेठ १२, २०७६

सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या दश पुग्यो

काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या दश पुगेको छ । पछिल्लो पटक बेलायती नागरिक ४४ वर्षीय रोबिन ह्यानेस फिसरको मृत्यु भएको हो ।

शनिवार उनको मृत्यु भएसँगै यो सिजनमा आरोहणका क्रममा मृत्यु हुने आरोहीको संख्या दश पुगेको छ । चुचुरोमा पुगेर फर्कने क्रममा उनी आठ हजार ७०० मिटरमा आइपुग्दा बेहोश भएको बताइएको छ । १५० मिटर तल खसेका उनलाई उद्धार गर्न कोशिश गरिएपनि उद्दार पहिले नै उनको मृत्यु भएको काठमाडौँस्थित एभरेस्ट परिवार एक्स्पिडिसनले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

शुक्रबार मात्रै आयरल्याण्डका केभिन ह्याइनेस र नेपाली गाइड धुब्र विष्टको मृत्यु भएको थियो । यसपटक ३८१ आरोहीले सगरमाथा आरोहणको लागि स्वीकृति लिएका थिए । केही दिनअघि मात्रै सगरमाथाको चुचुरोमा पुग्न आरोहीहरू लाइनमा बसेको फोटो समाचार संस्था एफपीले सार्वजनिक गरेको थियो । योसँगै सगरमाथामा बढेको ‘ट्राफिक जाम’ बारेमा सर्वत्र चर्चा र बहश भएको थियो । यस्तै, सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा फेला परेको छ ।

यो पनि पढ्नुहोस्, त्रिपिटक भनेको के हो ?
भगवान बुद्धले आफ्नो उपदेशलाई त्यस समयको साधरण भाषा भईराखेको पाली भाषाबाट बुझ्न सजिलो भएकोले प्रचार-प्रसार गर्नुभयो । सुर्यको किरण झै वहाँको उपदेश सबैलाई समान रुपले प्राप्त भयो । भगवानको महापरिनिर्बाण भइसकेपछी कास्यप, आनन्द आदि वहाँका मुख्य मुख्य सिस्यहरुले राजगृहमा बुद्धबचनको संगायन गर्नुभयो । धर्म तथा बिनयको संग्रह गर्नुभयो । १०० बर्षपछी स्थबिरहरुले दोस्रो संगिती गर्नुभयो, यश सभा बैसालिमा सम्पन्न भएको थियो । यश सभामा ७०० जना अर्हत भिक्षुहरु सम्मिलित हुनु भएको थियो । असोक महाराजाको पालामा आचार्य मौदगाली पुत्रको प्रधानत्वमा पाटलिपुत्रमा तेस्रो सांगिती भयो । आजसम्म प्राप्त भैइसकेको त्रिपिटकका रुप यश प्रकारको रहेको छ ।

त्रिपिटक: (क) सुत्तपिटक:- (१) दिघनिकाय (२) मज्झिमनिकाय (३) संयुक्तनिकाय (४) अंगुत्तरनिकाय (५) खुद्दकनिकाय (खुद्दकपाठ पाली -धम्मपद पाली -उदान पाली (इत्तिबुतक पाली -सुत्तनिपात पाली
(बिमानबत्थु पाली -पेतबत्थु पाली -थेरगाथा पाली -थेरिगाथा पाली -जातक पाली -निद्देस पाली (महानिद्देस, चुल्लनिद्देस ) -पटिसम्भिदा मग्ग पाली -अपदान पाली -बुद्धवंस पाली -चारिया पिटक पाली

(ख) बिनय पिटक:- (१) पाराजिका पाली (भिक्खुबिभङ) (२) पाचित्तिय पाली (३) महाबग्ग (४) चुलबग्ग (५) परिवार पाली ९ग० अभिधम्मपिटक (१) धम्मसङणि (२) बिभङ (३) कथावत्थु (४) पुग्गलपञ्ञ्चती (५) धातुकथा (६) यमक (७) पट्टान

