सामाजिक सञ्जालमार्फत बैंककमा बसेर करोडौँ ठग्ने पक्राउ – Janata Live
  • Friday, February 3, 2023

सामाजिक सञ्जालमार्फत बैंककमा बसेर करोडौँ ठग्ने पक्राउ

  • पत्रपत्रिकाबाट
  • बैशाख १४, २०७६

सामाजिक सञ्जालमार्फत बैंककमा बसेर करोडौँ ठग्ने पक्राउ

काठमाडौं । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने ।

क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खातामा राख्ने ।

आठ वर्षयता बैंककमा बसेर मानव तस्करीको जालो थाप्दै सयौंसँग करोडौं रुपैयाँ ठगी गर्ने पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीको फन्दामा परेका छन् ।आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा मात्रै ३४ पीडितले निवेदन दर्ता गराएका छन् । ठगीमा परेर लाखौं रुपैयाँ गुमाएका दुई दर्जनभन्दा धेरै पीडित सम्पर्कमा आएका छन् । उजुरी गर्नेहरूले ५ करोड रुपैयाँभन्दा धेरै गुमाएको बताएका छन् । गुरुङको ठगीधन्दा नजिकबाट नियालिरहेका सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार उनले दुई सय जनाभन्दा धेरैबाट ५ करोडभन्दा बढी ठगेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

गुरुङविरुद्ध सीआईबीमा २०७२ सालदेखि नै उजुरी पर्न थालेको देखिन्छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंमा पनि दर्जनौं पीडितले निवेदन दिएका छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...