काठमाण्डौबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटनाग्रस्त – Janata Live
  • Friday, February 3, 2023

काठमाण्डौबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटनाग्रस्त

  • जनता लाइभ
  • बैशाख १४, २०७६

काठमाण्डौबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटनाग्रस्त

कपिलवस्तु – काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्र्तगत वाणगंगा नगरपालिकाको चप्परगाँमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छन । घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ ।via~nagariksamachar

यो पनि पढ्नुहोस्
मृत्यू सम्बन्धि संस्कार
शेर्पा समुदायमा मृत्यु संस्कार बौद्धधर्म ञिङ्मपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पन्न गरीन्छ । जस अनुसार कसैको मृत्यू हुना साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छयोमीन बाल्नु पर्दछ । लामा पुरोहीतहरु बोलाई धार्मीक विधिअनुसार पाठपूजा गर्नु पर्दछ । ठुला–ठूला लामाहरुबाट फोवा हाल्नु पर्दछ । लासलाई धार्मीक विधि अनुसार ठु (पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेह्री सिङारिएको ठाउँमा राखीन्छ । लामाबाट लास संस्कार गर्ने साईत हेराएर ३ दिन देखि १ हप्ता सम्म घरमानै वा आफ्नो घर नभएमा मृत्यूसंस्कार गर्ने सुबिधा भएका सार्वजनिक गुम्बाहरुमा राखी दिन् रात पूजा गरिन्छ । शेर्पा समाजमा कसैको मृत्यूभएमा मृतकको नाताहरु धुप, र छोव (प्रसाद) लिएर जाने प्रचलन छ । लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्रहरु जम्मा भै दाह संस्कारको लागी जानु पर्दछ । लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगि धार्मिक विधिबिधान अनुसार पाठपूजा गरि जलाउने चलन छ । लासमा आगो लगाएपछि सबै मलामिहरुलाई पैसा दिइने चलन छ यसलाई लक्पा रब्चे भनीन्छ । मृत्यू पछि पनि आत्मा आफ्नो घर परिवारको वरिपरीनै घुमी रहन्छ भन्ने बिस्वाशमा दाह संस्कार पछि मृतकको पुतला बनाई सो पुतलालाई बिहान बेलुकिको खाना दिने र मृत्यू पछी हुने कुराहरुको जानकारी दिन एक जना लामा पुरोहीत मृतकको घ्यवा नसकुनजेल सम्मसँगै राख्ने चलन छ । यस प्रकृयालाई शेर्पा भाषामा (तेन स्योम्बु) अथवा सातु पाल्नु भनीन्छ । यो सातु पाल्ने कार्य ३ देखी ७ हप्ता सम्म लाग्न सकिन्छ । मृत्यु भएको दिन देखि घ्यवा नसकुन्जेल सम्म प्रतेक हप्ता अरु लामाहरु बोलाई पूजा गरीन्छ । यस पूजालाई दिन्जी भनीन्छ । मृत्यु भएको ३ देखी ७ साता भित्र लामा पुरोहीतहरु बोलाई पूजा गरी नातादारहरु, मित्रहरु बोलाई प्रसाद् बाँडेर घ्यवा सम्पन्न गरीन्छ । मृतकको सम्झनामा प्रतेक वर्ष पूजा गर्ने चलन पनि छ । यसलाई लोम्ज्यु अथवा गोङजो भनीन्छ । शेर्पाहरुको मरण संस्कारमा अपनाईने कर्मकाण्डको विवरण तल दिईएकोछ ।

फोवा ग्यकु,
यसको शाब्दिकअर्थ स्थानतरण गर्नु वा ठाँउ सार्नु हो । यो मृत्यूशैयामा रहेको व्यक्तिको सास जान लाग्दा लामा गुरुजन द्वारा अध्यात्मीक मन्त्र शक्तिबाट मरणसन्न व्यक्तिको आत्मा (नम्शी) लाई शिरको ब्रह्माण्डबाट छिराई सुगति र शुद्ध भुवनमा उद्दार गर्ने तान्त्रिक विधि हो । शेर्पाहरु यस विधिको शिक्षालाई मरणसन्न अवस्थामा मात्र नभइ जिवीत हुँदा पनि श्रहण गर्दछन् । कदाचीत कुनै व्यक्तिको मृत्यु अचानक भएमा यथासम्भव चाँडो फोवा ग्यकु गर्ने व्यवस्था गरिन्छ ।

