यसरी हात हेरेर थाहा पाइन्छ प्रेम विवाह की मागी विवाह – Janata Live
  • Wednesday, February 8, 2023

यसरी हात हेरेर थाहा पाइन्छ प्रेम विवाह की मागी विवाह

  • जनता लाइभ
  • जेठ ०५, २०७६

यसरी हात हेरेर थाहा पाइन्छ प्रेम विवाह की मागी विवाह

ज्योतिष शास्त्रका अनुसार हस्तरेखाका आधारमा जीवनका धेरै विषयबारे जानकारी लिन सकिन्छ । हातमा भएका रेखाहरु सामन्यतया परिवर्तन हुँदैनन् । जसको प्रभाव जीवनमा परिरहन्छ । यी रेखाको माध्यमबाट आफ्नो पारिवारिक अवस्था, विवाह, धन, विद्या, पारिवारीक अवस्था, विदेश यात्रा योग लगायतका विषयमा जानकारी पाउन सकिन्छ ।

हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् । हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा भविष्यवाणी गर्न सकिन्छ । विवाह रेखासँग सन्तान रेखा समेत हुने बताइन्छ ।

कसरी थाहा पाउने

विवाह रेखा कान्छी औंलीकोको तल्लो भागमा हुन्छ । यसलाई बुध पर्वत पनि भनिन्छ । बुध पर्वतको अन्त्यमा केही गहिरो रेखा हुन्छ । त्यसलाई नै विवाह रेखा भनिन्छ । यस्ता रेखा एक मात्र नभएर धेरै पनि हुन सक्छन् ।

एक भन्दा बढी विवाह रेखा हुने ब्यक्तिका प्रेम प्रसंग बढि हुने र धेरै जनासँग नजिकिने ज्योतिषहरुले बताउँछन् । यी रेखाहरु बढी तलपट्टि गएका छन् भने यस्ता ब्यक्तिको बैबाहिक जीवन राम्रो हुँदैन ।

कुनै स्त्रीको हातमा विवाह रेखाको शुरुमै टापु जस्तो चिन्ह छ भने यस्ता महिलाले सौता ब्योहोर्नु पर्ने वा झुक्याएर विवाह गरिदिने खतरा हुन्छ । यस्ता महिलाका पतिलाई स्वास्थ्यको समस्या समेत हुन सक्छ ।

यदि कुनै ब्यक्तिको हातमा विवाह रेखा लामो छ र सूर्य पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्तिको बैबाहिक जीवन सुखमय हुन्छ भने जीवनसाथी पनि समृद्ध प्राप्त गर्छन् ।

यदि कसैको विवाह रेखा बिचमै काटिएको छ भने यसले विदुर वा विधवा हुने संकेत गर्छ ।

सन्तान रेखा

सन्तान रेखा पनि कान्छी औंद्याको तल्लो भागबाटै शुरु हुन्छ । यो ठाडो रेखा हुन्छ । यो रेखाबाटै कुन ब्यक्तिका सन्तान कति हुन्छ भन्ने थाहा पाउन सकिने ज्यतिष शास्त्रीहरुको दावी छ ।

अझै गहिरो गरी अध्यन गरी हेर्दा छोरा हुने कि छोरी भन्ने कुरा समेत थाहा हुने उनीहरु बताउँछन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...