‘फानी’को असर : आइतबारसम्म वर्षा र हिमपात हुने – Janata Live
  • Sunday, February 5, 2023

‘फानी’को असर : आइतबारसम्म वर्षा र हिमपात हुने

  • पत्रपत्रिकाबाट
  • बैशाख २१, २०७६

‘फानी’को असर : आइतबारसम्म वर्षा र हिमपात हुने

काठमाडौं । दुई दिनअघिसम्म चर्केको घामसहित राजधानीमा गर्मी बढेको महसुस भयो । चितवन, पोखरा लगायतका क्षेत्रमा दुईदिन अघि वर्षा र हुरी आएको थियो । बिहीबार साँझ भने राजधानी लगायतका क्षेत्रमा एक्कासि वर्षा र हुरी आयो ।

शुक्रबार बिहान खुलेको आकास १० बजेपछि हुरी र वर्षामा परिणत भयो। यो असर नेपालमा वर्षा भित्रिएको सङ्केत वा प्रिमनसुनको नभई बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधीको हो ।

पहाडी र अन्य क्षेत्रमा वर्षा र हुरी चल्ने भए पनि हिमाली भेगमा यसले असर गर्न सक्ने जोगिन मौसमविद्ले सुझाव दिएका छन्। फानी नामक आँधीको बाह्य आवरणका बादल नेपालतिर सरेकाले सो क्षेत्रमा तीव्र हिमपातको अनुमान मौसमविज्ञले गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा आइतबारसम्म भारी वर्षा हुनेछ र हिमाली भेगमा हिमपात हुनेछ। पश्चिमी वायुको असर पनि यही बेला नेपालमा भित्रिदै गरेकाले त्यो क्षेत्रमा पनि बदली जारी रहनेछ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...