गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ? जानिराखौं ! – Janata Live
  • Sunday, February 5, 2023

गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ? जानिराखौं !

  • जनता लाइभ
  • बैशाख ३१, २०७६

गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ? जानिराखौं !

दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल हुन्छ । यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन् । नौ महिनासम्म यौन सम्पर्क राख्न नपाउँदा असहज लाग्नु स्वाभाविकै हो । तर, अरू अवस्थामा भन्दा गर्भावस्थामा यौन सम्पर्क राख्दा केही सावधानी अपनाएमा यौन आनन्द लिन सकिन्छ ।

गर्भावस्थामा प्रायः महिलालाई यौन इच्छामा कमी आउन सक्छ । केही महिलालाई भने यौन सम्पर्क राख्ने इच्छा बढेको पनि पाइएको छ । त्यतिबेला महिलाको पेट बढ्ने, वाकवाकी लाग्ने, बारम्बार पिसाब लागिरहने आदि हुनाले यौनप्रति त्यति चाहना हुँदैन । गर्भावस्थाको पहिलो तीन महिनामा यौन सम्पर्क राख्नु हुँदैन । त्यतिबेला गर्भपात हुन सक्ने खतरा हुन्छ । त्यस्तै, सात महिनापछि पनि यौन सम्पर्क राख्नु हुँदैन । यतिबेला बच्चाको तौल बढ्ने र हाडहरूको विकास पनि तीव्र रूपमा भइरहेको हुन्छ ।

तीन महिनादेखि सात महिनाका बीचमा बच्चालाई असर नपुर्याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ । महिला माथि र पुरुष तल बसेर गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन गर्भवती महिलालाई लाभप्रद हुन सक्छ । यस बेला कन्डमको प्रयोग गरेर यौन सम्पर्क राख्दा भ्रुणमा इन्फेक्सन हुन दिँदैन । योनिबाट रगत बग्ने, तल्लो पेट दुख्ने आदि भएमा यौन सम्पर्क तत्काल रोक्नुपर्छ । श्रीमतीसँगको सरसल्लाह एवं समझदारीमा मात्र यौन सम्पर्क राख्नुपर्छ ।

यस बेला पुरुषले सावधानीपूर्वक यौन सम्पर्क राख्नुपर्छ । उत्तेजनामा आएर ख्याल नगरी कदापि सम्बन्ध राख्नु हुँदैन । पुरुष कुनै पनि हालतमा सभ्भोग गर्ने मनस्थितिमा प्रस्तुत भयो भने बच्चालाई चोट पुगेर गर्भ तुहिन पनि सक्छ । गर्भावस्थामा उत्तेजनामा आएर मुख मैथुन, गुदा मैथुन गर्नु राम्रो हुँदैन । सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूर्ण भएर यौन सम्पर्क राखेको राम्रो हुन्छ ।

पहिला गर्भ तुहिएकाले सावधानी अपनाउनुपर्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना तीन महिनादेखि सात महिनाका बीचमा पनि यौन सम्पर्क राख्नु हुँदैन । यो कुरामा अत्यन्त संवेदनशील भएर ख्याल पुर्याउनुपर्छ । गर्भधारणपछि पनि तुरुन्तै यौन सम्पर्क राख्नु हुँदैन । अपरेसन गरेर बच्चा जन्माएको वा योनि च्यातिएर सिजरिङ गरेको हो भने चिकित्सकको परामर्शविना यौन सम्पर्क गर्नु हुँदैन ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...