थोटोल रोकु
यसको शाब्दिक अर्थ हो श्रवण मुक्ति अथवा सद्धहुनु । मृत्यूशैयामा रहेको मरणसन्न व्यक्तिलाई एकजना लामाले थोटोल पाठगरि सुनाईन्छ । यस थोटोल पाठमा व्यक्तिको मृत्यूभएको दिन देखि ४९ दिन (स्यग शिब्च्यु श्येगु) सम्मको बिचमा मृतकलाई हुने विभिन्न डर त्रासको अनुभूति र त्यसको निवारणको ऊपायहरुबारे बताईएको हुन्छ । यसरी ७ हप्ता सम्म थोटोल बाचन गरेमा जस्तै महापापी पनि शुद्ध भई मुक्त हुन्छ भनिएकोछ ।

ठुसोल खिरु
यसको शाब्दिक अर्थ सुद्ध पार्नु हो । व्यक्तिको शरीरबाट प्राण निसकेर गएपछि मृत शरीरलाई धोएर सफापार्ने, लामा गुरुजनबाट अभिसिन्चीत शुद्ध जलले सिन्चीत गरि शुद्ध पारिन्छ ।

रो गोङगु
ठुसोलको विधि सम्पन्न भएपछी लासलाई सेतो कपडाले बेह्री ध्यान गरेजस्तै गरि राखने विधिलाई रो जोङगु (मुर्दा पोको पार्नु) र मुर्दालाई डल्लो पार्ने विधिलाई फुङ्बो गोङ्गु भनिन्छ ।

सेम्सो खिरु
यसको शाब्दिक अर्थ सान्त्वना दिनुहो । मृत्युको कारणबाट घर परिवारमा परेको दुःखमा सहभागी हुन मृतकका आफन्तहरु बत्तीबालने घ्यु, प्रसादको लागि फलफुल, र पैसा राखि सान्त्वना प्रगट गर्छन ।

केम्क्षाङ गेङगु
मृतकको लास वा लासको बदलामा बनाईएको पुतला (तेन) को अगाडी आफन्तहरु र छरछिमेकीहरुले पेयपदार्थ तथा फलफुलहरु राखि सम्मान दिने चलन लाई केम्क्षाङ गेङगु भनिन्छ ।

लम्तेन लामा
मृतकको दाह संस्कारको लागि लाने समयमा बाटो देखाउनलाई एक जना लामाले लामो खता वा कपडाको एक छेउ लामाले र अर्को छेउ मलामीले समाति लामाले डोराएर लाने गर्दछ । यसरी बाटो देखाउने लामालाई लम्तेन लामा (बाटो देखाउने लामा) भन्दछन् ।

च्यब्तर लोङगु
मृतकको दाह संस्कारको लागि लाने समयमा पन्चरङ्गी ध्वजाहरु निलो, सेतो, हरियो, रातो र पहेंलो रङको पन्च रंगी बुद्धको प्रतिकको रुपमा मलामीको अघिअघि लामबद्धभई जाने प्रचलनलाई च्यब्तर लोङगु भनिन्छ ।

दीन्जीन तोङगु
मृतकको आत्माको चीर शान्ति र पापमोचनको निमीत्त मृतकको परिवारले मृत्यु भएको दिनदेखि प्रतेक सात–सात दिनमा घ्यवा नहुन्जेल सम्म गरिने पूजालाई दीन्जीन तोङगु, भनिन्छ ।

न्यापोर
मृतकको आत्मालाई यस दुःखमय लोकमा नबस, बुद्धको सुखमय लोकमा जानु भनि तान्त्रिक विधिबाट घ्यवा नसकुन्जेल प्रतेक सात–सात दिनमा गरिने अनुष्ठानलाई न्यापोर भन्दछ ।

झिन्सक लुकु
मृतदेहको दाहसंस्कारको लागी आगो लगाएपछि मृतकको पाप शोधनको लागि लामाहरुबाट गरिने सामुहिक यज्ञलाई झिन्सक लुकु भन्दछन् ।

लग्प रब्छे
चिहानमा लासको दाहसंस्कार गरिसके पछी मलामीहरु सबैलाई दक्षिणा स्वरुप केही रकम वितरण गरिने चलन छ । यसलाई लग्प रब्छे भन्दछन् ।

थुटी सुम्पु
घाटमा लास जलाई सके पछि त्यहाँ रहन गएको अस्तुहरु र हाडका टुक्राहरु र खरानीहरु जम्मा गरि खोलामा बिसर्जन गर्ने विधिलाई थुटी सुम्पु भनीन्छ ।

