दाँत पहेंलो भयो ? यो उपाय अपनाउनुहोस्… चम्किछ दाँत – Janata Live
  • Friday, February 3, 2023

दाँत पहेंलो भयो ? यो उपाय अपनाउनुहोस्… चम्किछ दाँत

  • जनता लाइभ
  • बैशाख २४, २०७६

दाँत पहेंलो भयो ? यो उपाय अपनाउनुहोस्… चम्किछ दाँत

काठमाडौं – मानिसको व्यक्तित्वलाई मुस्कान तथा हाँसोले आकर्षक बनाउँछ । मुस्कान तथा खुलेको हाँसोले सकारात्मक ऊर्जाको प्रवाह गर्छ । मुस्कान तथा खुलेको हाँसो तब राम्रो हुन्छ, जब दाँत सुन्दर देखिन्छन् । दाँत नमिलेको हुनु, पहेंलो हुनु आदि कारणले मानिसहरु खुलेर हाँस्न सकिरहेका हुँदैनन्।

दाँतको पहेंलोपना हटाउनको लागि विभिन्न विधिहरु बजारमा उपलब्ध हुन्छन् । तर ती विधिहरु खर्चालु हुन्छन् भने दाँतलाई नकारात्मक असर गर्ने पनि हुन्छन् । यस्तो अवस्थामा घरेलु विधिलाई अपनाउन सकिन्छ । घरेलु विधिमा आफ्नो घरमा सहजै पाइने सामानहरुको प्रयोग गर्न सकिन्छ भने कम खर्च पनि हुन्छ।

घरेलु विधिले दाँतलाई नकारात्मक असर गर्दैन । यस विधिलाई आफूले चाहेको समयमा कसैको सहयोग बिना नै प्रयोग गर्न सकिन्छ। दाँतको सफाई तथा मजबुतीको लागि बजारमा थुप्रै दन्त मन्जन उपलब्ध छन् ।

ती मध्ये आयुर्वेदिक दन्त मन्जनलाई पहेंलो दाँतलाई सेतो बनाउनको लागि प्रयोग गर्न सकिन्छ । उक्त दन्त मन्जनमा बेकिंग पाउडर र कागतीको रस राखेर मिलाउनुपर्छ । एक पटक प्रयोग गर्नको लागि थोरै, चनाको एउटा दाना जति नै मन्जन निकाल्नुपर्छ र त्यसमा त्यति नै बेकिंग पाउडर र थोरै कागतीको रस मिलाउनुपर्छ ।

यो घरेलु विधिले बनाएको पेस्टलाई बुरुसमा लगाएर दाँत माझ्नुपर्छ र अरु बेला दाँत माझे जसतै नै गरि कुल्ला गर्नुपर्छ । एक पटकको प्रयोगले नै सान्त सेतो र चम्किलो देखिन्छ । यो पेस्टलाई हरेक दिन प्रयोग गर्दा दाँतमा झंझनाहट हुनसक्छ । त्यसैले यो घरेलु विधि हप्तामा बढीमा दुई पटक मात्र प्रयोग गर्नुपर्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...