अधबैसे महिलालाई प्रेम गर्दा कोमामा पुगे ङाठिले शेर्पा – Janata Live
  • Sunday, February 5, 2023

अधबैसे महिलालाई प्रेम गर्दा कोमामा पुगे ङाठिले शेर्पा

  • बैशाख २९, २०७६

अधबैसे महिलालाई प्रेम गर्दा कोमामा पुगे ङाठिले शेर्पा

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका व्यक्ति भीरबाट लडेर घाइते होलान् भन्दा अचम्म लाग्न सक्छ । तर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा यस्तै भयो । भोटेकोशी गाउँपालिका ४ का ङाठिले शेर्पालाई प्रहरीले पक्राउ गरेर चौकी ल्याउँदै गर्दा भीरबाट लडेर टाउकोमा गम्भिर चोट लागेपछि यतिबेला काठमाडौं टिचिङ हस्पिटलमा उपचार गराइरहेका छन् । विगत ६ दिनदेखि टिचिङमा उपचार गराइरहेका छन् ।

३६ वर्षीय ङाठिले शेर्पा र सोही गाउँकी ४० वर्षीय सुनिता श्रेष्ठबीच प्रेम बसेको थियो । सुनिताले पहिले श्रीमानसँग डिभोर्स गरेर माइतीमा नै बस्दै आएकी र ङाठिले शेर्पासँग प्रेम बसेपछि दुवै जना भागेका थिए । गत बैशाख २२ गते ङाठिलेले सुनिता भगाए । सुनितालाई भगाएपछि सुनिताका दाजु रामकाजी श्रेष्ठले प्रहरी चौकी नारायणथानमा किटानी जाहेरी दिएका थिए ।

प्रहरी चौकी नारायणथानले बैशाख २३ गते नामथङ प्रहरी चौकीलाई यसबारे जानकारी गराएपछि नामथङ प्रहरी चौकीका असई प्रकाश यादवको टोली ङाठिले शेर्पाको घर तर्फ लाग्यो । प्रहरीले ङाठिले शेर्पाका दाजुलाई गालि गलौज गर्नुका साथै दाजुको मोवाइल समेत नियन्त्रणमा लियो । दाजुले भाइ बोक्चेनमा रहेको दिदी भेनाको घरमा भएको खबर बताएपछि प्रहरीको टोली वडा नं.–३ को बोक्चेन भन्ने ठाउँमा परिचालन भयो ।

प्रहरीले ङाठिलेलाई भगाएको भनिएकी सुनिता श्रेष्ठ सहित दिदीकै घरमा भेट्टायो र दुवै जनालाई नियन्त्रणमा लियो । प्रहरीका अनुसार त्यसपछि दुवै जनालाई तातोपानी सीमा प्रहरीलाई जिम्मा लगायो । ङाठिलेका दिदी सोना शेर्पा र भिनाजु पेमा शेर्पा पनि प्रहरीसँगै गएका थिए तर उनीहरुलाई जानुपर्दैन भन्दै प्रहरीले फर्काएपनि करिब ५०–६० मिटरको फरकमा प्रहरीकै पिछा गर्दै गए ।
तातोपानी प्रहरीलाई जिम्मा लगाएको करिब १५/२० मिनेटपछि नै मान्छे भाग्यो भन्ने खबर ङाठिलेका दिदी र भिनाजुको कानमा प¥यो । त्यसपछि हतारिँदै घटनास्थल पुग्दा भाइको टाउँकोमा गम्भीर चोट लागेको देखेको ङाठिलेकी दिदी सोना शेर्पाले बताइन् ।

त्यसपछि गाउँले र प्रहरीको सहयोगमा स्वास्थ्य चौकीमा लगेर सामान्य उपचार गरेपछि उनलाई काठमाडौं ल्याइएको छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका शेर्पाको टाउकोमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनको टाउकोमा जमेर रगत निकालिएको र अहिले भेन्टिलेटरमा राखिएको छ ।

ङाठिले शेर्पाको परिवारले प्रहरी र केटीपक्षको मिलेमतोमा लडाईएको आरोप लगाएको छ । तर प्रहरी पक्षले भने छारे रोगका कारण आफैँ लडेको र चोट लागेको जनाएको छ । ङाठिले शेर्पाले भगाएकी सुनिता श्रेष्ठ र उनकी छोरीलाई भने सामान्य सोधपुछ पछि आफन्तको जिम्मा लगाइएको छ । अगाडि पछाडि प्रहरीको सुरक्षामा लगिएका ङाठिले कसरी लडेँ भन्ने विषय यतिबेला संकाको घेरामा छ । यस विषयमा हामीले प्रहरी इनिस्पेक्टर हिरासिंह महरसँग जानकारी लिँदा ङाठिले शेर्पा छारेरोगी भएको र छारेरोगकै कारण लडेर चोट लागेको बताएका छन् । विरामीका आफन्तले भने ङाठिलेलाई छारेरोग नभएको बताएका छन् । प्रहरीको कुरा र विरामीका आफन्तको कुरा नमिले पछि यतिबेला ङाठिले शेर्पाको टाउकोमा चोट लाग्नुले घटनामा सलग्न प्रहरीमाथि प्रश्न उठेको छ । घटनमा संलग्न नामथङ प्रहरी चौकीका असई प्रकाश यादवलाई यस विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन् । उनले मोवाइल स्वीच अफ गरेका थिए ।

ङाठिलेका आफन्तले घटनाको विषयमा छानबिन गर्न गाउँपालिकाको कार्यालय भोटेकोशीमा निवेदन दिएपनि गाउँपालिकाले बोलाएको समयमा सबै पक्ष उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय चौतारालाई छानबिन गरिदिन आग्रह गरेको छ । गाउँपालिकाले आवश्यक छलफलका लागि २६ गते बोलाउँदा उजुरीकर्ता मात्र उपस्थित भएको र २७ गते उजुरीकर्ता र घटनासँग सम्बन्धित सुनिता श्रेष्ठ सहितका केही व्यक्ति उपस्थित भएपनि प्रहरी चौकीबाट कोही पनि उपस्थित नभएको गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...