गर्भवती महिलाले धेरै कफी नपिउहुहोस्, बच्चामा ब्लड क्यान्सर हुनसक्छ – Janata Live
  • Sunday, February 5, 2023

गर्भवती महिलाले धेरै कफी नपिउहुहोस्, बच्चामा ब्लड क्यान्सर हुनसक्छ

  • जनता लाइभ
  • बैशाख १३, २०७६

गर्भवती महिलाले धेरै कफी नपिउहुहोस्, बच्चामा ब्लड क्यान्सर हुनसक्छ

तपाइँ गर्भवती हुनुहुन्छ ? नियमित कफी पिउने गर्नुभएको छ ? त्यसो भए होसियार हुनुहोस् र कफी पिउने आदत छाड्नुहोस् । किनकी तपाइँले कफी पिउँदा तपाइँको गर्भमा रहेको बच्चामा रक्त क्यान्सरको खतरा बढ्छ।

वैज्ञानिक अनुसन्धानले गर्भवती महिलाले दिनमा कम्तिमा २ कप कफी पिउने गर्नाले गर्भको बच्चा जन्मिएपछि बाल्यकालमा रक्त क्यान्सरको चपेटामा पर्ने जोखिम उच्च रहने तथ्य पत्ता लगाएको हो।साथै शोधकर्ताहरुले विश्वका सरकारहरुले गर्भवती महिलालाई गर्भावस्थामा धूमपान र मध्यपान नगर्न सचेत गराइएजस्तै बढि कफी समेत नपिउन सचेत गराउनुपर्ने सुझाव दिएका छन्।

शोधकर्ताहरुका अनुसार कफीमा हुने क्याफाइन नामक रसायनले भ्रुणको सरीरको कोषमा हुने डिएनए मा अनपेक्षित परिवर्तन गराउने र त्यसो गर्दा ट्युमर विकशित हुने जोखिम उच्च हुन्छ।

अहिलेसम्म यस विषयमा गरिएका विभिन्न २० वटा अध्ययनका नतिजा समेत विश्लेषण गर्दै शोधकर्ताहरुले भनेका छन्, गर्भावस्थामा महिलाले कफी पिउँदा बच्चामा ल्युकेमिया अर्थात् रक्त क्यान्सरको जोखिम २० प्रतिशतले बढ्छ । अझ दिनमा २ कप भन्दा बढि कफी पिउँदा बच्चामा क्यान्सरको जोखिम ६० प्रतिशत हुने शोधकर्ताहरुले बताएका छन्। त्यस्तै दिनमा ४ कप कफी पिउने गर्भवती महिलाका बच्चामा रक्त क्यान्सरको जोखिम ७२ प्रतिशतले बढ्ने अमेरिकन जर्नल अफ अब्स्टेट्रिक्स एण्ड गाइनेकोलोजीमा प्रकाशित अध्ययनले देखाएको छ।

तर बेलायती क्यान्सर विशेषज्ञ डेनिस हेन्शले भने गर्भवती महिलालाई कफीको सेवन पूरै त्याग्न सल्लाह दिनुको साटो दिनको दुइ कप भन्दा कम वा कहिलेकाहीँ कफी पिउन सल्लाह दिनुपर्ने तर्क गर्छन् । दुइ कप कफि पिउँदा रक्त क्यान्सरको जोखिम ६० प्रतिशतले बढ्ने तथ्य निकै उल्लेखनीय रहेको उनी बताउँछन्।

पछिल्लो समयमा बालबालिकामा रक्त क्यान्सरको दर बढ्दै जानुमा गर्भवती महिलाले कफी पिउनु मात्र मुख्य कारक तत्व हो वा अन्य वातावरणीय तत्व पनि जिम्मेवार छन् रु भन्ने विषयमा थप अनुसन्धानको आवश्यकता रहेको तर्क उनको छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...