सडक ताक्दै सहसचिव

काठमाडौं । अर्थमन्त्रालयका सहसचिव थानेश्वर गौतम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुन शक्तिकेन्द्र धाइरहेका छन् । अर्थमन्त्रालयको अन्तरसरकारी वित्त ब्यवस्थापन महाशाखाका प्रमुख रहेका गौतम भौतिक मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा जान शक्तिकेन्द्र चाहर्न थालेका छन् ।
भौतिक मन्त्रालयका प्रशासन महाशाखा प्रमुख हरि बस्याल सचिवमा बढुवा भएपछि उक्त पद रिक्त छ । उक्त महाशाखाको प्रमुख हुनका लागि गौतम जोडका साथ लागेका छन् । भौतिक मन्त्रालय अन्तर्गत आकर्षक सडक आयोजनामा लेखा अधिकृत हुँदै सडक विभागको लेखानियन्त्रक भएका गौतम गृहमन्त्रालयमा पनि काम गरेका थिए ।
लेखासमूहमा बसी साविक एमालेको नाममा लिनुसम्म लाभ लिएका गौतम पुनः भौतिक मन्त्रालयमै जानुको कारण पनि अनुभव नै मानिएको छ, आजको साँघु साप्ताहिकमा समाचार छ ।
सडक आयोजनादेखि विभागसम्म लेखामा बस्दा उनले कसरी असुल्न सकिन्छ भन्ने जानकारी पाएकै कारण अर्थमा आएको छोटो समयमै उक्त भौतिकमा जाने उत्कट चाहना राखेका हुन् । बिराटनगर घर भएका उनको प्रधानमन्त्री केपी ओली निकटका नेताहरुसँग हिमचिम भएकाले भौतिकमा उनको सरुवा हुने संभावना बढी छ । त्यसो त भौतिक मन्त्रालयको सहसचिवमा सरुवा हुनका लागि ढुण्डी निरौलासहित ७ जना भन्दा बढीको दौडधूप चलेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...