जेलमा जन्मेका भगवान् कृष्ण, जो बाँचे १ सय २५ वर्ष – Janata Live
  • Sunday, February 5, 2023

जेलमा जन्मेका भगवान् कृष्ण, जो बाँचे १ सय २५ वर्ष

  • जनता लाइभ
  • बैशाख २३, २०७६

जेलमा जन्मेका भगवान् कृष्ण, जो बाँचे १ सय २५ वर्ष

महाभारतका पात्रहरूमा देवकी नन्दन भगवान् कृष्ण प्रमुख नायक मानिन्छन् । उनलाई वासुदेव कृष्णका नामले पनि लोकले चिन्दछ । यसो त उनी महाभारतका पात्र मात्र नभई समग्र ब्रह्माण्डकै मुख्य नायक हुन् तर यस लेखमा महाभारतका पात्रको रूपमा मात्र उनको सूक्ष्म जानकारी दिने प्रयास गरिएको छ ।

उनी वसुदेव र देवकीका छोरा हुन् । उनले देवताहरूको अनुरोधमा पृथ्वीको भार उतार्नका लागि नारायणको पूर्ण अंशले देवकीको गर्भबाट जन्म लिएको बताइन्छ । उनलाई पुत्ररूपमा प्राप्त गर्न वसुदेव र देवकीले स्वयम्भू मन्वन्तरको समयमा कठोर तपस्या गरेका थिए । त्यतिबेला उनीहरूको नाम सुतपा र पृश्नि थियो ।

त्यतिबेला नारायणले तीन पटकसम्म पुत्ररुपमा जन्म लिने वरदान दिनु भएकोले उनीहरूबाट पृश्नि गर्भको रूपमा पहिलो जन्म लिएका थिए भने दोस्रो पटक कश्यप र अदितीको रूपमा जन्मिन आएका तिनै सुतपा दम्पतीबाट वामन अवतार लिएका थिए । यतिबेला तिनै कश्यप र अदिती वसुदेव र देवकी बन्न आएकाले उनले पनि कष्ण अवतारको रूपमा उनीहरूबाट तेस्रो जन्म लिन परेको हो । उता कश्यप र अदितीले भने वरुणको दुधालु गाई हरण गरेको कारण ब्रह्माको श्रापले वसुदेव र देवकीको रूपमा जन्मिन परेको थियो ।

चराचर जगत्लाई प्राकृतिक कारागारबाटै मुक्त गर्नसक्ने भएर पनि स्वयम् उनको जन्म भने मानव निर्मित कारागारभित्र भएको थियो । देवकीको आठौँ गर्भबाट मर्नुपर्ने भन्ने आकाशवाणीको कारण मामा कंशको उनी उपर पहिलेदेखि नै कुदृष्टि थियो । त्यसैले भावी अनिष्टबाट बचाउने उद्देश्यले वसुदेवले उनलाई जन्मनासाथ मथुराबाट गोकुलमा नन्दको घर पु-याएका थिए ।

पूर्व जन्ममा कश्यपले हरण गरेको तिनै वरुणको गाई नै नन्द पत्नी यसोदाको रूपमा जन्मेकी थिइन् । त्यतिबेला वामन अवतारलाई दूध खुवाउने उनको रहर पूरा हुनसकेको थिएन र सोही रहर पूरा गरिदिने उद्देश्यले नै उनले जन्मनासाथ गोकुल जाने आशय प्रकट गरेका थिए ।

गोकुलमा उनले अनेक किसिमका लीला गरेर बालजीवन बिताएका थिए । इन्द्रदेखि ब्रह्मासम्मको घमण्ड चुर गर्नु र गोपिनीहरूको चीरहरण गर्नुदेखि उनीहरूको साथमा रासलीलाको आयोजना गर्नुसम्मको क्रिया यसभित्र पर्दछन् । यस बाहेक कालीय नाग दमनदेखि सात दिनसम्म गोवर्धन पर्वत धारण गर्नु र कंशद्वारा प्रेषित विविध दानव वधदेखि यमलार्जुन उद्धारसम्मका कृत्य उनको बाल जीवनको अर्को महत्त्वपूर्ण पक्ष हुन् । यसै क्रममा कंशवध गरेर मातापितालाई कारागार मुक्त गर्नेजस्ता साहसिला काम समेत सम्पन्न गरेका थिए ।

उज्जैनमा गएर काश्यप गोत्रीय सन्दिपिन गुरुसँग केवल ६४ दिनमा समग्र विद्या अध्ययन गर्नु, समुद्रको बीचमा द्वारका शहर बसाउनु, अनेकौ दुष्ट राजाहरूलाई मार्नुका साथै भक्तजनहरूको उद्धार गर्नु उनको जीवनको पूर्वाद्र्धको मुख्य कर्म मानिन्छन् भने महाभारत युद्धको नेतृत्व गर्नुलाई उत्ताराद्र्धको महत्त्वपूर्ण कडी मान्न सकिन्छ ।

सम्भवतः महाभारत युद्ध तत्कालीन परिवेशको विश्वयुद्ध नै थियो । उक्त युद्धको नेतृत्व उनी एक्लैले गरेका थिए । यद्यपि त्यतिबेला उनी शान्तिको पक्षमा पनि देखिएका थिए तर वास्तविक रूपले दुर्योधनको मतिभ्रष्ट पारी युद्धतर्फ उक्साइरहेका थिए भने विषाद योगमा परेर युद्ध नगर्ने पक्षमा रहेका अर्जुनलाई कर्मयोगको शिक्षा दिएर युद्धोन्मुख समेत गराइरहेका थिए । अझ त्यतिमात्र नभै ठाउँ–ठाउँमा बलपूर्वक युद्धसम्बन्धी नियम तोड्न लगाउने र भीष्ममाथि हतियार उठाएर यस युद्धमा हतियार उठाउन्न भनी आफैँले गरेको प्रतिज्ञा भङ्ग गर्न खोजे जस्तो समेत गरेका थिए ।

तर पृथ्वीको भार उतार्न नै उनले जन्म लिएकाले मानवीय कर्म नगर्ने र दुष्कर्म गर्न उक्साउने सबैलाई नष्ट गर्नु उनको कर्तव्य नै थियो । त्यसैले समय र परिस्थिति अनुसार उनले आफ्नो कार्य सम्पादनको सिलसिलामा जसरी जे गरे ती सबै आवश्यक नै थिए । फेरि उनको क्षेत्र सर्वव्यापक भएकाले समयको समेत उनी त्यति नै हेक्का राख्ने व्यक्ति देखिएका छन् । जसले अवधि समाप्त भएका र नभएकाको निक्र्यौल गरी सकिएका जतिलाई स्वस्थानमा पठाउने काम गर्दछ ।

यसरी उनले समग्र दुष्ट राजा र दानवहरूलाई सखाप पारी १२५ वर्षसम्म पृथ्वीको भोग गरे । अन्त्यमा दुर्वासा ऋषिको श्रापको कारण प्रभास क्षेत्रमा आपसमा काटाकाट गरी समग्र वंश नाश भएकाले उनी समेत मानव देह त्यागी चतुर्वाहुको रूपधारणा गरेर नारायणको अंशमा मिल्नु पुगे ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...