पुर्खाङ ग्यकु
मुर्दा जलाएको व्यक्तिगत घाटहरुमा चैत्य बनाई मृतकको अस्तु, सामानहरु राखने परिपाटीलाई पुर्खाङ ग्यकु भनीन्छ ।

छपर ग्यकु
मृतकको अस्तु धातुलाई धुलो पारेर सफा र सुद्ध माटोमा मिसाई लेदो बनाई ससाना स्तुपा भएको ब्लकमा राखी निकालेको चैत्यलाई लामाबाट प्राणप्रतिष्ठा (रब्ने) गरि अग्लो, सफा र गुम्बाहरुको आसपासमा राखिने परम्परालाई छपर ग्यकु भनिन्छ ।

क्येल्हा श्येङगु
मृतकले जन्मलिने संसारको स्थापना गर्नलाई ज्योतिष शास्त्रको आधारमा मृतकको नामबाट विभिन्न मुति वा थङ्का बनाई लामाबाट प्राण प्रतिष्ठा गराई राखेमा मृतकले सुगतिमा जन्म लिने विश्वाश गरिन्छ । यस प्रकृयालाई क्येल्हा श्येङगु भनिन्छ ।

क्षङगा
मृत्युभएको ४९ दिन भित्र आफ्नो गच्छेअनुसार लामाहरु बोलाई पाठपूजा गराई दान दक्षिणा अर्पण गर्ने र आफ्नो नातेदारहरु, छरछिमेकीहरु र ईष्टमित्रहरुलाई आमन्त्रण गरि खाना खुवाई पर्शादहरु बाँडेर मृतकको नाममा गरिने पूजा सम्पन्न गरिन्छ । यस अनुष्ठानलाई घ्येवा (क्षङगा) भनिन्छ ।

लोम्ज्यु
व्यक्ति देहबसान भएको दिनको वर्षदिनमा त्यसव्यक्तिको स्मरणमा गरिने वार्षिक पूजालाई लोम्ज्यु भनिन्छ ।

शेर्पा जातिको विवाह संस्कार
शेर्पाहरूको महत्वपूर्ण संस्कारहरुमध्ये विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको वढी प्रभाव रहने भए ता पनि पे्रम विवाहको पनि छिटफुट चलन छ । आफ्नो मौलिक परम्पराअनुसार प्रायः विवाहित छोरीको सन्तान माइता मै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा (सानीआमा) अर्थात आमा समान मान्ने प्रचलन छ । यसरी आमा वा बुबा दुवै पट्टी सात पुस्ता सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता अद्यावाधी विद्यामान छ ।

त्यस्तै विविध ‘रु’ अथवा ‘थर’ हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । जस्तैः ‘लामा र च्यावा’ हुनेको अन्य जुनसुकै ‘रु’ सँग विहेवारी चल्छ भने पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा आदी प्रकारको ‘रु’ हरूबीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र सलाका, गोपर्मा, खम्बचे आदी बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम्परागत नीति (नियम) भएकाले पनि यो जातिको विवाह संस्कार अलि जटिल र रोचक मानिन्छ ।

गाँउबाट शहर र शहरबाट प्रदेश बसाँइ सरेर जाने क्रममा सामान्य परिवर्तन हुन थाले पनि मूलभुत रुपमा सात पुस्ते मान्यता ‘रु’ र टिज्याङ लोङज्याङ देम्ज्याङ र पेज्याङ लगायतका विधि आदीलाई विधिवत रुपमा पूरा गर्नै पर्ने मान्यता रहेको पाइन्छ ।

शेर्पा जातिको विवाहमा पु¥याउनुपर्ने विधिहरूः–
सबभन्दा पहिले केटा र केटीको उमेर हेर्ने, उनिहरुको जन्म वर्ष (लोर्ता) को आधारमा जोखना हेराई उनिहरुको दाम्पत्य जिवन राम्रो हुन्छ वा हुत्र भत्रे हेरीन्छ । सबैकुरा ठीक भएमा सगुन लिएर केटी माग्न आउँछौ भनी केटीको माईतमा खबर पठाईन्छ । यस प्रकृयालाई ‘ठिज्यङ’ भनिन्छ । केटीको माईतबाट सकरात्मक जवाफ आएमा राम्रो साईत हेरी फेमार (सातु र नौनी घ्यू मिसाएर बनाएको), छ्याङ र खाता लिएर केटीको माईतमा गएर केटी माग्ने चलन छ । यसलाई ‘लोङज्यङ’ भनिन्छ । केटा र केटीको बिबाह कहिले गर्ने, जन्ति कति आउने भनी केटाको तर्फबाट सोध्न जानेलाई ‘पेज्यङ’ भनिन्छ । यसमा पनि छयाङ र खाता कोसेली लिएर जानु पर्छ । दुवैपक्षको सहमतिबाट बिबाहको मिति तोकिएपछि विवाहको तयारी सुरु गरिन्छ । विवाहको समयमा खुवाउने छयाङको लागी केही अत्र वा नगद रुपैया केटाको तर्फबाट केटीको माइतमा जिम्मा लगाउने चलन छ । यसलाई छयावी भनिन्छ ।

