दोलखामा जनप्रतिनिधिको दादागीरी, जग्गादान नगरे गाउँ निकाला गर्नेसम्मको धम्की

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका–६ च्यामामा सडक खन्न जग्गा दान नदिएको भन्दै एक परिवारलाई वडाबाट पाउने सबै सुविधा नदिने निर्णय गरेको छ । वडाध्यक्षसहितको नेतृत्वमा बसेको बैठकले जग्गा दान नदिने लक्षिमा आपागाइँको परिवारलाई सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको हो ।
जनप्रतिनिधिको स्वेच्छामा अर्कै स्थानबाट सडक लैजाँदा ग्रेड नमिल्ने र त्यसले स्थानीय बासिन्दा सबैलाई नसमेट्ने कारण पुरानै स्थानबाट सडक लैजान मसहित वरपरका छिमेकीले आग्रह ग¥यौँ तर वडाध्यक्षले आफूमाथि गालीगलौज गर्दै तेरो जग्गाबाट लैजान नदिए गाउँमा बस्न नदिने र वडासदस्य रुद्रबहादुर घिमिरेले खुट्टा काटिदिने धम्की दिएको पीडित आपागाइँले गुनासो गरिन् ।
उनले भनिन्, ‘प्राविधिक इस्टमेटअनुसार सुरुमा तयार पारिएको टुँडिखेल गहत्तेरी खुवाचउर छेत्रबाट सडक लैजाँदा त्यस छेत्रमा वडा सदस्य घिमिरेको समेत जग्गा पर्छ । तर, आफ्नो जागा जोगाउनका निम्ति गाडी नै चल्न नसक्ने भूगोलमा जबर्जस्ती सडक लैजान खोजेपछि मैले बिमति राखेँ, तर उनीहरूले मैले वडाबाट पाउने सबैखाले सेवासुविधा रोकिदिने चेतावनी दिए ।’
जग्गा दान नदिएकै कारण आफू, पति र दुई छोराको सिंगो परिवारलाई सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको र संविधान बमोजिम राज्यबाट पाउनुपर्ने सेवा सुविधा विना रोकतोक पाउनुपर्ने साथै वडाध्यक्षसहित वडासदस्यलाइ समेत कारबाही गरी मलाई न्याय दिलाइँ पाउँ भनी जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन हालेको आपागाइँले बताइन् ।
गत महिना वडाध्यक्ष झनकबहादुर फुयाल, वडासदस्य रुद्रबहादुर घिमिरे, प्राध्यापक टीका घिमिरे, बुद्धजीवीहरूको हितबहादुर फूयाल, जिवस फुयाल, सुमन मिजार, पवन खड्का लगायतको बैठकले जग्गा नदिने परिवारका छोराहरूसहित सबैलाइ वडा कार्यालयबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।
यता वडाध्यक्ष फुयालले पीडित महिला आफ्नो आफन्त पनि पर्ने र डर देखाउनका लागि मात्र त्यस्तो निर्णय गरेको बताए । नराम्रो नियतले त्यस्तो नगरेको उनको भनाइ रहेको छ । सौर्य दैनिकबाट
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...