चीनको अल्पसंख्यक जाति कुर्बु गुम्बा – Janata Live
  • Friday, February 3, 2023

चीनको अल्पसंख्यक जाति कुर्बु गुम्बा

  • जनता लाइभ
  • बैशाख २३, २०७६

चीनको अल्पसंख्यक जाति कुर्बु गुम्बा

कुर्बु गुम्बा ल्हासा शहरबाट पश्चिमतिर ६० किलोमिटर टाढा त्वी लुङ्ग द छिङ्ग जिल्लाको कु रुङ्ग क्षेत्रअन्तर्गत छु बु कौमा पर्दछ। तिब्बती बुद्ध धर्मअन्तर्गत खामागेग्यु सम्प्रदायका संस्थापक डुस्गसुम्मखयेन पाद्बारा सन् ज्ञज्ञडढ मा स्थापित त्यो गुम्बा गेग्यु सम्प्रदायअन्तर्गत कालो टोपी शाखाको मुख्य गुम्बा हो । उक्त गुम्बा तिब्बती बुद्ध धर्ममा जिवित बुद्धको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल मानिन्छ । दोस्रो पुस्ताका अवतारी रखामापा तिब्बती बुद्ध धर्मका पहिलो पूनर्जन्म अवतारी हुन् ।

हजारौँ वर्षको विकास भएर तिब्बती बुद्ध धर्मका विभिन्न सम्प्रदाय जन्मेका छन् तीमध्ये गेग्यु सम्प्रदाय, निङ्गमा सम्प्रदाय, शाक्य सम्प्रदाय, गेलुग सम्प्रदाय सबभन्दा प्रभावित सम्प्रदाय हुन्। गेग्यु सम्प्रदायले तान्त्रिक सिकाइमाथि निकै ध्यान दिन्छ जसको धर्मग्रन्थ र सिद्धान्त सबै भारतबाट सिकेको हो। साथै तान्त्रिक सिकाइ पाउन मौखिक रुपमा गरेकोले सो सम्प्रदाय मौखिक सिकाइ सम्प्रदाय अथवा गेग्यु सम्प्रदाय भनिन्छ। खामागेग्यु शाखा नै गेग्यु सम्प्रदायमध्ये सबभन्दा शक्तिशाली तथा प्रभावशाली शाखा हो साथै तिब्बती बौद्ध धर्ममा जिवित बुद्धको पूनर्जन्म व्यवस्थापन संचालन गरेको पहिलो शाखा पनि हो। सो शाखाले अघि-पछि गरी केही महत्वपूर्ण जिवित बुद्धको पूनर्जन्म व्यवस्थापनहरुको स्थापना गरेको छ तीमध्ये कालो टोपी शाखा र रातो टोपी शाखा सबभन्दा नामी हुन्छ। यी कारणले खामागेग्यु शाखा तिब्बती बुद्ध धर्ममा अत्यन्त महत्वपूर्ण स्थल बसेको छ।

कुर्बु गुम्बाको नाम कसरी आएको हो नि त्यसका तीन वटा मुख्य किम्बदन्ति छन्। पहिलो, कुर्बुको अर्थ उडेर आएको हो भनेको कुर्बु गुम्बा भारतबाट उडेर आएको हो। दोस्रो, संस्थापक डुस्गसुम्मखयेन पाले पहिला यहाँ पुग्दा यो स्थान निकै राम्रो तथा उपयुक्त सोचेर तत्स्थान कुर्बु गुम्बाको निर्माण गर्ने निर्णय गरेका थिए। त्यसैले कुर्बुको अर्थ अत्यन्त धनी भन्ने रहेको छ। तेस्रो, धेरै पहिला केही तिब्बती बोन धर्मका जिवित बुद्धले अलौकिक शक्ति हालेको मन्त्र यहाँ गाँडेर लुकाएका थिए। यी मन्त्र पनि बोन धर्मको गोप्य सूत्र पनि बनेको छ। गोप्य सूत्र भनेको तिब्बती बोन धर्म र बुद्ध धर्मका धर्मावलम्बीले आफ्नो धर्मको विनाश आउँदा लुकाएर उपयुक्त अवस्था हुँदा फेरि देखाएर प्रसारण गर्ने सूत्र हो। पछि यी गोप्य सूत्र नाली बनेर बगेको थियो। त्यसैले यहाँलाई कुर्बुको नाम दिइएको छ जसको बगेर नाली भएको अर्थ रहेको छ।

