वैदेशिक रोजगारीमा जानेले अब दोहोरो बिमा गर्नुपर्ने – Janata Live
  • Sunday, February 5, 2023

वैदेशिक रोजगारीमा जानेले अब दोहोरो बिमा गर्नुपर्ने

  • पत्रपत्रिकाबाट
  • बैशाख २७, २०७६

वैदेशिक रोजगारीमा जानेले अब दोहोरो बिमा गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारका लागि म्यादी जीवन बिमा गर्दै आएका कामदारले अब अनिवार्य रूपमा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा पनि गर्नुपर्ने भएको छ ।

यससँगै अब वैदेशिक रोजगारीमा जाने कामदारले दोहोरो बिमा गर्नुपर्ने भएको हो । सरकारले स्वास्थ्य बिमा नियमावली जारी गर्दै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गर्न निवेदनसाथ स्वास्थ्य बिमाको परिचयपत्र पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, कार्यक्रम लागू नभएका जिल्लाका हकमा भने यो व्यवस्था अनिवार्य छैन । कामदारले दोहोरो बिमा गर्दा झन्झटिलो हुनुका साथै आर्थिक रूपमा पनि भार पर्ने बिमाविज्ञ भोजराज शर्मा बताउँछन् । उनका अनुसार प्रक्रियागत रूपमा पनि २-२ वटा बिमा गर्नु कामदारका लागि अव्यावहारिक हुन्छ ।

तर, वैदेशिक रोजगार विभागका महानिर्दे्शिक भीष्मकुमार भुसालले भने दोहोरो व्यवस्थाले समस्या नहुने दाबी गर्छन् । ‘दुईवटा बिमाको अवधारणा फरक–फरक छ,’ उनले भने, ‘स्वास्थ्य बिमाले कामदारको परिवारको रक्षावरण गर्छ । वैदेशिक रोजगार बिमाले कामदारको सुरक्षण गर्छ ।’

राष्ट्र सेवकको आधा बिमा रकम सरकारले भुक्तानी गर्ने
स्वास्थ्य बिमामा सहभागी हुने राष्ट्रसेवकको आधा प्रिमियम भने सरकारले व्यहोर्ने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य नियमावली २०७५ अनुसार राष्ट्रसेवकको हकमा सुरु तलब स्केलको व्यक्तिगत योगदान १ प्रतिशत र सरकारी १ प्रतिशत गरी कुल २ प्रतिशत रकम प्रिमियम भुक्तानी गर्नुपर्नेछ । त्यसैगरी, प्रतिष्ठानमा कार्यरत कर्मचारीको हकमा भने रोजगारदताले १ प्रतिशत व्यहोर्नु पर्नेछ ।

सहायकस्तरको कर्मचारीको मासिक पारिश्रमिकबाट कट्टा गर्दा न्यूनतम बिमांक रकम ३ हजार ५ सय नपुग भएमा कर्मचारीले रकम थप गर्नुपर्नेछ । तर, सर्वसाधारणको हकमा भने पाँचजनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । प्रत्येक थप व्यक्तिका लागि वार्षिक ७ सय रुपैयाँ थप गर्नुपर्नेछ । सत्तरी वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति बिमांक रकम ३ हजार ५ सय तोकिएको छ ।

घातक रोग लागेमा थप एक लाख रुपैयाँसम्म भुक्तानी
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा योजनाअनुसार विभिन्न नौ घातक रोग लागेमा थप १ लाख रुपैयाँ सुविधा पाइने भएको छ । स्वास्थ्य नियमावलीअनुसार क्यान्सर, मुुटुरोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर रोग लागेमा थप रकम पाइने छ ।

यो सुविधा ०७६ साउनदेखि मात्रै लागू हुनेछ
बिमा योजनाअनुसार पाँच जनासम्मको सदस्य रहेको परिवारका लागि प्रतिपरिवार प्रतिवर्ष १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने छन् । पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारका हकमा प्रतिसदस्य थप २० हजार रुपैयाँका दरले भुक्तानी गर्नुपर्नेछ । उनीहरूले अधिकतम २ लाख रुपैयाँसम्म पाउने छन् ।

तर, सत्तरी वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकको हकमा भने एकजनाले नै १ लाख रुपैयाँ पाउनेछन् । साथै, बिमितको सदस्यता सक्रिय रहेको अवधिभित्र शिशु जन्मेमा नवजात शिशुलाई बिमितको सदस्यता रहने अवधिसम्म लागि कुनै शुल्क नलिई सेवा प्रदान गरिने छ ।

अति अशक्तको बिमा सरकारले नै गर्ने
जटिल खालको रोगको सिकार भई अशक्त भएका व्यक्तिको स्वास्थ्य बिमा सरकारले गरिदिनेछ । अपांगता, कुष्ठरोगी, एचआइभी संक्रमित र क्षयरोग लागेको व्यक्तिको बिमा सरकारले गर्नेछ । त्यसैगरी, सत्तरी वर्ष पुगेका ज्येष्ठ नागरिक र अति गरिबको पनि सरकारले बिमा गरिदिनेछ । महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको ५० प्रतिशत बिमांक रकम सरकारले व्यहोर्ने भएको छ ।

दाबी नपरे बिमाशुल्कमा छुट
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमामा सहभागी बिमितले बिमा अवधिभर कुनै पनि दाबी नगरेमा छुटसमेत व्यवस्था गरिएको छ । पहिलो वर्ष दाबी नगरी दोस्रो वर्ष बिमा योजना नवीकरण गर्दा १० प्रतिशत छुट दिइने नियमावलीमा व्यवस्था छ ।

खासै समस्या हुँदैन स् रमेशराज पोखरेल
कार्यकारी निर्देशक, स्वास्थ्य बिमा बोर्ड

वैदेशिक रोजगारीमा जानेले परिवारलाई सुरक्षित महसुस गराउन सकून् भन्ने हाम्रो उद्देश्य हो । कामदारले स्वास्थ्य बिमा गरेर गए, उसको परिवारले भने यहाँ सुरक्षा पाउँछन् । यो स्वास्थ्य बिमाको प्रक्रिया खासै जटिल पनि छैन । सरल नै छ । छोटो समयमै गर्न सकिन्छ । त्यसैले खासै समस्या हुन्छजस्तो लाग्दैन ।

दोहोरो बिमा बोझिलो हुन्छ : गणेश गुरुङ, श्रमविज्ञ
स्वास्थ्य बिमाले दिने सुविधा वैदेशिक रोजगार म्यादी जीवन बिमाले पनि दिन्छ । त्यसैले स्वास्थ्य बिमालाई अनिवार्य गराउन झन्झटिलो हुन्छ । फेरि दुवैतिर कामदारले रकम भुक्तानी गर्नुपर्ने भएपछि आर्थिक रूपमा पनि बोझिलो हुन्छ । हुनत बिमा कामदारका लागि आवश्यक छ । तर, दोहोरो बिमालाई अनिवार्य गरिनु त्यति व्यावहारिक देखिँदैन । नयाँ पत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...