चोरी औंलाबाट थाहा हुन्छ तपाइँ हाकिम बन्ने कि नबन्ने – Janata Live
  • Wednesday, February 8, 2023

चोरी औंलाबाट थाहा हुन्छ तपाइँ हाकिम बन्ने कि नबन्ने

  • जनता लाइभ
  • बैशाख १४, २०७६

चोरी औंलाबाट थाहा हुन्छ तपाइँ हाकिम बन्ने कि नबन्ने

हाम्रो आसपासमा सबै मानिसका रुची फरक फरक हुन्छन् । मानिसहरु एक अर्काको स्वभाव र भाग्य थाहा पाउन उत्सुक हुन्छन् । हस्तरेखा शास्त्र अर्थात समुन्द्र शास्त्रका अनुसार मानिसको चोरी औंला हेरेर नै उसको नेतृत्व क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भनेर ।

चोरी औंलाको प्रभाव चोरी औंलाको तल पट्टी गुरु पर्वत स्थित हुने भएका कारण यसलाई गुरु औंला पनि भन्ने गरिन्छ । सामान्यतया यही औंलाको आधारमा नै कुनै पनि ब्यक्तिको नेतृत्व क्षमता आँकलन गर्न सकिने समुन्द्र शास्त्रको दावी छ ।

यदि कुनै पनि ब्यक्तिको चोर औंला माझी औंला बराबर छ अर्थात केही लामो छ भने यस्ता ब्यक्ति नेतृत्वमा पुग्छन् । यिनीहरु राम्रा हाकिम पनि बन्न सक्छन् ।यदि यो औंला सहित अन्य लक्षण पनि मिलेमा यस्तो ब्यक्तिले हजारौं मानिसमाथि राज गर्न समेत सक्छ ।

यदि चोरी औंला माझी औंला भन्दा पनि लामो छ भने त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने ब्यक्ति हुन्छ । यस्ता ब्यक्तिले अरुलाई गन्दै नगन्ने र तानाशाही स्वभावका पनि हुन्छन् ।

त्यसैगरी कुनै पनि ब्यक्तिको चोरी औंला सामान्य लम्बाइ भन्दा पनि छोटों भयो भने त्यस्ता ब्यक्ति कम महत्वाकाँक्षी हुन्छन् । यिनीहरुलाई नयाँ काम गर्न उत्साह देखिँदैन ।यदि चोरी औंला अनामिका औंला भन्दा अग्लो छ भने यस्ता ब्यक्ति अत्याधिक महत्वाकाँक्षी हुन्छन् र कहिले काँहि अति उत्साहित भएर काम समेत विगार्छन् ।

यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु पर्छ । यदि कुनै ब्यक्तिले अनामिका र चोरी औंलाको लम्बाइ बराबर भयो भने त्यस्ता ब्यक्ति अधिक पैसा कमाउने र मान सम्मान प्राप्त गर्ने हुन्छन् । यस्ता ब्यक्ति हरेक परिस्थितिमा सन्तुष्ट रहन्छन् ।

समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् । तीन भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने हस्तरेखा शास्त्रको दावी छ । यदि चोरी औंलाको पहिलो भाग (नङतिरको भाग) अन्य दुई भाग भन्दा बढी छ भने यस्ता ब्यक्तिको नेतृत्व क्षमता राम्रो हुन्छ ।

तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र यिनीहरुको हिनताबोध बढी हुन्छ । चोर औंलाको बिचको भाग ठूलो हुने ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले दिएको काम दक्षतापूर्ण तरिकाले गर्छन् । यिनीहरुको घर र समाजमा राम्रो स्थान हुन्छ ।

तर यो भाग सानो छ भने त्यसको विपरित कुनै पनि काम दक्षतापूर्ण रुपमा गर्न सक्दैनन् ।जुन ब्यक्तिको यो औंलाको तल्लो भाग अन्य भन्दा ठूलो हुन्छ यस्ता ब्यक्ति शारीरिकरुपमा बलिया हुन्छन् र बल देखाउन खोज्छन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...