दाँतमा किरा लाग्यो ? यसरी गरौँ घरेलु उपचार – Janata Live
  • Friday, February 3, 2023

दाँतमा किरा लाग्यो ? यसरी गरौँ घरेलु उपचार

  • जनता लाइभ
  • जेठ ०७, २०७६

दाँतमा किरा लाग्यो ? यसरी गरौँ घरेलु उपचार

दाँत तीन तहले बनेको हुन्छ। पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं। दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं।

इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ। र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ। यो तहमा रक्तसञ्चार भइरहेको हुन्छ र यो सबैभन्दा कमजोर हुन्छ। हाम्रो मुखभित्र हुने सात सयदेखि नौ सय प्रकारका ब्याक्टेरिया हुन्छन्। त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस’।

हामीले खाएका पदार्थहरू जब दाँत र गिजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरूबीचको कापमा दन्त लेउका रूपमा अड्केर बस्छ। स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ। सो एसिडले ‘इनामेल’ खिइन थाल्छ। खिएको ठाउँबाट जाने ब्याक्टेरियाले भित्री भागमा संक्रमण गर्दै जान्छ। एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि त्यसभित्रका भागहरू फोड्न गाह्रो हुँदैन। इनामेल फोडेसँगै ब्याक्टेरियाले भित्र थप खोल्दै जान्छ । जब दाँतमा खोल्सिँदै जान्छ, खानेकुरा त्यहीँ गएर अड्किन्छ र अड्किएपछि थप एसिड उत्पादन हुन थाल्छ । झन् -झन् दाँत खोक्रिँदै जान्छ।

गुलियोले मात्रै बिगार्ने होइन दाँत

विशेष गरी बालबालिकालाई गुलियो खानेकुरा दिँदा दाँतमा किरा लाग्छ भन्ने भ्रम छ। गुलियो मात्रै होइन, जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ, यदि त्यो दाँतमा रह्यो भने। तर, के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरू टाँसिने भएकाले छिटो खान मद्दत हुने हो। तर, चिनीपानी, महजस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ। खानेकुरा दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने हो।

दाँत जोगाउन के गर्ने ?

बिहान-बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने। दाँत माझ्दा चपाउने भागमा पनि माझ्ने। बच्चालाई सुतेर खानेकुरा वा दूध खान नदिने। त्यसरी दिँदा खानेकुरा मुखभरि रहन्छ र दाँतमा एसिड उत्पादन तीव्र हुन्छ। कोल्डड्रिंक्स खाँदा सकेसम्म पाइपको प्रयोग गरौं। बोतलबाट वा गिलासबाट खाँदा दाँतको इनामेल बिगार्छ, तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन । बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाइसकेपछि सकेसम्म मुखकुल्ला गर्ने। हल्का कालो वा पहेँलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने। सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ।

यो पनि पढ्नुहोस्,

दाँत सड्ने रोग–एक परिचय

डाक्टर साब ! मेरो दाँत एकदम दुखिराखेको छ । केही खान पनि मिलेको छैन । दाँत सडेर खाल्डो भएको छ । त्यसैले खान पनि अड्किन्छ । साह्रै समस्या दियो यो दाँतले । केही उपचार गरिदिनुस् या त दाँत नै झिकिदिनुस् ?

यस्तो समस्या तपाईंहरूलाई पनि पक्कै भएको होला । यस्तो समस्याबाट कसरी बच्न सकिन्छ ? यदि यस्तो समस्या आएमा के गर्न सकिन्छ ? भन्नेबारे छलफल गरौं ।

भानिन्छ “’Prevention is better than cure ” अर्थात रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हो । तसर्थ यस्तो समस्याबाट बच्न उपाय अपनाउनु भयो भने रोग लाग्दैन । सर्वप्रथम दाँतको बनावट (anatomy) को बारेमा बुझौं , जसले गर्दा दाँतको समस्याको रोकथाम गर्न सजिलो हुनेछ । दाँतको दुई भाग हुन्छ । जसलाई क्राउन (crown) – दाँतको देखिने भाग र रूट(root) – दाँतको जरा भनिन्छ । दाँतको बनावट इनामेल (enamel), डेन्टिन(dentin), पल्प(pulp), सिमेन्टम(cementum)ले भएको हुन्छ ।

(क) इनामेल (Enamel)– यो क्राउनको सबभन्दा बाहिरी भाग हो । यो हलुका पहेलो रङदेखि सेतो रङसम्म हुन्छ । यो हाम्रो मानव शरीरको सबभन्दा कडा भाग हो । यसमा रक्तनली (blood supply) तथा नशा (nerve supply) केही हुँदैन । त्यसैले इनामेलमा मात्र दाँत सड्दा, चोट लाग्दा वा टुक्रा हुँदा दुखाइ हुँदैन ।

