भारतीयलाई नेपाली नागरिकता प्रकरणण : पक्राउ गर्न प्रहरीको आलटाल

झापा । झापाको कचनकवल गाउँपालिकामा भारतीयलाई नेपाली नागरिकता दिलाउन मिलोमतो गरेका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ ।
घटना सार्वजनिक भएको एक साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र सर्जमिन गर्ने स्थानीयलाई प्रहरीले समातेको छैन । नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक भूपाल गुरुङलाई प्रहरीले १० वैशाखमा जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले भूपाललाई भारतीय मतदाता परिचयपत्रसहित पक्राउ गरेका थिए । भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भूपालको औँलामा मसी लागेको देखेपछि उनीमाथि सोधपुछ गरिएको थियो । बरामद भएको मतदाता परिचयपत्रमा भूपालको बाबुको नाम चन्द्रबहादुर गुरुङ लेखिएको छ ।
भूपाल आफ्नो जेठो छोरो भएको बताउँदै नागरिकता दिलाउन प्रशासन कार्यालय पुगेका झापा कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय बमबहादुर गुरुङ पनि समातिएका थिए । उनीहरू पक्राउ परेको आठ दिन बितिसक्दा पनि जन्मदर्ता बनाई दिने, नागरिकता सिफारिसमा सहयोग गर्ने र सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र केही स्थानीयमाथि अनुसन्धान भएको छैन ।
जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित नौजनालाई पक्राउ गर्न सोमबार जिल्ला प्रहरी कार्यालय झापालाई पक्राउ पुर्जी दिएको थियो । तर, प्रहरीले उनीहरूलाई पक्रन आनाकानी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार एकजना वडाध्यक्ष, एक जना वडा सदस्य, दुई जना कर्मचारी र पाँचजना स्थानीयको नाममा पक्राउ पुर्जी जारी भएको छ ।
अदालतले कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराई, वडासदस्य धनबहादुर गुरुङ, वडासचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा यसमा मुछिएका छन् । त्यस्तै, स्थानीयहरू कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालको नाममा पनि पक्राउ पुर्जी जारी भएको छ ।
झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले भने अदालतले पक्राउ पुर्जी जारी नगरेको, तर पक्रिने अनुमतिचाहिँ दिएको बताउँदै आएका छन् । ‘हामी घटनामा मुछिएकाको खोजी गरिरहेका छौँ,’ उनले भने, ‘उनीहरू छिट्टै पक्राउ पर्छन् ।’
अदालतले पठाएको नामसहितको उक्त कागजात मंगलबार बेलुका जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय बनियानीलाई पठाएको छ । इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक उदयशमशेर राणाले पक्राउ पुर्जी आफ्नो हात परिसके पनि कसैलाई पक्राउ गर्न नसकिएको बताए । ‘पक्राउ पुर्जी हात लागेपछि हामी खोजतलासमा लाग्यौँ, सबैको घर–घरमा पुग्यौँ, तर वडाध्यक्षलगायत सबैजना फरार छन्,’ उनले भने ।
प्रहरीले नै दियो भाग्ने मौका
१० वैशाखमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ परेका दुवैजनालाई झापा प्रहरीले भोलिपल्टै जिल्ला अदालतमा नागरिकतासम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएको सात दिनपछि अदालतले यस घटनामा संलग्न अन्यलाई पनि समात्न पुर्जी जारी गरेको हो । जिल्ला प्रशासनबाट दुई जना समातिएकै दिन यो काण्डमा संलग्न सबैको नाम खुलिसकेको थियो । तर, एक सातासम्म पनि प्रहरीले उनीहरूमाथि निगरानी नगरी उम्किने मौका दिएको हो ।
जिल्ला प्रशासन स्रोतका अनुसार कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराईले भूपालको नागरिकताका लागि सिफारिस बनाई दिएका थिए । वडासचिव हरि गौतमले जन्मदर्ता र सर्ज्मिन मुचुल्का गरेका थिए, जसमा पाँच जना स्थानीयले हस्ताक्षर गरेका थिए । मुचुल्कामा वडासदस्य धनबहादुर गुरुङ र वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले पनि हस्ताक्षर गरेका छन् ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
भाइटीकाको साइत कुन देशमा कतिबजे ?
काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...