विवाहको मिति तोकिएपछि सबभन्दा पहिले बिबाहको कार्यको जानकारी सहित आफ्नो नातेदारहरु, हितैषीहरू र साथीहरुलाई विवाहको कार्यक्रममा सरीक हुन निमन्त्रण ‘देन्ज्यङ’ पठाउने काम हुन्छ ।
जन्तीजाने दिन बिहानै लामा पुरोहीत द्वारा गृहशान्ती र परिवारको सुखद भविष्य को लागी कुलदेवता र जन्तीमा लाने धर्म ‘सिपखोलु’को पुजा गरिन्छ । सिपाखोलुलाई केटीको माइतिको दिशातिर मुख फर्काई राखिन्छ र जन्ती जाने समयमा सब भन्दा अगाडी लगाईन्छ । जन्ती दुलहीको माइतमा पुगेपछि सिपाखोलुलाई दुलहाको घरतर्फ मुख फर्काई राखिन्छ । जन्ती जाने समयमा दुलहालाई परम्परागत मंगोलियन पोशाक पहेलो खोचेन को बखु रातो जालीदार टोपी लगाई काँधमा पाँच रङगे कपडाको ‘दत्तर’ र हातमा ‘फुम्बा’ (कलश) बोकि प्रस्थान गर्नु पर्दछ । घरबाट जन्ती प्रस्थान गर्ने समयमा आँगनमा दुध वा दही, छयाङ र खप्सेहरु सगुन स्वरुप राखिन्छ । यसलाई ‘सुजर्यङ’ भनिन्छ । यस्ता सगुनहरु प्रायः गरी दुलहाको बिबाहीत दिदीबहिनीहरुले राखने चलन पनि छ । यसरी सगुन थापे बापतमा दिदी बहिनीहरुलाई दुलहाले उपहार दिने चलन छ ।

जन्ती प्रस्थानदेखि दुलही भित्राउने समय सम्मको लागी दुलहाको साथी साथमा रहने चलन छ । उक्त साथीलाई ‘क्याल्मी’ भनिन्छ । यस्तै दुलहीको पनि क्याल्मी राख्ने चलन छ । जन्ति प्रस्थान गरिने समयमा जन्तिमा जानेहरु सबैलाई चिनाउन निधारको बीचमा टिका लगाउने चलन छ ।
जन्ती आउने दिन बिहानै दुलहीको माईतमा पनि धर्मगुरु ‘लामा’ बोलाई सुख शान्तीको पुजा गरिन्छ र दुलहीका माइत तर्फका नातेदारहरु, छरछिमेकीहरु भेला भै जन्तीको स्वागतको तयारी गरिन्छ । जन्ती आईपुग्ने समयमा दुध वा दही, छयाङ र खप्से सगुन राखी जन्तिको स्वागत सत्कार गरिन्छ । जन्तीहरुलाई तयार गरिएको स्थानमा राखिन्छ । दुलहाको लागी छुट्टै बस्ने स्थान राखेको हुन्छ ।

