तपाईको दिन कस्तो रहला ? मनकामना मातालाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । – Janata Live
  • Sunday, February 5, 2023

तपाईको दिन कस्तो रहला ? मनकामना मातालाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् ।

  • जेठ ०५, २०७६

तपाईको दिन कस्तो रहला ? मनकामना मातालाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् ।

मेष राशि : पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । तथापि मुख्य ठानिएको काममा भने अबरोध तथा ढिलाई हुनसक्ने छ । रपनि शारीरिक जोशजाँगर बढ्ने हुनाले रोकिएर रहेका कामलाई अगाडि बढाउन सकिनेछ । सहयोगीहरु जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवम् भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तीन अंक, हरियो रङ्गको उपयोग भोलि तपाईको लागि फापकर रहनेछ भने भगवान श्री हनुमानको श्रद्धाभक्ति गर्नु, श्रीमिक वर्ग तथा गरीबदीनदुःखीको सेवा गर्ने, बाँदरलाई खुवाउने जस्ता कर्म गर्नाले सम्भावित अबरोधलाई हटाउन मद्दत हुनेछ ।

वृष राशिः
गोचरको केही प्रतिकूलताले वाणीको ओज घट्नसक्ने डर देखिएको छ । पेशा तथा व्यवसायबाट केहीहद्सम्म धनखजाना जम्मा हुने तथा आफन्तहरूबाट सहयोग मिल्ने एवम् उत्साह उमङ्ग हुने भएपनि सम्पत्ति दुरूपयोगको संभावनालाई नकार्न सकिन्न । निराधार आश्वासनको भरविश्वास नगरेकै राम्रो हुनेछ । विपरित खानपानको संगतमा पर्नसकिने पनि सम्भावना देखिएको छ । सोँचविचार पूर्वक व्यवहारिक बनेर प्रस्तुत भएमा नगरीनहुने काम केहीहद्सम्म बनाउन सकिनेछ भने आंशिक लाभ पनि गर्नसकिने छ । भोलि यहाँको लागि माँ इन्द्रायणीको सेवा आराधना शुभप्रद हुनेछ ।

मिथुन राशिः
आजको दिन अनुकूल रहेको छ । तथापि गुरु बृहस्पतिलाई प्रसन्न बनाउनु उपयुक्त हुनेछ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलताको लागि बृहस्पतिका प्रतिनिधि गुरु जनहरुको आर्शिवाद लिनु बुद्धिमानी हुनेछ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । भोलि यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने लोककल्याणप्रद सामाजिक कार्यमा भूमिका निर्वाह गर्नु उपयुक्त हुनेछ ।

कर्कट राशिः
आजको दिन केही कठिनाइको सामना गर्नपर्ने खालको दिन रहेको छ । कामकार्यमा आज तुलनात्मक रुपमा बढीनै कोसिस गर्नुपर्ने छ । सोँचविचार विना बहकावमा आएर कुनै कार्य नगरेकै राम्रो हुनेछ । धैर्य धारण गर्न नसके खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । फजुल यात्राको पनि योग देखिएको छ । यो राशि हुने कसैकसैलाई अनपेक्षित खर्च बढ्नसक्ने भएकोले जुहो गरेको व्यवस्था अपुग पनि हुनसक्छ । तथापि आज केही संघर्षको सामना पछि गर्जो टर्दै जानेछ धैर्य गर्नुहोला ।भोलि यहाँको लागि तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र माँ इन्द्रायणीको श्रद्धाभक्ति एवं दर्शनसेवा गर्नु शुभकर हुनेछ ।

सिंह राशिः
व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक आर्जन हुन गई गर्जो टार्नसकिने छ । लौकिक प्रख्याति बढ्ने तथा आफन्तजनको आगमनले वातावरण सौहार्द बन्ने छ । पुरुषार्थ बृद्धि हुने र प्रसंशा मिल्नेछ । विशेष महत्त्वपूर्ण काममा यथोचित सहयोग प्राप्ति हुनेछ । बहुआयामिक प्रगति एवं उन्नति गर्नसकिने छ । विद्यार्थीहरु परीक्षामा उर्तिण भइनेछ । रोमान्चकारी यात्राको पनि सम्भावना देखिन्छ । युवायुवतीको लागि सुमधुर प्रेमसम्बन्ध स्थापित हुने सम्भावना छ । भोलि यहाँको लागि दुई अङ्क, पहेंलो तथा सेतोरङ्गको प्रयोग र माँ भुवनेश्वरीको स्तुति गर्नु शुभप्रद हुनेछ ।

