समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा – Janata Live
  • Sunday, February 5, 2023

समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा

  • पत्रपत्रिकाबाट
  • जेठ ०५, २०७६

समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा

काठमाडौं । सम्झौता बमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनी समेत छन् । कार्यालयले ६ वटा निर्माण र दुई वटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

कालोसूचीमा पर्नेमा पिआर निर्माण सेवा, सीता निर्माण सेवा, एमके थ्रिस्टी जेभी, नेपाल स्वाभिमान प्रालि, नेसनल बायोमेडिकल प्रालि, सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेड, चाइना साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र दिनेश कन्स्ट्रक्सन छन् ।

ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । त्यो अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

खानीदेखि औषधि आपूर्ति कम्पनीसम्म कालोसूचीमा
व्यावसायिक तथा सीप विकास केन्द्रको सिफारिसमा कार्यालयले पिआर निर्माण सेवालाई कालोसूचीमा राखेको हो । भवन बनाउने ठेक्का लिएको यो कम्पनीले समयमा काम नसकेपछि एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

त्यस्तै, क्षेत्रीय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय, वीरेन्द्रनगरको सिफारिसमा सीता निर्माण सेवा कालोसूचीमा परेको छ । त्यो कम्पनीले सम्झौताबमोजिम समयमा सडक निर्माण सम्पन्न गरेको थिएन ।

सम्झौताबमोजिम भवन नबनाएपछि जिल्ला प्रहरी कार्यालय, धादिङबेसीको सिफारिसमा एमके थ्रिस्टी जेभी तीन वर्षका लागि कालोसूचीमा परेको छ ।

त्यस्तै, खानी तथा भूगर्भ विभागको सिफारिसमा नेपाल स्वाभिमान प्रालिलाई र स्वास्थ्य सेवा विभागको सिफारिसमा नेसनल बायोमेडिकल प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राख्ने निर्णय कार्यालयले गरेको छ । नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा दिनेश कन्स्ट्रक्सनलाई पनि तीन वर्ष कालोसूचीमा राखिएको छ ।

विमानस्थल धावनमार्ग विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीले काम सुरु नै गरेन
कार्यालयले चाइना साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेडलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

चाइना साङ्सीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा लिएको थियो । डेढ वर्षमा काम सक्ने गरी सन् २०१७ मा सम्झौता गरेको यो कम्पनीले समय गुज्रिँदा समेत काम सुरु नगरेपछि प्राधिकरणको हवाई क्षमता अभिवृद्धि आयोजनाले कालोसूचीमा राख्ने सिफारिस गरेको थियो ।

त्यस्तै, निर्धा्रित अवधिमा काम सम्पन्न नगरेपछि नेपाल विद्युत् प्राधिकरण, हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौँडाले चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिडलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

यस्तो छ कालोसूचीको व्यवस्था
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ मा कालोसूचीसम्बन्धी व्यवस्था छ । जसअनुसार आचरणविपरीत काम गरेको प्रमाणित भएमा, स्वीकृतिका लागि छनोट भएको बोलपत्रदाता वा प्रस्तावदाता खरिद सम्झौता गर्न नआएमा कालोसूचीमा राख्न सकिन्छ ।

त्यस्तै, सम्झौता बमोजिमको कार्य नगरेको वा कम गुणस्तरको काम गरेको प्रमाणित भएमा, फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएमा र योग्यता ढाँटी खरिद सम्झौता गरेको प्रमाणित भएमा कुनै पनि कम्पनी कालोसूचीमा पर्न सक्छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...