जन्तीहरु बसिसकेपछि दुलहीको आमा र बाबु आई सबै जन्तीलाई छयाङ र अन्य पेयपदार्थ खुवाउदै परिचय आदान प्रदान गर्ने कार्य हुन्छ । यो कार्यक्रम सकिएपछि दुलहाको पोशाक फेर्ने कार्य हुन्छ यसलाई ‘सील्ज्याङ’ भनिन्छ । यस पछि दुलहीको माईतीहरुलाई दुलहाको तर्फबाट कोसेली राख्ने कार्य हुन्छ । कोसेलिमा फेमार, छयाङ र खाता राखिन्छ । यस पछि दुलहीलाई सिँगारेर ल्याई दुलाहको छेउमा बायाँ पट्टी बसालिन्छ । बेहुला र बेहुलीलाई पूजामण्डपको अगाडी स्वास्तिक चिन्ह बनाएको आसनमा राखिन्छ । दुलही बसेपछि दुलहाले ल्याएको कलश फुम्बा दुलहीलाई दिइन्छ ।
यसपछि दुलहा र दुलहीको घर र माइतीको तर्फबाट आफ्नो छोरा र छोरी एक अर्कालाई सुम्पिएको घोषण गर्दछन् यस कृयालाई ‘मोला’ भनिन्छ । मोलामा दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम र थर समेत खुलाई आजको दिनदेिख विवाहसुत्रमा बाँधिएको घोषण गरिन्छ । यसपछि लामाबाट दुलहा र दुलही दुवै जनालाई शीरमा नौनि घ्यूको टिका लगाउदै आर्शीबाद दिइन्छ । यसपछि दुलहाले पहिले आफुले ३ पटक निधारमा सिन्दुर लगाई ३ पल्ट दुलहीको निधारमा लगाइन्छ ।

यसपछि दुलहाले दुलहीको माईतीका मान्यजनहरुलाई र दुलहीले आफ्नो ससुराली मान्यजनहरुलाई ‘याङजी’ गर्दै ढोगेर आशीर्बाद लिइन्छ । दुलाहा र दुलहीको टिकाटालो हुनासाथ जन्तीहरु चौंरीको पुच्छर र तरवार हातमा लिई झ्याम्टाको तालमा गीत गाउँदै ‘एहोक एहोक’ भन्दै नाच्न थाल्छन्, यस नाँचलाई ‘सिली नाँच’ भनिन्छ । भने कोहि गीत गाएर शेर्पा श्यब्रु पनि नाँचिन्छ । दुलहीको बिदाईको समयमा दुलहीको माईतीको तर्फबाट सबैलाई खाता लगाई जन्तिलाई बिदाई गरिन्छ ।

यसरी विवाह सम्पन्न भएपछि जन्तीहरु दुलहीलाई लिएर दुलहाको घरमा फकिन्र्छ र दुलहीको स्वागतको लागी नाँच गान गरिन्छ यसलाई ‘टशिसोलुप’ भनिन्छ । विवाह भएको केही दिन पछि दुलहा दुलहीलाई लिएर ससुरालीमा फकिन्र्छ यसलाई ‘कर्म लोउ’ भनिन्छ ।

जन्म सम्बन्धि संस्कार
शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीनदेखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नयाँ बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरिन्छ ।

बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरुको नामको आधारमा गरीन्छ जस्तो निमा, दावा, मिङमार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा । यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र नारीको नाम आपसमा मिल्छ । न्वारन गरिने बच्चाको अघिल्लो दाज्यु वा दिदीको अल्पायुमा मृत्यु भएको रहेछ भने सो बच्चाको नाम शेर्पा नाम संग नमिल्ने गरी राखने चलन छ जस्तै कामे, सार्की, दोमे आदि ।
नानीको न्वारानमा आफ्ना नातागोताहरु, साथीहरु र छिमेकीहरु जम्मागरि भोज खुवाउने चलन छ । नानीको न्वारानमा आएकाहरुले पनि नानीको लागी कोसेली वा खाम्मा केही रकम राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खता लगाई दिने चलन छ । शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन । गाउँघर तिर न्वारान गर्दा लामो रुखको बिरुवा ल्याई सो मा धजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनीन्छ ।

शेर्पा भाषा धर्म र संस्कृति 
शेर्पाहरुको इतिहास बारेमा विद्वानहरुबीच केही मत भिन्नता भए तापनि भाषा, धर्म र संस्कृतिसँग जोडेर हेर्दा शेर्पाहरुको उत्पत्ति थलो भोट वर्ष मैं हो भन्न सकिन्छ । भोट देशबाट वर्तमान नेपालको पूर्वी हिमाली भेगमा रहँदै आएकोले शेर्पा अर्थात् पूर्वेली, पूर्वमा बस्ने समुदाय भनेका हुन् । शुरुमा शेर्पाहरु नेपालको पूर्वी क्षेत्र सोलुखुम्बुमा रहन्दै आए तापनि वर्तमान समयमा वसाई सराईको कारण्ँले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङग, खोटङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला जिल्लाहरुमा शेर्पाहरुको मुख्य बसोबास गर्ने क्षेत्रको रुपमा चिनिन्छ ।

