सावधान ! सुत्नु अघि भुलेर पनि नगर्नुहोस् यी ८ काम – Janata Live
  • Friday, February 3, 2023

सावधान ! सुत्नु अघि भुलेर पनि नगर्नुहोस् यी ८ काम

  • जनता लाइभ
  • जेठ ०९, २०७६

सावधान ! सुत्नु अघि भुलेर पनि नगर्नुहोस् यी ८ काम

स्वस्थ जीवन नै सम्पत्ति हो । स्वस्थ्य जीवन बिनाको अकुत सम्पत्तिले मानिसलाई आराम दिन सक्दैन । यसर्थ मानिस हरपल आफू कसरी स्वस्थ रहने भन्ने चिन्ता गर्छ । तर, आफ्नो जीवनशैलीमा भने परिवर्तन गर्न चाहदैँन वा सक्दैन । यस कारण आफ्नै जीवन शैलीका कारण विभिन्न रोग लाग्ने गर्छ ।

राति चाँडै सुत्नेदेखि बिहान चाँडै उठ्नेसम्म, खानपानदेखि व्यायामसम्म मानिसले ध्यान दिनु आवश्यक छ । आफूलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यी विषयको जिज्ञासाको खोजीका क्रममा यहाँ चर्चा गर्न खोजिएको विषय हो – सुत्नु अघि सामान्यतया के गर्न हुँदैन वा खान हुँदैन भन्ने हो ।

पहिलो नम्बरमा छ, धुमपान नगर्ने । सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोड्नुस् । यसले तपाईंलाई निद्रा नलाग्ने समस्या हुन सक्छ । यस्तै दोस्रोमा सुत्ने समयमा रक्सी पिउने बानी छ भने पनि छाडिदिनुहोस्, यो आदत पनि खराव हो । यसले तपाइँको निद्रा खराव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ ।

यसैगरी दोस्रो सुत्नु अघि चिया कफी पनि पिउनु हुँदैन । यसले अनिद्राको समस्या ल्याउन सक्छ । अनिन्द्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो । चौथोमा गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो ।

पाँचौंमा सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ । छैठौंमा सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा विथोलिन्छ ।

सातौँमा विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि खराव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ । र आठौंमा राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...