नेपालमा बुद्ध उपदेशको अस्तित्व कहाँ ? – Janata Live
  • Sunday, February 5, 2023

नेपालमा बुद्ध उपदेशको अस्तित्व कहाँ ?

  • जनता लाइभ
  • बैशाख २३, २०७६

नेपालमा बुद्ध उपदेशको अस्तित्व कहाँ ?

चण्डीपूर्णिमा अर्थात् बुद्ध जयन्ती, शान्ति र अहिंसाका प्रतिक गौतम बुद्धको स्मरणमा भावपूर्ण श्रद्धाभक्तिका साथ विश्वभर उहाँको जन्म जयन्ती मनाउने गर्दछन् । आज भन्दा २५६३ वर्ष पूर्व यसै तिथिका दिन नेपालको लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र मायादेवीका पुत्रका रुपमा जन्मिएका राजकुमार शिद्धार्थ गौतम भारतको आधुनिक विहार प्रदेश, बोधगया (उरुबेल) मा बोधिवृक्ष मुनि बुद्धत्व अथात् बोधिज्ञान प्राप्त पश्चात् शाक्य मुनि बुद्धको नामले सुविख्यात भए र यसै दिनमा भारतको उत्तर प्रदेश, कुशीनगरमा महापरिनिर्वाण हुनु भएकोले यस दिनलाई बुद्धको जीवनसँग सम्बन्धित त्रिसंयोग दिनका रुपमा लिने गरिन्छ । तसर्थ यस पवित्र अवसरमा बौद्धमार्गीहरुले विभिन्न बौद्ध विहार, गोन्पा, चैत्य आदि स्थानहरुमा पूजा अर्चनाको साथै विभिन्न कार्यक्रमहरु गरी बुद्ध जयन्ती मनाउने गरेको पाईन्छ ।

आचार्य सार्की शेर्पा

हामीले आजसम्ममा कयौं यस्त बुद्ध जयन्तीहरु मनायौं र अहिले पनि मनाई रहेका छौं । बुद्ध जन्मेको मुलुकका हामी नेपालीहरुले देशमा धेरै राजनीतिक परिवर्तनहरुदेखि सकेँ तर आजै पनि हत्या र हिंसा जस्ता अशान्तिबाट छुटकारा पाउन सकेको छैनौं । ‘‘वत्ति मुनि अध्यारो” भने जस्तै जुन देशमा बुद्ध जन्मे त्यो देशमा अशान्ति । यो देशमा हत्या, हिंसा, चोरी, डकैत दिनदिनै बढी रहेका छन् । अझै बुद्ध जन्मेको देश भनेर गर्व गर्छौं हामी । शान्ति, अहिंसा, सामाजिक सद्भाव जस्ता बुद्धका सन्देशहरुलार्ई जनसमुदयमा पु¥याउन छाडेर बुद्धको नाममा अनेकौं नारा, जुलुस र राजनैतिक खेल खेलिरहेका छन् । शान्तिका प्रतीक भएर विश्व समुदायको मन मस्तिकामा बसेको बुद्धका उपदेश आज संकटमा परेका छन् ।

बुद्ध आफ्नो महान् विचार र दर्शनका कारणले विश्व प्रसिद्ध रहे र उहाँलाई विश्वको कयौं मुलुकले दार्शनिकको उच्चकोटीमा राखेर उहाँका उपदेश, दर्शन र सन्देश आदिलाई विद्यालय तथा विश्वविद्यालयहरुमा ससम्मानका साथ अध्ययन–अध्यापन गर्दै आएका छन् र त्यस देशका समाज सभ्य, सुन्दर एवं समुन्नत आदिले परिपूर्ण देखिन्छ । जुन प्रकार विश्वले बुद्धलाई ससम्मान दिएका छन् त्यो सम्मान हाम्रो देशले दिन सकेको अवस्था छैन, त्यो हाम्रो लागि दुर्भाग्यको कुरा हो ।

बौद्ध संस्कृतिलाई हाम्रो देशले कहिले पनि नेपाली संस्कृतिको रुपमा स्वीकर नगरेको कारण नेपाली र विश्व बौद्ध समाजको मन हाम्रो देशले जीत्न सकेको छैन । बुद्धको नाममा करोडौंको सहायत मागेर स्वार्थ पूर्ति गर्नु बाहेक विश्वले आत्मसत् गरेका शान्ति, अहिंसा, सहिष्णुता, मैत्री, करुणा, मुदिता र उपेक्षा जस्ता उच्च मानवीय उपदेश एवं दर्शन आदिलाई सम्मान गरी विद्यायल र विश्वविद्यालयहरुको पाठ्यपुस्तकहरुमा समावेस गरेको देखिँदैन । बुद्ध जन्मेको देशमा अहिलेसम्म स्वतन्त्र बौद्ध विश्वविद्यायलय सही रुपमा संचलन गर्नु सकेको छैन । यस देशका बुद्ध अनुयायीहरु बौद्ध दर्शन अध्ययन गर्न विदेशमा जानु पर्ने अवस्था छ ।

शान्ति स्थापनका लागि बुद्ध दर्शन कै महत्व भएको पूरा विश्वले ठहर गरेको छ । मानव समाजको विकासका वाधक तत्व राग, द्वेष, इष्य जस्ता सामाजिक विसंगति, हिंसाजन्य आचरण आदिलाई निराकरण गरी आपसी सद्भाव, प्रेम, भाईचारा, मैत्रीभावको वीजारोपण गर्नमा बुद्धको सन्देश एवं उपदेशले ठूलो मद्दत पु¥याउछ र समाजलाई शान्ति र समुन्नतिका मार्गतर्फ उन्मुख गर्न सकिन्छ । तसर्थ सपूर्ण नेपाली एक जुट भएर जनसमुदायमा बुद्धको उपदेश फैलाउन आजको आवश्यकता देखिन्छ ।-बेनी–९, सोलुखुम्बु

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...