पाँचथर घटनाको नयाँ रहस्य घटनास्थल नजिकै रुखमा झुण्डिएको अवस्थामा एक युवाको शव फेला

काठमाडौं । सोमबार राती गाउँ नै शोकाकुल हुने गरी भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको सामुहिक हत्याकाण्डको नयाँ रहस्य पत्तो लागेको छ ।
घटनास्थल नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन ।
यो पनि पढ्नुहोस्
पाँचथरमा दुई परिवारका नौ जनाको हत्या, १२ वर्षीया बालिका भागेर बाच्न सफल (मृतकको नामसहित)
पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं- ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।
धनराजको परिवारका ५ जनाको हत्यापछि शव घर भित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घर भित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष हस्तराज फियाकले घट्नाको पुष्टि गर्नुभयो ।
हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बहबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् । मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो ।
घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली विहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल तर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घट्नास्थलमा रहेका प्रहरीहरुले पुष्टि गरेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोली समेत घट्नास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घट्नास्थलमा पुगिसकेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...