वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ

काठमाडौं । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रस्ट अन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन ।
राजधानीको मुटु मानिने छाउनीको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको हुने सर्वोच्च अदालतले अन्तिम फैसला ग¥यो । त्यसलाई अटेर गरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले कब्जा जमाएकी छन् । प्रेरणाले यो जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत दिएको जिकिर गरेकी छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छपको छ ।
‘विजया घर’ बाट चिनिने यो घरजग्गा खाली गराउन ट्रस्टले ५ महिनाअघि नै पत्राचार ग¥यो । काठमाडौं महानगरपालिकाले पनि यो घरजग्गा खाली गर्न पत्र लेखेको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको पूर्णइजलासले एक वर्षअघि यो सम्पत्ति नेपाल ट्रस्टकै नाममा फिर्ता गर्नुपर्ने फैसला गरेको थियो ।
दरबार हत्याकाण्डपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको यो जग्गा ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाको नाममा पास गरिदिएका थिए । यस्तै चन्द्रागिरी नगरपालिकाको सतुगंल, मातातीर्थ र थानकोटको राजाको ‘फर्माएसी बिर्ता’ १७० रोपनी ट्रस्टको जग्गा मोहीलाई नामसारी गरिएको छ ।
बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला यो जग्गा ट्रस्टको मापदण्डविपरीत मोहीलाई दिने निर्णय भएको थियो । ट्रस्टको नाम आइसकेको जग्गाको हक हस्तान्तरण हुन सक्दैन । तर नियम विपरीत नीतिगत भ्रष्टाचार गरी मोहीलाई दिने निर्णय त्यसबखत भएको थियो । यस सम्बन्धमा पुनःअनुसन्धान थालिएको छ ।
नेपाल ट्रस्टको कार्यालयका सूचना अधिकारी अमृत महर्जनले ‘फर्मायसी बिर्ता’ को जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान भइरहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई यस सम्बन्ध ट्रस्टले जानकारी गराइसकेको उनले बताए । मालपोत कार्यालय कलंकीले यसबारे अध्ययन गरिरहेको छ । भक्तपुर नगरपालिकाले सल्लाघारीको १०८ रोपनी जग्गा पर्खाल लगाएको छ ।
ट्रस्टको अनुमतिबेगर नगरपालिकाले यो जग्गा घेरेको हो । ट्रस्ट जग्गामा नगरपालिकाले पर्खाल लगाएर अतिक्रमण गर्नु गलत भएको ट्रस्टका पूर्वसचिव भीमप्रसाद उपाध्यय बताउँछन् ।
ट्रस्टको अध्यक्ष गृहमन्त्री हुन्छन् भने संरक्षक प्रधानमन्त्री । उपाध्यक्ष मुख्यसचिव र सदस्यसचिव ट्रस्टका सचिव हुने व्यवस्था छ । नगरपालिकाले ट्रस्टको जग्गामा पर्खाल लगाउँदा रोक्न नसक्नु अध्यक्ष गृहमन्त्री, उपाध्यक्ष मुख्यसचिवसम्म दोषी हुने उनको ठम्याइ छ । ‘नगरपालिकाले स्रोतको दुरुपयोग ग¥यो, बलजफ्ती ट्रस्टको जग्गामा पर्खाल लगायो, अन्य ठाउँमा लगानी गर्न सकिने बजेट यतातिर खर्च ग¥यो’, उनले भने, ‘यो नीतिगत भ्रष्टाचार हो, रोक्न नसक्ने गृहमन्त्री, मुख्यसचिव दोषी हुन् ।’ उनले माफियासँग मिलेर सरकारले ट्रस्टको सम्पत्ति लुटिरहेको बताए ।
‘स्थानीय सरकारले अर्काको नामको जग्गा खाइदिन पाउँछ रु ’ पूर्वसचिव उपाध्ययले भने, ‘सरकारले त कानुनको रक्षा गर्ने हो, आफैँ माफियाजस्तै काम गर्ने होइन । सरकार नै अतिक्रमण गर्दै हिँड्न मिल्छ ?’
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...