कुर्बु गुम्बाका निर्माण वस्तुहरुमध्ये मुख्य दरबारका साथै सूत्र हल, बुद्ध हल, धर्मशास्त्र कलेज, तान्त्रिक कलेज, जिवित बुद्ध भवन, भिक्ष्यु छात्राबास आदि छन्। कुर्बु गुम्बामा प्रशस्त सम्पदा छन्। त्यसमध्ये अधिकांश राम्ररी संरक्षित छन्। उदाहरणका लागि, कुर्बु गुम्बाको मुख्य दरबारबाहिर लगभग 2.5 मिटर अग्लो र 0.5 फराकिलो स्मारकमा पूरानो तिब्बती भाषा लेखिएको छ । पूरानो तिब्बतको राजनीति, अर्थतन्त्र र धर्मको अनुसन्धान गर्नका लागि यहाँ महत्वपूर्ण मूल्यवान कुराहरु भेटाउन सकिन्छ । कुर्बु गुम्बाका आठौं पुस्ता अवतारी रखामापाले आफ्ना गुरुलाई सम्झना गर्नका लागि बनाएको चाँदीको मूर्ति गुम्बाको सबैभन्दा महत्वपूर्ण सम्पदा हो। चाँदीको मूर्ति बनाइएपछि सात दिनसम्म झुण्ड्याएको पनि किम्बदन्तीमा लेखिएको छ त्यसैले सो मूर्तिलाई पनि आकाशमा बसेको बुद्ध भनिन्छ।

यसबाहेक कुर्बु गुम्बामा दुर्लभ तथा ऐतिहासिक मुल्य रहेका पवित्र सम्पदा पनि धेरै राखिन्छ। यी सबैलाई बुद्ध मूर्ति, स्तूप, प्रदर्शन दराजमा राखिन्छ। तीमध्ये बुद्ध, नागार्जुन बोधिसत्व, विभिन्न रकामापाका अध्यापन सामग्री रहेका छन्। त्यसमा नागार्जुन बोधिसत्व आफूले माटोमार्फत बनाएको गौतम बुद्धको मूर्ति, विभिन्न रकामापा तथा अरु वरिष्ठ गुरुका शरीर लगायत छन्। कुर्बु गुम्बा सबभन्दा नामी बुद्ध मूर्तिभित्र धेरै पवित्र वस्तु राखिन्छन्। साथै विभिन्न रकामापाको शरीर राखिएका स्तूप पनि छ अनि विश्वासीहरुले स्तूपअगाडि आएर अध्ययन गर्ने तथा सिक्ने गरेका छन्। तिब्बती पात्रोअनुसार, हरेक चौथो महिनाको एघारौँ दिन कुर्बु गुम्बामा तीन दिनसम्म देवता नृत्य कार्यक्रमको आयोजना हुन्छ र हजारौँ विश्वासीहरु त्यसको अवलोकन गर्न यहाँ आउँछन्।

Tips:1) हरेक विहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म कुर्बु गुम्बा खुल्छ।

2) टिकटको शुल्क द्धछ युआन छ तर तिब्बती जातीयहरुलाई निःशुल्क छ।

3) जोखाङ गुम्बाको पश्चिमतिरको गलीमा कुर्बु गुम्बा जाने बस लाग्छ। हरेक विहान सात बजेदेखि आठ बजेसम्म बस प्रस्थान गर्छ। दिउँसो तीन बजे सोही बसबाट फर्किन सकिन्छ। बसको शुल्क पन्ध्र बीस युआन पर्छ।

4) ल्हासाभन्दा टाढा रहेकाले त्यहाँ पुग्न तीनदेखि चार घण्टा लाग्छ अनि त्यहाँ अलोकन गर्न दुई घण्टा लाग्छ। त्यसैले कुर्बु गुम्बा यात्राको लागि एक दिनको समय छुट्ट्याउनुपर्छ।

-CRI Nepali Serviceaबाट

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...