पूजा सकिएपछि शिवमन्त्र पढ्नुस्, पाउनुहुन्छ ठूलो पुण्य

काठमाडौं । भगवान् शिवको एक मन्त्र हामीमध्ये धेरैले सुनेका छौं।
कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्
सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।
यसको अर्थ लाग्छ स् कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताका अवतार, संसारको सार र सर्पलाई माला बनाउने प्रभु शिव माता पार्वतीका साथ सदैव मेरो हृदयमा निवास गर्नुहोस् र मलाई आशीर्वाद दिनुहोस्।
यस मन्त्रको महिमा अद्भुत छ। कुनै पनि मन्त्रको जप देवताविशेषलाई प्रसन्न गराउनका लागि हुन्छ । शिवको यस मन्त्रको जप पनि यही प्रयोजनका लागि गरिन्छ । जहाँ भएपनि भगवानको यो मन्त्र जप्दा मनमा शीतलता उत्पन्न हुन्छ।
हुन त महादेव भोलानाथलाई प्रसन्न गराउन ठूलाठूला कर्मकाण्ड गरिरहनुपर्दैन। एक लोटा शीतल जल, बेलपत्र र मन्त्रजापबाट नै शिवजी प्रसन्न भइहाल्नु हुन्छ।
यो श्लोक पहिलोचोटि भगवान् विष्णुले शिवपार्वतीको विवाहमा उच्चारण गर्नुभएको थियो। यसमा भगवान् शिवको महान् दिव्य स्वरूपको चर्चा गरिएको छ। यसलाई जपेपछि पूजा सफल हुन्छ र भक्तले मनोवाञ्छित फल पाउँछ।
शिवको स्तुति गर्दा मन शान्तभावमा हुनुपर्छ। भगवान् कुनै पनि आडम्बर रुचाउनुहुन्न । शान्तभावले जुन समयमा पनि भोलेनाथको स्मरण गर्न सकिन्छ। सरल भगवान् शिवलाई देवता र असुर दुवैले उत्तिकै श्रद्धाका साथ पूजा गर्छन्।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...