पशुपतिको बाटो बन्दः कोष र जनप्रतिनिधिबीच विवाद

तिलगंगा । ताम्रागंगा सडक बन्द गर्ने निर्णयसँगै पशुपति क्षेत्र विकास कोष र स्थानीयवासीबीच विवाद सुरु भएको छ । १३ बर्ष अघिबाट सञ्चालनमा आएको सडक विना विकल्प बन्द गराएको भन्दै क्षेत्र विकास कोषसँग जनप्रतिनिधि र स्थानीयले समेत आपत्ति जनाएका हुन् ।
बुधवार काठमाडौ ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसद कृष्ण राईसहितको स्थानीयवासीहरुले तत्काल सडक बन्द गर्ने काम स्थगित गरेर यातायात सुचारु गर्न दबाब दिएका छन् । जानकारी नै नदिई कोषले सर्वसाधारण हिड्ने सडक बन्द गर्नु गलत भएको भन्दै जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।
पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रको संरक्षण र सम्र्बद्धन उद्देश्यले सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको छ । सर्वोच्च अदालतको फैसला र युनेस्कोले पशुपती क्षेत्रलाई दुई भागमा विभाजित गरे विश्व सम्पदा सूचिबाटै हटाउने चेतावनी दिएपछि कोषले बाँध्यभएर पटक–पटकको अवरोध पन्छाउदै पर्खाल लगाउने काम अगाडि बढाएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...