परिच्छेद -१
बिनय
बिनय शब्दको अर्थ ठाँउ हेरि, विषय हेरि विभिन्न पुस्तकमा विभिन्न प्रकारले दिईएको भएतापनी ती सबैको एउटै लक्ष्यतिर निर्दृस्ट भईराखेको पाइन्छ । यसको साधरण अर्थ:- बिनित हुन जान्नु, सिस्ट हुन सम्पन्न हुन जान्नु, संयमित हुन जान्नु हो । इन्द्रियलाई नियन्त्रणमा राख्न सक्नु, नियम पालन गर्नु, सिक्षित हुन जान्नु, विशेष निर्दिस्ट ठाँउमा जानू तथा नराम्रो बाटोलाई त्यागी राम्रो बाटोमा लाग्नु आदि हो ।

बिनय शब्द “नय” – “गति रक्खो” भन्ने भुवादी धातु शब्दले बनेको हो भनेता पनि सिंहल बिनयकोषबाट “नि” – “नये पापुणने” भन्ने भुवादी शब्दबाट बनेको हो भनेर भनिन्छ ।

दण्डद्वारा दमन नगरीकन धर्मपुर्बक अर्थात क्षान्ती र मैत्रीपुर्बक दमन गर्नुलाई पनि “बिनय” भनिन्छ । “धर्म र बिनय” लाई ग्रन्थको हिसाबले हेर्दा बिनयपिटक एक बाहेक अरु सबै पिटकलाई “धर्म” भनिन्छ । बिनयपिटक एउटालाई मात्रै “बिनय” भनिन्छ ।

संक्षेपमा बिनयलाई …(क) संवर – बिनय र (ख) प्रहाण – बिनय भनेर भनिन्छ । (क) संवर-बिनय भनेको संयम गर्ने बिनय, नियम हो । (ख) प्रहाण-बिनय भनेको त्याग गर्नुपर्ने बिनय, नियम हो ।

बिनयपिटक भनेको के हो ??
(क) संघको लागि अनुशासनात्मक तथा कायिक नियमहरु:-
बुद्धसासनमा भिक्षुहरु तथा भिक्षुणिहरुको रूपमा प्रवेश गरेका बुद्धका सिस्यहरुलाई (अनुयायीहरु ) उनीहरुको आचरण ब्यबस्थित गर्नको लागि बनेको अनुसासनका नियमहरुलाई बिनय भनिन्छ ।

यी नियमहरुले सारिरिक र बाचिक दुबै कार्यहरूको निरोध र आचरणको प्रक्रियामा बुद्धको आधिकारिक आदेशको रूपमा कार्य गर्दछ । अनुसासनको उल्लंघनहरुसंग र विभिन्न प्रकारको अवरोधहरुसङ तथा असन्तोषको प्रकृतिसंग चेतावनीको रूपमा यी नियमहरुले व्यबहार गर्दछन । यिनै नियमहरुको ब्यबस्थित रूपमा संग्रह गरि राखेको पिटकलाई “बिनय पिटक” भनिन्छ ।

(ख) सात प्रकारको उल्लंघनहरु अथवा असन्तोष, आपत्ति :-
बुद्धले सबैभन्दा पहिला लागू गरेको अनुसासनको नियमहरुलाई मुलपञ्ञती ( मुल नियमहरु ) भनिन्छ । ती नियमहरुलाई पछी गएर अनुपञ्ञतिको रूपमा चिनिन थालियो । साथै यी नियमहरु, सिक्खापदहरु, अनुसासनका नियमहरुको रूपमा पनि लिन थालियो । यी नियमहरु उल्लंघन गरे अनुरुप दोषि भिक्षुले दण्ड बेहोर्ने कार्यलाई आपत्ति भनिन्छ । जस्को अर्थ “पुगिरहेको” हुन्छ ।

आक्रमक कारबाहीको लागि लागू गरेको सजायहरुलाई स्वाभव वा प्रकृति अनुसार सात प्रकारमा बिभाजन गर्न सकिन्छ । ती हुन:-
(१) पाराजिका (२) संघादिसेष (३) थुल्लच्चय (४) पाचित्तिय (५) पाटिदेसनिय  (६) दुक्कत (७) दुब्भासित

क्रमशः !! – धेरै दिन अघि एक मित्रले त्रिपिटकमा भएको बौद्ध शिक्षा यो पेजमा लेख्न अनुरोध गर्नुभएको थियो । उहाँको आग्रहलाई स्विकार्दै हामीले केही त्रिपिटकका ज्ञान साभार गर्ने जमर्को गरेको छौ । पुस्तक :- त्रिपिटक प्रवेश, अनुबाद तथा सग्रह:- बासुदेब देसार र कोबिद ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...