चीन किन बन्यो अमेरिकाको पहिलो दुस्मन ? – Janata Live
  • Saturday, February 4, 2023

चीन किन बन्यो अमेरिकाको पहिलो दुस्मन ?

  • एजेन्सी
  • बैशाख १७, २०७६

चीन किन बन्यो अमेरिकाको पहिलो दुस्मन ?

अनुमान गरेभन्दा द्रुत गतिमा चीनको सैनिक आधुनिकीकरण भएको मानिन्छ । यो विषयले खासगरी अहिलेको शक्ति राष्ट्र अमेरिकाको टाउको दुखाएको छ । ‘इन्टरनेसनल इन्टिच्युट अफ स्ट्रेटेजिकल टेक्नोलोजी’ अर्थात्, आईआईएसएसका विशेषज्ञहरूले अब अमेरिकी सेनाले रूसी सेनासँग नभएर चीनिया सेनासँग प्रतिस्पर्धा गर्नेछन् भन्न थालेका छन् । खासगरी जल तथा हवाइ सेनाको सवालमा । किनभने चीनको नाविकीय सेना र वायुसेनाले अमेरिकालाई टक्कर दिने तयारी गरिरहेको छ । अद्यपि, स्थल सेनाको कुरामा भने अमेरिकाले अहिलेसम्म पनि रुसलाई आफ्नो प्रतिस्पर्धी ठान्ने गरेको छ ।

पछिल्ला केही वर्षयता चीनिया सेनामा ठूलै कायापलट भएको मान्ने गरिन्छ । कुनै शंका छैन, यसअघि पनि चिनिया सेना संसारकै शक्तिशाली सेना मानिन्थ्यो । चीनले आफैँमा पनि रुसी सेनालाई आफ्नो पहिलो प्रतिद्वन्द्वी मान्थ्यो । सन्, १९५९ मा संसारभरका सेनाको तयारीमाथि हुने खर्चको लेखाजोखा गर्ने संस्था आईआईएसएसका विषेशज्ञको राय पनि यस्तै छ । अन्य धेरै जानकारहरू पनि यही बताउँछन् । विशेषज्ञको भनाइअनुसार चीनिया सेनाको आधुनिकीकरण र प्राविधिक दक्षतासँग कसैले पनि सामना गर्न सक्दैनन् । चीनिया सेनासँग लामो दूरीका क्षेप्यास्त्रदेखि लिएर ‘पाचौँ जेनेरेसन’का लडाकु विमानसम्म छन् ।

चीनले समुद्रमा आफ्नो कति पकड छ भन्ने देखाउन एउटा परीक्षण ग¥यो, जसलाई ‘जंगी जहाज टाइप ५५ क्रुजर’ नाम दिइएको थियो ।

समुन्द्र र हावामा शक्तिशाली
चीनले अर्को एउटा विमानवाहक ‘पोत’ तयार गरिरहेको छ, साथै सैन्य संरचनाको आफ्नै ढाँचा पनि । एउटा यस्तो ढाँचा, जसभित्र आफ्ना सबै सैनिक संरचना समाविष्ट गरेको छ । तोप गोला, मिसाइल र हवाइकवचको कुरामा मात्र होइन चीन जमीनमा बोलिने हमालाको सवालमा पनि अघि बढिसकेको छ । एसियाको यस महाशक्तिसँग यस्ता हतियार छन्, जो देखेर कोही पनि दुस्मनले दाँत टोक्नेछन् । यति मात्र होइन संसारकै सबैभन्दा शक्तिशाली मानिएको अमेरिकालाई पनि चीनले कडा टक्कर दिन सक्छ ।

१९९० को दशकमा चीनले आफ्नो सैनिक संरचनामा परिवर्तन गर्न रुसी सेनाको प्रविधि अपनाएको मानिन्छ । यसपछि चीनिया सेनाले पनडुब्बीको क्षेत्रमा आफ्नो क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो । चाँडै नै चीनको सीमा रक्षाका लागि जे– २० विमान किन्न लागिएको छ । तर, पनि जे– २० को प्रहार क्ष्मताको विषयलाई लिएर आईआईएसएसका जानकारहरू सन्देह व्यक्त गरिरहेका छन् । यस वर्ष प्रकाशित आईआईएसएसको रिपोर्टले भन्छ, ‘चीनको प्रगति कसैसँग लुकेको छैन । यसले यो जेटलाई आफ्नो वायुसेवामा समावेस गर्न सक्छ जसको प्रहार क्षमता अन्य पश्चिमा देशहरूको जत्तिकै शक्तिशाली हुन सक्छ ।’