कन्या राशिः
आजको मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने दिन भएतापनि आफ्नै आत्मबल कमजोर रहनसक्ने सम्भावनाको छ । सोंचेजति नभएपनि व्यापार व्यवसायबाट केहीहद्सम्म लाभ गर्नसकिने छ भने राजनीतिकर्मी एवम् समाजसेवीको लागि पनि दिनलाई सकारात्मक मान्नसकिन्छ । उच्च ओहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । राजकाज तथा जागिर आदिमा पनि सहज वातावरण बन्नेछ । यहाँलाई भोलि एक अंक, रातो रङ्गको प्रयोगव्यवहार शुभ रहने छ भने हनुमानदेवको स्तुति गर्नु फापकर हुनेछ ।

तुला राशिः
अपजसबाबजुत पनि काममा सफलता र व्यवसायिक लाभ मिल्नेछ । धार्मिक क्षेत्र तथा सन्तजनप्रति मनमा जागेको सन्देह वा नकारात्मक विचार हटाउने अवसर प्राप्त हुनेछ । कामकार्यमा अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद ल्याउनसकिने छ । साविकभन्दा अल्लि बढी परिश्रम एवम् संघर्षले पेशा एवम् व्यवसायको क्षेत्रमाप्रगति गर्नसकिने छ र आर्थिक लाभ पनि हुनसक्नेछ । साहित्यिक, कला संगीत कर्मीहरुको लागि पनि उपलब्धि र लाभ मिल्ने दिन रहेको छ । तीर्थादिको भ्रमणजन्य स्थितिलाई पनि गोचरले लक्षित गरिरहेको छ । यहाँले भोलि धार्मिक क्षेत्रलाई सहयोग गर्नु शुभकर हुनेछ ।

वृश्चिक राशिः
आजको दिन त्यति अनुकूल भइसकेको छैन । चन्द्रमा लगाएतका ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्य र आँटेताकेको कार्यलाई नकारात्मक असर पारि नै रहेको देखिन्छ । समयको प्रतिकूलतालाई बुझ्ने कोसिस गर्नुहोला अन्यथा पछुतो पनि पर्नसक्ने छ । खानपान तथा व्यवहारमा सावधानी अप्नाउँदै सामान्य दैनिकी कार्यमा संयमपूर्वक अगाडि बढ्न भने सक्नु हुनेछ । भोलि यहाँलाई आठ अंक, रातो रङ्ग शुभ रहनेछ भने रोगी तथा दीनदुखीको सेवा गर्नु र आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

धनु राशिः
दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने वा प्रेमप्रस्ताव आउनसक्ने सम्भावना छ । विवाहयोग्य युवायुवतीको विवाह प्रस्तावको सम्भावना छ । यात्राको पनि सम्भावना देखिएछ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सकारात्मक वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । भोलि यहाँहरुको लागि सात अंक, सेतो रङ्गको प्रयोग र विपरित लिङ्गीलाई उपहार दिनु आदि कार्य फापसिद्ध हुनेछ भने कुमारी देविको स्तुति तथा श्रद्धाभक्ति गर्नु विशेष शुभदायक हुनेछ ।

मकर राशिः
आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्यचुम्न साढेसातीको दुष्प्रभावले कठिन देखिएको छ । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । साढेसाती शनिको दुष्प्रभाव हटाउन उपयुक्त उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । लक्ष्मीको कृपा हुनेहुनाले व्यवसायिक उन्नति हुन गई आर्थिकभार हल्टो हुनेछ । वातवायु एवम् स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावना छ स्वास्थ्यमा ख्याल पुर्याउनु होला ।

कुम्भ राशिः
आजको दिन पूर्णरुपमा सकारात्मक मानिहाल्न अल्लि नमिल्ने देखिए पनि बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ । तथापि विद्याबलको उन्माद बढ्सक्ने डर भने देखिएको छ । कसैकसैलाई परिश्रमविनाको धन प्राप्ति गर्ने आकांक्षा पलाउनसक्ने र त्यसको परिणाम विपरित आउनसक्ने सम्भावना देखिन्छ । सदाचार एवम् सत्कर्मले भने केही लाभ नै दिनेछ । समयको सदुपयोग गरे विद्यार्थीवर्गले आजको दिनको फाइदा उठाउन सकिनेछ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु सबैको लागि बुद्धिमानीहुनेछ । भोलि यहाँलाई माँ इन्द्रायणी वा सन्तोषीको दर्शनभक्ति शुभप्रद हुनेछ ।

मीन राशिस्
आजको दिन कामकार्यमा विभिन्न अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु आइलाग्न सक्ने भएकोले संघर्षबाट मात्रै अल्पलाभ एवम् सफलतामिलनसक्ने छ ।आफ्नै विचारमा संकोचको भावनाले दुख दिनसक्ने र नसोँचेको झमेला आइपर्नसक्ने देखिएकाले अनावश्यक आसक्ति नगरेकै राम्रो हुनेछ भने आफूमा केही सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना छ, बैठक आदिमा नयाँ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...