खाना पचाउने र प्रतिरक्षा प्रणालीको रक्षा गर्ने कलेजो जोगाउन अपनाउनुहोस् यी ८ घरेलु उपाय – Janata Live
  • Wednesday, February 8, 2023

खाना पचाउने र प्रतिरक्षा प्रणालीको रक्षा गर्ने कलेजो जोगाउन अपनाउनुहोस् यी ८ घरेलु उपाय

  • एजेन्सी
  • जेठ ०६, २०७६

खाना पचाउने र प्रतिरक्षा प्रणालीको रक्षा गर्ने कलेजो जोगाउन अपनाउनुहोस् यी ८ घरेलु उपाय

कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ ।

कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो ।

आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ । चुरोट तथा मदिराजन्य पदार्थको सेवन पनि कलेजो बिग्रने अर्को कारण बन्ने गरेको छ । एकपटक कलेजो बिग्रिएपछि त्यसले निकै समस्या पार्छ । आखिर कलेजो स्वस्थ राख्ने उपाय के हुन् त रु

जैतूनको तेल

जैतूनको तेल कलेजोको स्वास्थ्यका लागि राम्रो विकल्प हो । बिहानको खाजा या कुनै पनि तरिकाले जैतूनको सेवन गर्नाले फाइदा पुग्छ । जैतूनको तेल पाइदैंन भने चुरोट, मदिरा तथा सूर्तिजन्य पदार्थबाट टाढै रहनु अत्यन्त आवश्यक हुन्छ ।

बेसार

बेसारको नियमित सेवनले कलेजोको समस्या हट्छ । बेसारमा एन्टीसेप्टिक गुण हुन्छ भने एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो । हेपाटाइटिस बी र सीबाट निर्माण हुने भाइरस बढ््नबाट पनि यसले रोक्छ। दूधमा बेसार मिसाएर पिउनाले कलेजोलाई फाइदा पुग्छ ।

अमला

अमला भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यो आँखा, कपाल तथा छालाका लागि फाइदाजनक छ भने कलेजोको स्वास्थ्यका लागि पनि राम्रो हो । अध्ययनहरुबाट अमलामा कलेजो सुरक्षित राख्ने सबै तत्व रहेको पाइएको छ ।

ग्रीन टी

यदि कलेजो स्वस्थ राख्न चाहनुहुन्छ भने दूध चियाकोसाटो ग्रीन टी सेवन गर्न सुरु गर्नुस् । ग्रीन टीमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ, जसले सबै खालका विषाक्त पदार्थलाई नष्ट गर्छ । बिहान उठ्नेबित्तिकै १ कप ग्रिनटी पिउनु हितकर हुन्छ ।

करेला

स्वादका हिसाबले करेला तितो भएपनि कलेजोका लागि वरदान नै मानिन्छ । दिनहुँ १ ग्लास करेलाको जुस पिउनाले कलेजो स्वस्थ हुन्छ । साथै यसले फ्याटी लिभरको समस्या पनि हटाउँछ ।

गोलभेंडा

यदि फ्याटी लिभरको समस्या छ भने काँचो गोलभेंडा फाइदाजनक मानिन्छ । यसैले उपलब्ध भएसम्म उपयुक्त मात्रामा काँचो गोलभेंडा नियमित रुपमा सेवन गर्नु राम्रो मानिन्छ ।-एजेन्सीको सहयोगमा

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...