हाल नेपालको अधिकांस जिल्लामा शेर्पाहरु बसोबास गर्दै आएको छन् भने भारतको दार्जेलिंग, सिक्किम, मणिपुर, आछाम र पश्चिम वंगल त्यस्तै गरी तिब्बत, भूटान तथा यूरोप र अमेरिकामा पनि शेर्पाहरु बसोबास गर्दै आएको पाईन्छ ।

शेर्पा भाषा र लिपि
आफ्नो भावना वा विचारलाई सजिलोसँग छिटोछरितो व्यक्त गर्न भाषाको प्रयोग गर्दछन् । त्यसैले मानिस र भाषाको बीचमा अभिन्न सम्बन्ध रहेको छ । भाषा मानिसको विचार व्यत्त गर्ने महत्वपूर्ण संचार प्रणाली अथवा साधन हो । कुनै पनि समुदाय वा वर्ग विशेषका पहिचान गर्नु भाषाको महत्वपूर्ण भूमिका हुन्छ । भाषा र संस्कृति विना जातित्वको पहिचान हुन सक्दैन । शेर्पा समुदायमा एक अर्का बीच आङ्खनो विचार व्यक्त गर्ने आङ्खनो अलगै भाषा रहेको छ, जसलाई हामी शेर्पा भाषा भन्ने गर्दछौं ।

त्यसैले शेर्पाहरुको पनि आफ्नो छुट्टै भाषा विकास भएको छ । यो भाषाको शुद्ध उच्चारण गर्नु सक्ने लिपि भनेको सम्भोट लिपि हो । जुन प्रकारले संस्कृत, पाली, हिन्दी, नेपाली, भोजपुरी आदि भाषाहरुमा देवनागरि लिपिको प्रयोग गरिन्छ । त्यसै गरी तिब्बती, शेर्पा, लद्दाखी, भुटानी, भोटे आदिका भाषाहरुमा सम्भोट लिपिको प्रयोग गर्ने गर्दछ । प्राचीनकालदेखि नै शेर्पाहरुले सम्भोट लिपिको प्रयोग गर्दै आएकोले शेर्पा समुदायले आजसम्म मातृ भाषा लेखनको लागि यसको अलव छुट्टै वर्ण लिपिको आवश्यकता भएको महासुस गरेको छैन ।

शेर्पाहरूको धर्म
नेपालको लुम्बिनीमा जन्मनु भएका शिद्धार्थ गौतमले बुद्धत्व प्राप्त पश्चात् भारतको धेरै ठाउँमा उपदेश दिनुभएले भारतमा बौद्ध धर्मको विकास भएको थियो । तत् पश्चात् कालान्तरमा यस धर्मको विकास र लोकप्र्रियताले चीन, तिब्बत, जापान र मंगोलिया लगायत एशियाका धेरै मुलुकहरुमा व्यापक स्थान पायो । त्यसै क्रममा हिमाली क्षेत्र तिब्बतमा सर्वप्रथम धर्मराज सोङचेन गम्पो (जन्मकाल ५५७ ई.) को राज्यकालमा बौद्ध धर्मको प्रवेश भएको थियो र विशेषतः (७६३ ई.मा) नालन्दाबाट शान्तरक्षितको तिब्बत आगमन पश्चात् यसले अझ व्यापक रुप लिएको थियो । उहाँलाई तिब्बतमा बौद्धधर्मको प्रचारार्थ स्वयं राजाले आमन्त्रण गर्नुभएको थियो ।

त्यसपछि पनि विभिन्न कालक्रममा तिब्बती राजाहरुको अनुरोधमा बौद्ध धर्मको प्रचार–प्रसार तथा बुद्धवचन एवं अन्य बौद्ध धर्म–दर्शन शास्त्रहरु तिब्बती भाषामा अनुवाद गर्ने हेतुले भारतवर्षबाट उल्लेख्य रुपमा प्रकाण्ड बौद्ध विद्वान् एवं पण्डितहरुको तिब्बतमा आवागमनक्रम जारी रहेको थियो । तिब्बतमा प्रारम्भिक बौद्ध धर्मको विकासको दृष्टिले खेन–लोप–छयोसुम अर्थात् उपाध्याय शान्तरक्षित, आचार्य पद्मसम्भव र धर्म राजा ठिसोङ देउचेनलाई प्रमुख पात्रको रुपमा लिईन्छ ।
यानको दृष्टिले तिब्बती बौद्ध परम्परा महायान अन्तर्गत पर्दछ । किनकि बौद्ध धर्मको प्रचारक्रममा भारतका दक्षिणी प्रदेशहरुमा हीनयानको अधिकतम प्रचार भएको थियो भने उत्तरी प्रदेशहरु जस्तै तिब्बत, चीन, कोरिया, मंगोलिया एवं जापानमा महायान बौद्धधर्मको व्यापक प्रचार प्रसार भएको थियो। त्यसपछि तिब्बतमा महायान बौद्ध धर्मको विकासक्रममा ञिङमा, कग्र्युद, साक्य, गेलुग सहित चार महायान तिब्बती बौद्ध परम्पराहरुको विकास भएको थियो । जसलाई तिब्बतमा बौद्धधर्मको चरम विकासको रुपमा लिन सकिन्छ । ती मध्ये ञिङमा परम्परालाई तिब्बतकै प्राचीनतम बौद्ध दर्शन परम्पराको रुपमा मानिन्छ ।

