चमत्कारी गुणले भरिएको यो बिरूवा, समस्या आउनभन्दा अगाडि नै दिन्छ यस्तो संकेत

हाम्रो समाजमा हरेकका घर घरमा तुलसीको मठ र बिरुवा हुने गर्दछ । तर के तपाईलाई थाहा छ तमाम गुणले भरिएको तुलसीको बिरुवा कुन दिशामा हुनुपर्दछ ? सहि दिशामा तुलसी रोप्नाले यसले शुभ फल दिन्छ। तर गलत ठाउँमा रोप्नाले दोष पनि लाग्न सक्छ।
वास्तु अनुसार यस दिशामा रोप्नुहोस् तुलसी
तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा उत्तम मानिन्छ।
समस्या आउनुभन्दा पहिला नै तुलसीले सचेत गराउँछ
यदि तपाईको घरमा तुलसीको बिरुवा छ भने तपाईका आउने समस्या अगाडि नै तुलसीले सचेत गराउँछ। यदि तपाईको घरमा विपत्ति आउँदै छ भने घरमा रहेको तुलसीको बिरुवा सुक्न थाल्छ या रंग परिवर्तन भएजस्तो देखिन्छ।
यदि तपाईमा ग्रहको कुनै अशुभ प्रभाव पर्नेवाला छ भने तुलसीको रंग परिवर्तन हुन थाल्दछ । सबै ग्रहको शुभ र अशुभ प्रभाव पुर्याउने काम बुध ग्रहले गर्दछ । उसको प्रभाव हरेक रंगमा हुन्छ । त्यसैले तपाईमा कुनै विपत्ति आउने वाला छ भने तुलसीको विरुवा सुक्दछ भने शुभ प्रभाव भएमा तुलसी हरियो हराभरा हुने गर्दछ।
तुलसीका चमत्कारिक उपाय
यदि तपाईका सन्तान तपाईले भनेको मान्दैनन् भने तुलसीको बिरुवा पूवी दिशामा रोप्नु पर्दछ । र सोही तुलसीका ३ पात कुनैपनि तरिकाले खुवाएमा चमत्कारिक बदलाप देखिन्छ। जसका कारण तपाईका सन्तान तपाईले भनेको मान्न थाल्दछन्। ध्यान दिनुहोस् मंगलबार र आईतबार भने तुलसीको पात टिप्नु राम्रो हुँदैन।
यदि तपाईकी छोरीको विवाह हुन कठिन भएको छ र तपाई छोरीको विवाहको विषयमा चिन्तित हुनुहुन्छ भने तपाईको समस्या अब समाधान हुनेछ।
विवाहयोग्य छोरीलाई दैनिक रुपमा तुलसीको विरुवामा जल चढाएर ५ पटकमा परिक्रमा गरेमा यो समस्या टाढा हुने गर्दछ । श्रद्धा एवं विश्वासका साथ यो उपाय अपनाउनाले तुलसीको कृपा प्राप्त हुने र शिघ्र विवाह सम्पन हुने विश्वास रहँदै आएको छ।
यदि कारोबारमा मन्दी लागेको छ भने तुलसीको बिरुवा पश्चिम दिशामा राख्नु पर्दछ । सोही तुलसीको बिरुवामा प्रत्येक दिन बिहान गाईको काँचो दुध मिठाई चढाउने गरेमा व्यापार चम्किन थाल्दछ।
यदि घरमा आएपछि सँधैजसो झगडा हुने गर्दछ भने यसबाट बँच्नका लागि आसपासमा तुलसीका गमला राख्नुपर्दछ । जसले तपाईको परिवारमा चमत्कारिक फाईदा मिल्ने गर्दछ।
यदि तपाईको घर कुनै प्रकारको वास्तु दोषबाट ग्रसित छ भने तुलसीको बिरुवा रोपेर पञ्चामृत चढाउँदै दैनिक रुपमा पूजाआजा गर्नुहोस्। यो उपाय तपाईका लागि रामवाण साबित हुनेछ भने वास्तुदोष पनि हटेर जाने छ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...