मिसन २०२०
अमेरिका र उसका सहयोगी शीतयुद्धको समयपछि नै आफ्नो हवाइ क्षेप्यास्त्रको क्षमता बढाउने प्रक्रियामा लागेका छन्, जसमा उनीहरूले आफ्ना केही जंगी जहाज गुमाउन पनि सक्छन् । चीनले हावाबाट हावामै प्रहार गर्न सक्ने मिसाइलको पनि विकास गरिरहेको छ, जसले ट्यांकर र ‘कमान्ड एन्ड कन्ट्रोल एयरक्राफ्ट’लाई तहसनहस गर्न सक्छ । जानकारहरूका अनुसार चीन सन् २०२० सम्ममा यो मिसाइल तयार गर्ने अभियानमा हात धोएर लागिपरेको छ । यस खबरले पक्कै पनि अमेरिका र उसका सहयोगीको होस ठिक ठाउँमा रहने छैन र यसको रणनीति पत्ता लगाउनका लागि आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्न बाध्य हुनेछन् । उनीहरूले चीनको यो रवैया नियन्त्रण गर्न नयाँ प्रविधिको विकास गर्नुपर्ने छ र आफ्नो प्रहार क्षमता पनि बढाउनुपर्ने छ । आईआईएसएसका अनुसार चीनलाई आफ्नो सैन्यबललाई अत्याधुनिक बनाउन जति हतियार चाहिन्छ हालसम्म त्यसको आधा मात्रै छ ऊसँग । यसका बाबजुद पनि उसले आणविक हतियारमा गरेको प्रगति उल्लेख्य हो ।

उता चीनले पनि आफ्नो सैन्य यान्त्रीकरण गरिसक्ने अवधिको रूपमा सन् २०२० लाई नै टार्गेट गरेको छ । यसलाई चीनले ‘इन्फर्मेसन भी’ नाम दिएको छ । यस शब्दको मतलब के हो भन्नेमा आजसम्म पनि द्विविधा छ तर चीनले निरन्तर निगरानीमा ‘इन्फर्मेसन भी’ अपनाउने नीति लिएको छ । अबका दिनमा अमेरिकाले चीनमाथि युद्ध छेडेमा उसलाई आफ्नो सीमाभन्दा परै रोक्न सक्ने हैसियत राख्छ । कम्तीमा पनि त्यो सीमा प्रशान्त महासागरभन्दा पर हुने छ । सैन्य भाषामा भन्नुपर्दा चीनसँग दुस्मनलाई आफ्नो क्षेत्रमा प्रवेश नै गर्न नदिने उच्च सतर्कता छ ।
तर चीनको एक मात्र लक्ष्य होइन यो । चीन संसारभरि सैन्य सामग्री र हातहतियार बेच्न पनि चाहन्छ । यस मामलामा अमेरिकालाई पनि पछि छोड्ने उसको योजना रहेको छ ।

परिणाम के हुन सक्छ ?
अमेरिकाले आफ्नो ड्रोन टेक्नोलोजी कुनै पनि देशलाई दिन अस्वीकार गरिरहेको छ । अमेरिकाले आफ्नो ड्रोन टेक्नोलोजी कुनै पनि देशलाई नबेच्ने भनिरहँदा यसको ठीक उल्टो चीनले भने आफ्नो ड्रोन टेक्नोलोजी अर्को देशमा निर्यात गर्ने बताइसकेको छ । यस करण पनि अमेरिका र उसका सहयोगी राष्ट्रले हतियार बेच्ने सवालमा चीनलाई आफ्नो प्रथम दुस्मन मान्नेछन् । आजभन्दा करिब एक दशक पहिलेसम्म चीनको सामरिक शक्ति यति सफल थिएन र अमेरिकाले रुसलाई आफ्नो पहिलो दुस्मन मानिरहेको थियो ।

त्यतिखेर चीनलाई कमसल सामान बेच्ने मुलुकको रूपमा हेर्ने गरिन्थ्यो । तर, आज समय फेरिइसकेको छ र चीनले आफूलाई ती अन्य पश्चिमा मुलुकभन्दा पनि अब्बल समाबित गरिसकेको छ, खास गरी हतियारको गुणवत्ताको सवालमा । अमेरिकाको भन्दा पनि महंगो र स्तरीय हतियार बनिसकेको हुन सक्ने अनुमान गरिन्छ । पश्चिमा हतियारको तुलनामा केवल ७५ प्रतिशत मूल्य तिरेमा चीनले त्यही प्रविधियुक्त हतियार दिन सक्छ । (एजेन्सीको सहयोगमा)

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...