सोही महायानी ञिङमा परम्परा नै शेर्पा समुदायहरुको प्राचीन तथा आदर्श धर्म हो । यसैमा शेर्पा समुदायहरुका सम्पूर्ण संस्कृति र जीवनशैलीहरु आधारित छन् । आज पनि बहुसंख्यक शेर्पाहरु ञिङमा परम्परालाई आफ्नो आस्था–भक्तिको केन्द्र मान्दछन् भने कग्र्युद, साक्य र गेलुग परम्परामा आस्था राख्नेहरु पनि रहेका छन् । त्यसै कारण्ँ शेर्पा समुदायहरुले प्राचीनकालदेखि नै बौद्ध धर्मको अनुसरण गर्दै आएको देखिन्छ ।

शेर्पाहरुको मूल थलो सोलुखुम्बुक्षेत्रमा सर्वप्रथम लामा साङवा दोर्जेले ञिङमा परम्पराको शुरुवात गर्नुभएको थियो । खुम्बु क्षेत्रको पाङवोचे भन्ने ठाउँमा पाल्रिवोे नामक गोन्पाको निर्माण गरेर उहाँले यस परम्पराको प्रारम्भिक स्थापना गर्नु भएको बुझिन्छ । उक्त गोन्पालाई स्थानीयबासीहरुले सबैभन्दा पुरानो गोन्पाको रुपमा लिने गर्दछन् ।

शेर्पा इतिहासहरुमा उल्लेख गरे अनुसार लामा साङवा दोर्जे का महिल भाइ राल्वा दोर्जे र कान्छा भाइ खेन्पा दोर्जेले पनि क्रमशः थामे र रिमीज्युङ भन्ने गाउँमा ञिङमा गोन्पा स्थापना गरी बौद्ध धर्म र दर्शनको व्यापक प्रचार–प्रसार गर्नुभएको थियो । यस क्रममा सोलुखुम्बु क्षेत्रमा कैयौं बौद्ध गोन्पाहरु निर्माण भइसकेका छन् । यी गोन्पाहरुमा शेर्पाहरुले दैनिक पूजापाठ र धामिर्क गतिविधि लगायत वार्षिक रुपमा मनाइने विशेष बौद्ध उत्सव र अन्य सांस्कृतिक कार्यक्रमहरु पनि सम्पन्न गर्दै आएका छन् ।

अधिकांश गोन्पाहरुमा बौद्ध धर्म र दर्शन विषयक शिक्षाहरुको गहन अध्ययन–अध्यापन समेत हुँदै आएकोले गोन्पाहरुलाई एउटा सामुहिक आस्थाको केन्द्र मात्र नभएर समग्र बौद्ध शिक्षाको केन्द्र एवं विद्यापीठको रुपमा पनि मान्न सकिन्छ । बौद्धधर्म र शिक्षालाई प्रचार गर्ने क्रममा प्राचीनकालीन शेर्पाहरुले बौद्ध गोन्पा निर्माणको अतिरिक्त तथागत बुद्धको विविध चैत्य निर्माण, षडाक्षरी मन्त्र (ॐ मणि पद्मे हूँ) युक्त ढुङगामानेको स्थापना, विभिन्न चट्टानहरुमा विविध बौद्ध मन्त्रहरुको अंकन, अग्ला डाँडाहरुमा धारणमन्त्रयुक्त मणि, हातेमाने (मणि लकखोर) द्वारा सुसज्जित द्वार (कनिङ) र खोला नालाहरुमा जलमाने (मणि छुखोर) जस्ता त्रिरत्नका काय, वाक् र चित्तका प्रतीकात्मक आधार–अधिष्ठानहरु समेत निर्माण गरेका छन् ।

