पटक-पटक आतंककारी बन्नु पर्दाको पीडा, चिनारी नै संकटमा – Janata Live
  • Saturday, February 4, 2023

पटक-पटक आतंककारी बन्नु पर्दाको पीडा, चिनारी नै संकटमा

  • पत्रपत्रिकाबाट
  • बैशाख २८, २०७६

पटक-पटक आतंककारी बन्नु पर्दाको पीडा, चिनारी नै संकटमा

काठमाडौं । अभिनयको सिलसिलामा धेरै यात्रा गरें मैले । विमानस्थल पानी–पँधेरो हुँदै गयो बिस्तारै । तर, कालान्तरको परिणाम भने सुखद रहेन । म अभिनय गर्ने मान्छे ।

पाकिस्तानि मूलका परिवारको सांस्कृतिक अपेक्षा वा दिग्भ्रमित एसियाली आप्रवासी जिन्दगी वा निजी विद्यालयको तनाव– किशोर वेलादेखि नै यस्ता नानाभाँती परिवेशमा हुर्किएँ । आम रूपमा एसियालीलाई हेर्ने साँघुरो सोचले होला, युरोपेली समाजमा मलाई धेरै अप्ठ्यारो महसुस हुन थाल्यो । फैलँदै गरेको मेरो बहुआयामिक चिनारी नै संकटमा परे जस्तो लाग्न थाल्यो ।

सन् १९८० ताकाको एउटा घटना सम्झन्छु । सानै थिएँ । एकदिन दाइसँगै घर फर्कँदै थिएँ । घरनजिकै पुग्न लागेथ्यौँ हामी, एक्कासी एक जना गोराले हाम्रो बाटो छेक्यो । ऊ थियो खुंखार रंगभेदी । उसले दाइको गर्धनमा चक्कु तेस्र्यायो, हामी कालोनीलो भयौँ ।

एक दशकपछि एउटा ‘पाकी’ले उसैगरी मेरो गर्धनमा चक्कु तेस्र्यायो । ‘पाकी’ सन् ९० तिरको चल्तीको शब्द हो– फूर्तिफार्ती र हुलदंगा गर्ने एसियाली मूलका बेलायती युवा र अपराधी समूहलाई लक्षित गरी प्रयोगमा ल्याइएको ।

म नराम्ररी फसेको चाहिँ बेलायतकै लुटन विमानस्थलमा हो । मेरो हातमा हतकडी थियो, पाखुरा टनटन दुख्दै थियो । बेलायती गुप्तचर अधिकारीले मलाई नियन्त्रणमा लिइसकेका थिए । ‘नाइन इलेभन’ पछिको समय थियो । मलाई मुसलमान भएको कारण समातिएको रहेछ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...