(ख) डेन्टिन(Dentin)– इनामेलको भित्री तहमा डेन्टिन हुन्छ । डेन्टिन दाँतको क्राउन र रूट गरी दुवै भागमा पाइन्छ । यसको बनावट हेर्ने हो भने यो डेन्टिनल ट्युबुल्स (dentinal tubules)हरू मिलेर बनेको हुन्छ । डेन्टिनल ट्युबुल्सहरू भनेको सानो सानो नलीहरू हो । जसको भित्र पल्पबाट आउने नशाहरू पाइन्छ । यो नलीभित्र नशा पाइने हुनाले कुनै पनि दाँत सडेर डेन्टिनसम्म पुगेको अथवा दाँत भाँचेर डेन्टिन देखिएको खण्डमा, चिसो वा तातो खाँदा दाात सिरङ्ग सिरिङ्ग गर्छ जसलाई हामी डेन्टिनल हाइपरसेन्सीटिभिटि (dentinal hypersensitivity) भन्छौं ।

ग) सिमेन्टम (Cementum)– यो दाँतको “रूट” अर्थात जराको सबभन्दा बाहिरी तह हो । जसरी क्राउनको बाहिरी तह इनामेल हो । त्यसरी नै जराको बाहिरी तह सिमेन्टम हो । यो इनामेलभन्दा कमजोर हुन्छ र यसमा नशा र रक्त नलीहरू केही पाइँदैन । यसले जरामा भएको डेन्टिन र पल्पलाई छोपेर राखेको हुन्छ ।

घ) पल्प(Pulp)– यो दाँतको सबभन्दा भित्री तह हो । यो एउटा कोठा (chamber) जस्तै हुन्छ । जसमा रक्तनली र नशाहरू हुन्छ । दाँतको क्राउनमा हुने पल्पलाई कोरोनल पल्प (coronal pulp) र रुटमा हुने पल्पलाई रेडीकुलर पल्प (radicular pulp) भनिन्छ । प्रत्येक दाँतको जरामा रूट क्यानल(root canal) हुन्छ । जसमा रेडीकुलर पल्प हुन्छ । यदि दाँत सडेर पल्पसम्म पुगेको छ भने दाँतमा असाध्यै पीडा हुन्छ । यस्तो बेलामा दाँत भएको सबै पल्प निकाल्नु बाहेक अरू विकल्प हुँदैन ।

दाँतको सड्न :

दाँतको बनावट पछि दाँत कसरी सड्छ

दाँत सड्नको लागि चाहिने कारक तत्वहरू निम्न छन् :

क. गुलियो खाना

ख. दाँत

ग. जीव र किटाण(bacteria)

गुलियो खाना खाँदा वा खाइसकेपछि दाँत राम्ररी सफा गरिएन भने ती खानाहरू दाँतमा अड्केर बसेको हुन्छ । प्राय गरेर ती खानाहरू दुई दाँतबीचको भागमा र दाँतको सतहमा टाँसिएको हुन्छ ।

हाम्रो स्वास्थ्य मुखमा streptococcus, lactobacillus जस्ता जीवहरू सधैं पाइन्छ । यी जीव र किटाणुहरूले दाँतमा अड्केको र टाँसेको खानाहरूमाथि reaction गरेर अम्ल (acid) बनाउँछ र यो अम्लले दाँतलाई सडाउँदै लैजान्छ ।

दाँत सड्ने क्रममा सबैभन्दा पहिले दाँतको इनामेल सड्छ । इनामेल सड्ने बेलामा दाँतमा न त दुखाइ नै हुन्छ न त सेन्सीटिभिटि नै हुन्छ । त्यसैले यो समयमा हाम्रो दाँत स्वास्थ्य छ जस्तो लाग्छ तर वास्तविकतामा भन्नुपर्दा दाँत सड्न सुरु भइसकेको हुन्छ ।

दाँत सडेर अलिकति गहिरो भयो भने त्यसमा खाना अड्किनु बाहेक अरू केही समस्या देखा पर्दैन , त्यसैले यो अवस्थामा प्राय मानिसले जानीजानी दाँतको उपचार गर्दैन । यस्तो खालको दाँतको सड्नलाई इनामेल केरिज (enamel caries) भनिन्छ । यो अवस्थामा दाँतको उपचार गरेमा थोरै समयमा दाँतको उपचार हुनुको साथसाथै धेरै खर्च पनि पर्दैन र दाँत पनि जोगिन्छ । दाँतमा सिमेन्ट, चाँदी, कम्पोजिट आदि भर्न सकिन्छ र दाँतलाई स्वस्थ बनाउन सकिन्छ । इनामेल केरिजको उपचार गरिएन भने दाँत सडेर डेन्टिनसम्म पुग्छ र डेन्टिनल केरिज गराउँछ ।