साथै शेर्पाहरु विश्वशान्तिको कामना र परहितको भावनापूर्वक उच्च पहाड–पर्वत, गहिरो नदीनाला, घन वनजंगल र रमणीय तथा एकान्त स्थलहरुमा विश्वशान्ति, आरोग्य एवं अनेकन रक्षामन्त्रयुक्त पञ्चरंगी ध्वजा–पताका (लुङता) हरु लगाउने गर्दछन् । पाप शोधन र पुण्यार्जनको रुपमा गोरेटो बाटो खन्ने, भोकोनांगोलाई यथा शक्य भोजनदान र वस्त्रदान गर्ने, खोलानालाहरुमा पुल निर्माण गर्ने, दिनको अन्तमा आफुले गरेका पापहरुको शुद्धि अर्थ षडाक्षरी मन्त्रोच्चरण गर्दै माला जप्ने र दिनको आरम्भमा सम्पूर्ण कार्यहरु कुशलमूलक भइ पवित्र जलार्पण (योनछयाप) गरी नमन गर्ने गर्दछन् । यी सबै आचरणहरुलाई शेर्पाहरुले प्राचीनकालदेखि नै दैनिक चर्याको रुपमा सम्पन्न गर्दै आएका छन्, जुन बौद्ध धर्मका विशुद्ध आचारपक्षहरु हुन् ।

शेर्पा संस्कृति
परपूर्वकालदेखि शेर्पाहरु बौद्ध धर्ममा आस्था र विश्वास राख्ने भएकोले जुन सुकै सामाजिक कार्य गर्दा अहिंसा र प्रतीत्यसमुद्पादको सिद्धान्तमा रहेर सम्पूर्ण कार्यहरु सु–सम्पन्न गर्ने गर्दछन् । त्यसैले शेर्पा समुदायको समाज मैत्री र करुण आदि भावनाले परिपूर्ण भएको समाज हो । यो समाज हिंसा, अधर्म, अनैतिक जस्ता कार्यहरुबाट टाढा रहेको छ ।

शेर्पाहरुको आफ्नै वेष–भुषा, नाच–गान, खान–पान रहेका छन् भने घरको वनावट शैलीदेखि लिएर घरको भित्र बाहिरको रङग रोगन, मुति र्काल, चित्र काल आदि अन्य समुदयको भन्दा केही फरक रहेका छन् । शेर्पाहरुले मन्ने मुख्य चाडपर्व शाक्यमुनि बुद्धसँग सम्बन्धित बुद्ध जयन्ती, धर्मचक्र प्रर्वतन, सागा दावा, देवातरण महोत्सव (ल्हाबापा तुइक्षेन) र आचार्य पद्मसम्भवसँग सम्बन्धित, कृष्ण पक्षको दशमी पूजा, (छेचु) र शुक्ल पक्षको दशमी (ञेरङ) को साथै मणि रिल्डुब, ञ्युङन्य (मौन ब्रत) डुम्ची (डुव्क्षेद्) लोसार आदि रहेका छन् । यदि शेर्पालाई जीवित राख्ने हो भने शेर्पा भाषा, धर्म र संस्कृतिलाई बचाउनु पर्दछ । भाषा, धर्म र संस्कृतिको बिना कुनै समुदायको अस्तित्व नै रहन्न सकिँदैन ।

शेर्पाहरुको इतिहास बारेमा विद्वानहरु बीच केही मत भिन्नता भए तापनि भाषा, धर्म र संस्कृतिसँग जोडेर हेर्दा शेर्पाहरुको उत्पत्ति थलो भोट वर्ष मैं हो भन्न सकिन्छ । भोट देशबाट वर्तमान नेपालको पूर्वी हिमाली भेगमा रहँदै आएकोले शेर्पा अर्थात् पूर्वेली, पूर्वमा बस्ने समुदाय भनेका हुन । शुरुमा शेर्पाहरु नेपालको पूर्वी क्षेत्र सोलुखुम्बुमा रहँदै आए तापनि वर्तमान समयमा वसाई सराईको कारणले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङग, खोटङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला जिल्लाहरुमा शेर्पाहरुको मुख्य बसोबास गर्ने क्षेत्रको रुपमा चिनिन्छ ।

हाल नेपालको अधिकांस जिल्लामा शेर्पाहरु बसोबास गर्दै आएको छन् भने भारतको दार्जेलिंग, सिक्किम, मणिपुर, आछाम र पश्चिम वंगल त्यस्तै गरी तिब्बत, भूटान तथा यूरोप र अमेरिकामा पनि शेर्पाहरु बसोबास गर्दै आएको पाईन्छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...