एक करोड ६ लाख ठगीको आरोप लागेकी गायिका सरस्वतीको पहिले नै यस्तो योजना ! – Janata Live
  • Sunday, February 5, 2023

एक करोड ६ लाख ठगीको आरोप लागेकी गायिका सरस्वतीको पहिले नै यस्तो योजना !

  • बैशाख २८, २०७६

एक करोड ६ लाख ठगीको आरोप लागेकी गायिका सरस्वतीको पहिले नै यस्तो योजना !

काठमाडौं । गायिका सरस्वती लामा (भुजेल) र उनका श्रीमान पिटर खालिङ (राई) को यतिबेला निकै चर्चा चलेको छ । गायिका सरस्वती लामा भुजेलले श्रीमान विदेश भएको अवस्थामा पिटरखालिङसँग विवाह गरेर गएपछि यतिबेला सरस्वतीको झनै चर्चा चलेको छ । सरस्वतीको चर्चा अरु केही नभएर आफ्नै श्रीमान डिबी लामाको एक करोड ६ लाख बराबरको धनमाल सहित पिटर खालिङ (राई)सँग विवाह गरेपछि चर्चा चलेको हो ।

पछिल्लो पछि विभिन्न सञ्चार माध्यमहरुमा गायिका सरस्वती लामा र पिटर खालिङ (राई) को बारेमा समाचार छाइ रहेका छन् । सरस्वती लामाका श्रीमान डिबी लामाले विदेशबाट नेपाल आएर सरस्वती विरुद्ध प्रहरीमा ठगीको उजुरी हालेपछि घटना बाहिर आएको हो । डिबी लामाले उजुरी हालेसँगै सरस्वतीका श्रीमान पिटर खालिङ (राई) र सरस्वतीलाई प्रहरीमा उपस्थित गराइएको थियो । बौद्ध प्रहरीमा उपस्थित भएका सरस्वती र पिटरले प्रहरीको रोहबरमा डिबी लामाको सम्पत्ति फिर्ता गर्ने गरी सहमती गराएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि विदेशमा बसेर कमाएको पैसा र धनमाल सहित पिटरसँग विवाह गरेपछि विदेशमा रहेका डिबीले पिटरलाई पटक पटक आफ्नो श्रीमतीको पछि नलाग्न आग्रह गरेका थिए । त्यसबेला पिटरले ‘आफु डन भएको र नेपाल आइज २ र ४ जना भरौटे गुण्डा पठाए पनि डराउदिन पिटर खालिङ हो म’ भन्दै डिबीलाई तथानाम गालि गरेका थिए । यसरी समाजिक सञ्चालमा गालि गलौज गरेपछि साइबर क्राइम लगाउने तयारी भएपछि पिटर डिविसँग झुकेर प्रहरीको रोहबरमा डिबीको सम्पत्ति फिर्ता गर्ने गरी कागज गरेर महानगरीय प्रहरी बृत्त बौद्धबाट छुटेका हुन् । यसरी छुटेका पिटरले यतिबेला आफ्नो सामाजिक सञ्जालमा स्टाट्स लेख्दै भनेका छन् ‘पिटर खालिङ्ग काहाँ गयो ? को सँग बोल्यो ? के खायो ? कस्तो लायो ? मोराले एक दुई जना तोरि लाउरे पत्रकारलाई त जागिर नै दिएका रैछ नि लु बधाई छ ती पत्रुकारलाई जागिर पाएको मा’ जस्ता शब्द प्रयोग गरेका छन् ।

अर्काकी श्रीमति र सम्पत्ति ताकेर गायिका लामालाई विवाह गरेका पिटर आफु सहि र उनले गरेको गल्ती समाचार बनाउँदा पत्रकारलाई पालेको आरोप लगाउनु पिटरको आफैँमा लज्जास्पद कुरा हो । चौकीमा माफ माग्दै कागज गरेर छुटेका पिटर आफु दोषी नभएको भन्दै विभिन्न स्टाट्सहरु हालेका छन् । यता सरस्वतीले भने ‘हजार आरोप लगाइ करोड कमाउला भन्ने अब सत्य कहिल्यै लुक्दैन भन्दै स्टाट्स हालेकी छन् । त्यति मात्र होइन सरस्वतीले डिबी लामा विरुद्ध मुद्धा समेत हालेकी छन् ।

डिबी लामाबाट अंश र सम्पत्तिको माग गर्दै डिभोर्स मागेकी छन् । डिबीले वर्षौदेखि विदेशमा बसेर कमाएको सम्पत्ति सहित लत्ता कपडादेखि घरायसी समान धनमाल सहित कुम्लाएर पिटरसँग विवाह गरेर गएकी सरस्वतीले उल्टै डिबी लामासँग डिभोर्ससँगै अंशको दावी गरुेकी हुन् । डिबी लामाले बौद्ध प्रहरीमा उजुरी हालेपछि रनथनिँदै भक्तपुर जिल्ला अदालतमा पुगेर सरस्वतीले डिबीबाट अंश दिलाई डिभोर्स गरी पाउँ भनि मुद्धा दर्ता गरेकी छन् ।

