पश्चिम बंगालकी मुख्यमन्त्री ममताले दिइन राजीनामा ! – Janata Live
  • Sunday, February 5, 2023

पश्चिम बंगालकी मुख्यमन्त्री ममताले दिइन राजीनामा !

  • जेठ १२, २०७६

पश्चिम बंगालकी मुख्यमन्त्री ममताले दिइन राजीनामा !

काठमाडौं । भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अप्रत्यासित नतिजा व्यहोरेपछि तृणमूल कांग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पार्टीलाई राजीनामा दिएकी छन्। पार्टीको आपतकालीन बैठक बोलाएर पार्टीलाई राजीनामा बुझाए पनि पार्टीले राजीनामा अस्वीकार गरेको छ।

बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बनर्जीले पार्टीको आन्तरिक बैठकमा आफूले मुख्यमन्त्री र पार्टी नेतृत्व छोड्न चाहेको भए पनि पार्टीले अस्वीकार गरेको बताइन्। उनले कुर्सी आफ्नो लागि महत्त्वपूर्ण नभएको र आफूले यसअघि केन्द्रीय मन्त्रीको पद छोडिसकेको भन्दै पार्टीको नेतृत्व लिनै पर्ने अवस्थाका कारण आफू कुर्सीमा रहिरहेको बताइन्।

पश्चिम बंगालमा यसपटक भारतीय जनता पार्टीले १८ सिट जितेको छ भने तृणमुल कांग्रेसले २२ सिट जितेको छ। सन् २०१४ को निर्वाचनमा तृणमूल कांग्रेसले ३४ सिट जितेको थियो, त्यो बेला भारतीय जनता पार्टीले दुई सिट मात्रै जितेको थियो। यस्तै भारतीय कांग्रेका अध्यक्ष राहुल गान्धीले पार्टी नेतृत्वबाट दिएको राजीनामा पनि अस्वीकृत भएको छ। उनले निर्वाचनमा हारको जिम्मेवारी लिँदै केन्द्रीय समितिमा राजीनामा बुझाएका थिए।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...