अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल – Janata Live
  • Wednesday, February 8, 2023

अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

  • पत्रपत्रिकाबाट
  • जेठ ०५, २०७६

अमेरिका–चीन व्यापारयुद्धले झस्कियो नेपाल

संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ ।

गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आकलन गर्न सदस्य डा। रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ । डा। फुयाँलले आयोगमा आथिक व्यवस्थापन महाशाखा हेर्छन् ।

‘हामीले चीन–अमेरिकाबीच देखिएको व्यापार तनावलाई नजिकबाट हेर्न सुरु गरेका छौँ ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्क कँडेलले भने,‘सिर्जित समस्या विश्लेषण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रिपोर्टिङ गर्छौ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...