डिबी लामा लामो समयदेखि बैदेशिक रोजगारीको शिलशिलामा युएइ बसेका थिए । नेपालमा रहँदा व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्दै आएका डिबीलाई सरस्वतीनै विदेश जान कर गरेको डिबी बताउँछन् । नेपालमा नै आम्दानी गरिरहेका डिबीलाई विदेश जाउ भनेपछि श्रीमतिको सल्लाह अनुसार डिबी विदेश गएका थिए । विदेशमा डिबीको राम्रै कमाइ थियो । आफुले कमाएको सबै पैसा गायिका सरस्वतीलाई पठाउने गरेका थिए । तर एकाएक सरस्वतीले वर्षौ विदेशमा बसेर कमाएको सम्पत्ति धनमाल सहित पिटरसँग विवाह गरेपछि यतिबेला डिबीसँग नत आफुले विवाह गरेर भित्राएकी श्रीमति सरस्वती नै छन् नत वर्षौदेखि विदेशमा बसेर कमाएको करौडौं रुपैयाँ र धनमाल नै साथमा छ । उल्टै धनमाल कुम्ल्याएर हिडेको सरस्वतीले डिबीसँग अंश दावी गरेकी छन् ।

सरस्वतीको पहिले देखिकै योजना

सरस्वती लामा गीत संगीतमा लाग्दै गर्दा खेरी उनका श्रीमान डिबीको राम्रै साथ सपोर्ट थियो । आफ्नी श्रीमतिलाई राम्रो गायिका बनाएर चिनाउने डिबीको चाहना थियो । सुरुमा यी दुईको जोडी साच्ची नै राम्रो थियो । सरस्वती पनि आफ्नो श्रीमान भगवान जस्तै भएको भन्दै हिडेकी पनि हुन् । यी दुई जोडीमा सन्तानको चाहना नभएको पनि होइन् । सन्तानको लागि धेरै खर्च पनि गरेका थिए । तर सरस्वतीबाट सन्तान नहुने भएपनि डिबीले सरस्वतीलाई छाडेर अर्को विहे गर्ने सोच बनाएनन् ।

जब सरस्वतीले पहिलो एल्वम उत्तरपूर्व गीत सार्वजनिक गरिन त्यसपछि केही मिडिया कर्मीको साथ र सपोर्टले उनी चर्चा कमाउँदै गइन् । जुनबेला श्रीमान् डिबी विदेश जाने आउने गरिरहेका थिए । त्यसपछि लगत्तै सरस्वतीले दोस्रो एल्वमका रुपमा उर्वशी विमोचन गरिन् । उक्त एल्वम विमोचन गर्न श्रीमान नेपालमा आएका थिए । उर्वशी विमोचनपछि केही समयपछि सरस्वतीले विभिन्न मिडियाहरुमा स्थान पाइन् । उनको चर्चा बढ्दै गयो । त्यसपछि सरस्वतीले एउटा रक स्टाइलमा तीज गीत गाइन् । त्यसपछि सुरु भयो सरस्वतीको खेल । गीतसँगै डिबी लामासँग चिनजान भएका केही पत्रकार र केही ब्यक्तिहरुलाई डिबीबाट सम्पर्क विच्छेद गराउने उद्देश्यले डिबीको फेसबुकमा सबैलाई ब्लक गरेकी रहिछन् । डिबी र सरस्वतीसँग नजिक भएका ब्यक्तिहरु डिबीको फेसबुकमा एकाएक ब्लक भए यो कुरा डिबी पत्तै भएन ।

विदेशमा पुगेका डिबीले जब विश्वास गरिएका र सरस्वतीका नजिक रहेका र सरस्वतीसँग ठाकठुक परेका ब्यक्तिहरु एकाएक आफ्नो एकाउण्टमा ब्लक भएपछि डिबी अन्यौलमा परे ।

आफ्नै एकाण्टबाट ब्लक भएको थाहा नपाएका डिबीले आफुलाई ब्लक गरेर आफुमाथि ठूलै गेम खेलेको शंका उत्पन्न भयो । सरस्वतीले विदेशमा रहेका डिबीलाई उल्टै ‘म विहे गरेर अर्कैसँग गए मेरो पछि नलाग मेरो परिवारलाई ल्याङ नगर’ भन्दै म्यासेज गरेकी थिइन् । पिटरसँग मिले उनी फिल्म बनाउन लागेकी थिइन् । पिटरसँगै मिलेर फिल्म बनाउने र पिटरसँगै जीवन विताउने सरस्वतीले निर्णय गरिन् । पिटर पनि आफ्नो श्रीमतिलाई डिभोर्स गरेर सरस्वतीसँग सम्बन्ध अगाडि बढाए । दुवैले फेसबुकमा विवाह नै गरेर बसेको झल्कने बुढाबुढीको नाता देखिने स्टाट्समा उल्लेख गरे । यता आफ्नै श्रीमतिले परपुरुषलाई श्रीमान बनाएर फेसबुकमा नै स्टाट्सहरु हल्न थालेपछि डिबी नेपाल आउँदा घरमा भएको समान सहित सरस्वती हिडिसकेकी थिइन् । डिबीले नेपाल आएपछि आफुलाई फेसबुकमा ब्लक गर्ने ब्यक्तिहरुसँग भेटन थालेपछि बल्ल थाहा भयो ति ब्यक्तिहरुले फेसबुकमा ब्लक नगरेको आफ्नै एकाउण्टबाट ब्लक गरिएको रहेछ ।

तर डिबीले आफुले ती ब्यक्तिहरुलाई ब्लक नगरेको कारण कसरी ब्लक भए भन्ने कुरामा जब डिबी नेपाल आए त्यसबेला डिबीले मोवाइललाई आफ्नो एकाउण्ट साइन आउट नगरी राख्थे डिबी निदाएको मौकामा सरस्वतीले डिबीको एकाउण्टबाट १० जनालाई ब्लक गरिन् । जुन ब्यक्तिहरु सरस्वतीको बारेमा डिबीसँग कुरा गर्न सक्थे । यसरी योजनाबद्ध तरिकाले सरस्वतीले २ वर्ष पहिलेदेखि नै योजना बनाएको अनुसन्धानमा देखिन्छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...