पर्यटक प्रहरीमा विदेशी पर्यटकका ५ सय ४६ उजुरी

काठमाडौं । नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका पर्यटकले नेपाल प्रहरीअन्तर्गतको पर्यटक प्रहरीमा एक वर्षमा ५ सय ४६ उजुरी दर्ता गरेका छन् ।
काठमाडौं उपत्यकाका १० विभिन्न स्थानमा पर्यटक प्रहरीको कार्यालय खुलेका छन् । उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी सन २०१८ को सुरुवातदेखि २०१९ को हालसम्म ५ सय ४६ उजुरी दर्ता भएको हो । उपत्यकाबाहिर समेत १२ जिल्लामा पर्यटक प्रहरी कार्यालय सञ्चालनमा छ । देशैभर गरी २५ स्थानमा पर्यटक प्रहरीको कार्यालय रहेको छ ।
पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार पर्यटकका अधिकांश पासपोर्टसहितका विभिन्न कागजपत्र र मोबाइल हराएको उजुरी छ ।
यस्तै, होटलबाटै सामान चोरी भएका, ट्याक्सीमा सामान छुटेका, सँगै घुम्न हिँडेका गाइडबाटै धोका पाएका उजुरी पर्यटक प्रहरीमा दर्ता भएका छन् ।
राजधानीमा पर्यटन प्रहरीले नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई कसरी सुरक्षा दिन सकिन्छ भन्ने सन्दर्भमा समेत बुधबार सरोकारवाला निकायलाई डाकेर छलफल गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा खबर छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...