अमृततुल्य ज्वानोका गुणैगुण, यी गुण थाहा पाएपछि तपाईँले ज्वानो कसरी भुल्नुहोला ? – Janata Live
  • Friday, February 3, 2023

अमृततुल्य ज्वानोका गुणैगुण, यी गुण थाहा पाएपछि तपाईँले ज्वानो कसरी भुल्नुहोला ?

  • जनता लाइभ
  • बैशाख १६, २०७६

अमृततुल्य ज्वानोका गुणैगुण, यी गुण थाहा पाएपछि तपाईँले ज्वानो कसरी भुल्नुहोला ?

ज्वानो एक मसला हो । यसले खानामा सुगन्ध थप्छ । अजवाईनले खानामा स्वाद दिनुका साथै स्वास्थ्यको लागि पनि फाईदा पु-याउँछ । ज्वानोको फूल फल तेल सबै औषधीको रुपमा प्रयोग हुन्छ । यसको फूलमै यस्तो औषधी हुन्छ की यसलाई सुँघ्दा मात्र नै टाउको दुखाई हटेर जान्छ ।

पेटको दुखाईबाट तुरुन्त आराम पेटमा एकदमै कम मात्रामा अल्कोहल हुन्छ । यसकारण पेटको दुखाईमा तुरुन्त आराम मिल्छ । ज्वानो कालो नुनको साथमा मिलाएर पानीको साथ पिउँदा पाचन प्रणालीमा सुधार भएर आउँछ । जसको कारण अपच, ग्याष्ट्रिक लगायतका पेटको समस्या दूर भएर जान्छ । नियमित ज्वानो लिने गरेमा हत्तपत्त पेटको समस्याले सताउँदैन ।१

सर्दीबाट बचाउँछ १५–२० दिनसम्म २ ग्रामको दरले अजवाइन खानुहोस् । यसो गर्नाले तपाईको कफ, सर्दी माईग्रेन हटेर जान्छ । यसका साथै ज्वानो पानीमा मिसाएर बाफ पनि लिन सक्नुहुन्छ । पानीको साथ ज्वानो चपाउँदा पनि फाइदा गर्छ । ज्वानोको पात, कालो मरिस, तुलसी, अलैँची मिसाएर चिया पिउनाले राम्रो गर्छ ।२

डायविटिज नियन्त्रण गर्छ डायविटिजको विरामीले १ चम्चा ज्वानोको दानामा चार चम्चा बेलको रस मिसाएर दिनको २–३ पटक पिउनाले फाईदा गर्छ ।३

नशा हटाउँछ जाँडरक्सीको कुलतमा फसेका व्यक्तिले तातो पानीसंग ज्वानो खाएमा नशा छुटाउन मद्धत गर्छ ।४

किड्नीको स्टोन हटाउँछ किड्नी स्टोनको घरेलु उपचारको लागि ज्वानोको प्रयोग गर्न सकिन्छ । ज्वानोको दानासंग त्यति नै मात्रामा मह मिसाएर १० दिनसम्म सेवन गरे किड्नीको स्टोन घुलेर पिसाबसंग बाहिर निस्कन्छ ।५

गर्भवती महिलाको लागि फाईदाजनक गर्भावस्थामा महिलाको शरिरमा विभिन्न बदलावहरु आउँछन् । यस्तो बेलामा पाचन प्रणालीमा निकै असर पुग्छ । त्यसको लागि ज्वानो सेवन गर्दा फाईदा पुग्छ । बच्चा जन्मेपपछि पनि ज्वानो सख्खरको साथ खानाले शरिरमा रक्त सञ्चार राम्रो हुन्छ भने दुधको मात्रा पनि बढ्छ ।६

कानको दुखाई हटाउँछ कानको दुखाइ सर्दी लागेको बेला र जाडो महिनामा बढि हुन्छ । ज्वानोमा हुने एन्टीब्याक्टेरिया, एन्टीसेप्टिक लगायतका तत्वहरु हुन्छन् । यसले कानको दुखाई हटाउँछ । ज्वानोलाई अदुवा वा सर्सिउँको तेलमा राखेर तताउनुहोस् । त्यसलाई छानेर केही थोपा कानमा लगाउनुहोस् ।७

दाँतको दुखाई हटाउँछ दाँत दुखेर हैरान हुनुभएको छ भने ज्वानो पानीमा हालेर उमाल्नुहोस् । सो पानीले मुख कुल्ला गर्नुहोस् । त्यसैगरी ज्वानोको टुक्रालाई दुखेको दाँतको विचमा राखेर चेप्नुहोस् । यसो गर्नाले दाँत दुखेको हटेर जान्छ ।८

पेटको रोगबाट बचाउँछ पाईल्स भएमा ज्वानो कालो नुनमा राखेर दैनिक सेवन गर्नाले फाइदा मिल्छ । उल्टी भएमा ज्वानो चपाएमा रोकिन्छ । ज्वानोको पात सेवन गर्नाले पेटको रोगहरु लाग्नबाट बचाउँछ ।९

जलेको दाग हटाउँछ शरिरको कुनै पनि भाग जलेर दाग बसेको छ भने ज्वानोको पेष्ट बनाएर लगाउनुहोस् । दाग हटेर जान्छ । १०

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...