किन चाहिन्छ ‘भिटामिन बी कम्प्लेक्स’ – Janata Live
  • Saturday, February 4, 2023

किन चाहिन्छ ‘भिटामिन बी कम्प्लेक्स’

  • जनता लाइभ
  • बैशाख २०, २०७६

किन चाहिन्छ ‘भिटामिन बी कम्प्लेक्स’

भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो । भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ । स्वस्थ रहन तथा शरिरलाई सुचारु रुपमा चलाउन भिटामिन्स र माइक्रोन्यूट्रियन्टको जरुरी हुन्छ । किन भिटामिन बी कम्प्लेक्स भिटामिन बी कम्प्लेक्सले शरिरमा मोटाबलिज्म बढाउछ । मोटाबलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउने काम पनि गर्छ । राता रक्तकोष निमार्ण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ ।

यसले शरिरको बिभिन्न भागका लागि प्रोटीन बनाउने काम पनि गर्छ । कमी भए के हुन्छ ? हातरखुट्टा झमझम गर्ने हातरखुट्टा पोल्ने स्मरण शक्ति हस कमजोरी महसूस हुने थकान डिप्रेशन भिटामिन बी कम्प्लेक्सको स्रोत मासुजन्य पदार्थ दूधजन्य पदार्थ (दूध, दही,पनीर, चीज आदी) जमीन भित्र फल्ने फल (आलू, गाजर, मूला, सलगम, तरुल आदी) भिटामिन बी बिभिन्न रुपमा पाइन्छ । बी १, बी२, बी३ र बी १६ । यी चार तत्वको सम्मिलित रुप नै भिटामिन बी कम्प्लेक्स हो । भिटामिन बीको पहिलो सदस्य ‘थाइमीन’ हो । त्यसैले यसलाई बी१ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउछ । बी१ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ ।

यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहू, जौ, सोयाबीन, केराउ, बदाम आदीमा पाइन्छ । भिटामिन बी२ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ । यो मुख र आखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । यो दूध, दही, बिभिन्न अनाज, हरियो सागसब्जिमा पाइन्छ । भिटामिन बी६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाको लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ ।

भिटामिन बी१२ को रासायनिक नाम ‘सायनोकाबालामीन’ हो । यो छाला, हड्डी, काशिका, मांसपेशिका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदीमा पाइन्छ । भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटीन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ । एजेन्सि

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...