आजबाट रोग पञ्चक शुरु हुँदै

हिन्दू धर्ममा कुनै पनि शुभ काम शुरु गर्नुभन्दा पहिले मुहूर्त हेरिने गरिन्छ। मुहूर्त नहेरिकन कामको शुरुवात गर्नाले मनचाहे फल प्राप्त नहुने बिश्वास रहेको छ। आइतबार वैशाख १५ गते दिउँसो ४ बजेबाट पञ्चक शुरु हुंदैछ। जुन वैशाख २० गते २ बजेर ५५ मिनेट शुक्रबारसम्म रहने छ ।
यो पनि हेर्नुहोस
शास्त्र अनुसार पञ्चकलाई अशुभ मानिन्छ। पञ्चक धेरै थरिको हुने गर्दछ। यस पटक आइतबारको दिन परेको कारण यसलाई रोग पञ्चक भनिएको छ । रोग पञ्चक लागेको कारण यी ५ दिनमा रोग(ब्यादी बढ्न सक्ने खतरा अधिक रहने गर्दछ।
ज्योतिष शास्त्र अनुसार पञ्चक ५ बिशेष नक्षत्रमा लाग्ने गर्दछ जो धनिष्ठा, शतभिषा, उत्तरा भाद्रपद, पूर्वा भाद्रपद र रेवती नक्षत्रमा पर्दछ। जसमा कुनैपनि शुभ काम गर्नको लागी मनाही गरिएको छ। ज्योतिषको अनुसार पञ्चक पनि अलग-अलग प्रकारको हुने गर्दछ। यदि पञ्चकको प्रारम्भ आइतबारबाट हुन्छ भने त्यसलाई रोग पञ्चक भनिन्छ।
साथै सोमवारबाट शुरू भएको पञ्चकलाई राज पञ्चक भनिन्छ। जुन पञ्चक मंगलवारबाट शुरू हुन्छ त्यसलाई अग्नि पञ्चक भनिन्छ। यस क्रममा आगो लाग्ने सम्भावना बढेर जाने गर्दछ। यस समयमा औजारको खरीद, निर्माण या मशीनरीको कार्य गर्नु हुदैन। यसको अलावा मृत्यु पञ्चक र चोर पञ्चक हुने गर्दछ। मृत्यु पञ्चक शनिवार र चोर पञ्चक शुक्रवार हुने गर्दछ। दुवै निकै घातक र अशुभ पञ्चक मानिन्छन्।
पञ्चकमा यी ५ काम नगर्दा राम्रो-
– पञ्चकमा खाट बनाउनु राम्रो मानिदैन। यस्तो गर्नाले कुनै ठुलो संकट आउन सक्छ। – पञ्चकको समयमा जुन समय घनिष्ठा नक्षत्र हुन्छ त्यस समयमा घास, दाउरा आदि जल्ने वस्तु बटुल्न हुँदैन। यसबाट आगो लाग्ने भय रहन्छ।
– पञ्चकको समयमा दक्षिण दिशामा यात्रा गर्नुहुदैन किनकी दक्षिण दिशालाई यमको दिशा मानिएको छ। – पञ्चकको समयमा जब रेवती नक्षत्र चलिरहेको हुन्छ, त्यस समयमा घरको छत बनाउन हुदैन । – पञ्चकमा शवको अंतिम संस्कार गर्नुभन्दा पहिले कुनै योग्य पण्डितको सलाह अवश्य लिनु पर्दछ। यदि यस्तो भएन भने शवको साथमा ५ आटाँ या कुशले पुत्ला बनाएर अर्थीमा राख्नु पर्दछ ।via~nagariksamachar
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...