डेन्टिनमा भएका डेन्टिनल ट्युबुल्सहरू खुल्छन् र त्यसमा भएका नशाहरू excite हुन्छन् जसले गर्दा चिसो, तातो केही खाँदा दाँत सिरिङ्ग सिरिङ्ग गर्छ जसलाई डेन्टिनल हाइपर सेन्सीटिभिटि(dentinal hypersensitivity)भनिन्छ । यो समयमा पनि उपचार गराइयो भने दाँत बलियो नै हुन्छ र जोगाउन पनि गाह्रो हुँदैन । यस्तो समयमा उपचार गर्ने प्रविधिलाई डिप केरिज म्यानेजमेन्ट (deep caries management–DCM) भनिन्छ । डेन्टिनल ट्युबुल्सहरूलाई सील ग¥यो भने केरिजलाई दाँतको पल्पसम्म पुग्नबाट बचाउन सकिन्छ ।

कसैले डेन्टिनसम्म पुग्दा पनि दाँतको उपचार गरेन भने दाँतको सड्न पल्पसम्म पुग्छ । यो अवस्थालाई पल्पाइटिस (pulpitis) भनिन्छ । यस्तो अवस्थामा दाँतको दुखाइ एकदम पीडादायक हुन्छ । जसले गर्दा उक्त दाँतबाट खाना खान समेत सकिदैन । प्राय गरेर धेरै जस्तो मानिसहरू यो अवस्था आएपछि मात्र दाँतको उपचार गराउन भनेर दन्त चिकित्सककोमा जान्छन् । यस्तो अवस्थामा दाँतमा भएको सबै पल्पलाई निकालेर त्यसलाई सफा गरी औषधी राखिन्छ । यस्तो उपचारलाई आर. सि. टि. (RCT – Root Canal Treatment) अर्थात रुट क्यानल ट्रेटमेन्ट भनिन्छ ।

रुट क्यानल ट्रेटमेन्ट(Root Canal Treatment -RCT)

रुट क्यानल ट्रेटमेन्टमा दाँतमा भएको सबै पल्प (नशा र रक्तनलीहरू) निकालिन्छ र क्यानललाई सफा गरेर औषधी राखिन्छ । औषधी राखेको केही दिनपछि क्यानललाई गट्टा पर्चा (gutta percha) ले जरैदेखि भरिन्छ । यो उपचार गर्न केही दिनको समय लाग्छ । त्यसकारण बिरामीलाई उपचारको लागि दुई तीन पटक आउनुपर्छ । यति मात्र नभएर यस्तो खालको उपचार महँगो पनि हुन्छ । RCT गर्दा दाँतमा भएका सबै रक्त नलीहरू र नशा निकालिएकोले दाँतलाई बलियो बनाउने तŒवहरू दाँतले पाउन छोड्छ र केही समयपछि दाँत कमजोर हुँदै जान्छ । दाँत कमजोर नहोस् भनेर RCT गरेको दाँतमा खोल र क्याप (crown) राख्नुपर्छ । जसले दाँतलाई बचाएर राख्छ । खोल र क्याप (crown) राख्दा अझ बढी समय चाहिन्छ र यो पनि महँगो हुन्छ ।

त्यसैले दाँतलाई स्वस्थ बनाउने हो भने हरेक ६–६ महिनामा आङ्खनो दाँतको परिक्षण गराइरहनु पर्छ । दाँत सड्न लागेको छ भने समयमै उपचार गराउनु पर्छ । जसले गर्दा समय र पैसाको बचत मात्र नभई दाँतको आयु पनि बढाउँछ ।

दाँत सड्न बात बच्न अपनाउनुपर्ने उपायहरू :

क. ङ्खलोराइड (Fluoride) युक्त मन्जनले राम्रोसँग दिनको दुई पटक दाँत सफा गर्ने

ख. दुई दाँत बीचको भागमा सफा गर्न डेन्टल फ्लोस (dental floss) को प्रयोग गर्ने

ग. दाँत सफा गरेपछि सफा औलाले गिजाको मालिस गर्ने

घ. जिब्रो सफा गर्ने

ङ. गुलियो खाने कुरा सकेसम्म कम खाने , खाइसकेपछि राम्रोसँग पानीले कुला गर्ने

च. ६–६ महिनामा दन्त परिक्षणगराइ राख्ने

छ. दाँतमा अथवा मुखमा कुनै पनि समस्या देखा परेमा दन्त चिकित्सकको परामर्श लिने

ज. चुरोट, रक्सी, बिंडी, सिगरेट, सुर्ती, गुट्खाजस्ता हानिकारक पदार्थको सेवन नगर्ने

तपाईंको दाँत २४ क्यारेट सुनभन्दा पनि महँगो छ । तसर्थ यसको हेरचाह राम्ररी गर्नुहोला ।(लेखक भरतपुर अस्पतालका कार्यरत दन्त चिकित्सक हुन्)

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...