नेपालमा धेरैमा देखिने थायराइड रोग किन लाग्छ ? – Janata Live
  • Friday, February 3, 2023

नेपालमा धेरैमा देखिने थायराइड रोग किन लाग्छ ?

  • जनता लाइभ
  • बैशाख १४, २०७६

नेपालमा धेरैमा देखिने थायराइड रोग किन लाग्छ ?

थायराइड नोड्युल भनेको थायराइड ग्रन्थीको असामान्य वृद्धि हो । थायराइड ग्रन्थी घाँटीमा पाइने गरिन्छ ।

यो ग्रन्थी सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ । थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ ।यसको कारण खाएको केही पनि खानेकुरा निल्न समस्या हुने गर्दछ । नेपालमा पनि थायराइडका बिरामी दिनानुदिन बढ्दो छ ।

स्वास्थ्य क्षेत्रमा बेथितीका कारण थायराइड नभएका मानिसहरुलाई पनि थायराइड भएको भन्दै औषधी दिइने गरिन्छ । आउनुहोस्, आज हामी तपाईंलाई थायराइड नोड्युलको लक्षण्को बारेमा जानकारी दिँदैछौं । ता कि आफूलाई थायराइड भए नभएको आफैं पहिचान गर्नमा तपाईंलाई मद्दत होस् ।

थायराइड नोड्युलका लक्षणःधेरैजसो अवस्थामा थायराइड नोड्युल सजिलै पहिचान गर्न गाह्रो हुन्छ । जबसम्म थायराइड सुन्निँदैन तबसम्म यसको लक्षण नै देखा पर्दैन । यसका लक्षण यस प्रकार छः– यो सुन्निने भएकाले यसलाई सजिलै सँग पहिचान गर्न सकिन्छ ।– सुरुवाती अवस्थामा खानेकुरा निल्नमा समस्य हुन्छ ।– कुनै अवस्थामा थायराइड नोड्युल अतिरिक्त मात्रामा थायराक्सिन हर्मोन निकाल्ने गर्दछ ।

– थायराइड नोड्युलका कारण अचानक तौल घट्नसक्छ ।– मुटुको धड्कन पनि अनियमित हुने गर्दछ । कहिले कम त कहिले बढि– यसका कारण बोल्नमा पनि समस्या हुने गर्दछ किनभने यसले भोइस बक्स (लेरिंक्स)लाई संकुचित गरिदिन्छ ।– राती सुत्नमा समस्या हुन्छ । यस्तो थायराइड नोड्युल बढ्दा हुने गर्दछ ।– मांसपेशी कमजोर हुने गर्दछ जसका कारण बिरामीलाई कमजोर र थकान महसुस हुने गर्दछ ।

थायराइड नोड्युलका कारणः

आयोडिनको कमीः

खानामा आयोडिनको कमीका कारण थायराइड नोड्युल बढ्ने सम्भावना बढि हुने गर्दछ । यदि तपाईंको आहारमा आयोडिनको मात्रा कमी हुन्छ भने थायराइड ग्रन्थीमा थायराइड नोडलको विकास हुने गर्दछ । यद्यपी, यसको अर्थ यो होइन कि तपाईंले आयोडिनको कमी केवल नुनमार्फत पूर्ती गर्नसक्नुहुन्छ भन्ने होइन । यसको लागि तपाईंले आयोडिनयुक्त आहार पनि खान सक्नुहुन्छ । सबैभन्दा धेरै आयोडिन समून्द्रि माछामा पाइने गरिन्छ ।

थायराइडको टिस्युमार्फतयदि थायराइड टिस्यु असामान्य रुपमा बढिरहेको छ भने थायराइड नोड्युलको समस्या हुने गर्दछ । यस्तो स्थितीलाई थायराइड एडेनोमा नामले पनि चिनिन्छ–यद्यपी यो ननक्यान्सर हुने गर्दछ जसका कारण गम्भीर समस्या हुँदैन । केही एडेनोमा यस्तो पनि हुने गर्दछ जुन आफसेआफ थायराइड हार्मोनको उत्सर्जन पिट्युटरी ग्रन्थीभन्दा बाहिर गर्दछ । यसका कारण हाइपरथायराइडिज्म पनि समस्या पनि हुनसक्छ ।

थायराइड सुन्निनेःथायराइड ग्रन्थी जब लामो समयसम्म सुन्निने गर्दछ तब थायराइड नोड्युल हुने सम्भावना बढ्ने गर्दछ । यो स्थितीलाई थायराइडिटिस पनि भनिन्छ । समान्यतया हसीमोटोज एक प्रकारको विकार हो जसले थायराइड ग्रन्थीलाई सुन्नाउन सहयोग गर्दछ र थायराइड ग्रन्थीको कार्यक्षमतालाई कम गर्ने गर्दछ । यसलाई हाइपोथायराइडिज्म भनिन्छ ।

थायराइड क्यान्सरःथायराइड क्यान्सरमा नोड्युल सानो रहने धेरै सम्भावना हुन्छ । यदि परिवारमा कसैलाई यो रोग छ भने घरका अन्य सदस्यलाई पनि यो रोग लाग्ने सम्भावना हुन्छ । यदि तपाईंको उमेर ३० देखि ६० को बिचमा छ भने यसको जोखिम तपाईंलाई बढि हुने गर्दछ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...