वैशाख १२ गतेको महा-भुकम्पपछि उद्दार गरिएका बालक यस्ता भए – Janata Live
  • Saturday, February 4, 2023

वैशाख १२ गतेको महा-भुकम्पपछि उद्दार गरिएका बालक यस्ता भए

  • बैशाख १२, २०७६

वैशाख १२ गतेको महा-भुकम्पपछि उद्दार गरिएका बालक यस्ता भए

निलो रंगको विद्यालय टिसर्ट अनि मन्द हरियो रंगको ट्राउजर र सेतो जुत्ता लगाएका बालक मस्त निन्द्रामा थिए, आमाको काँधमा। देब्रे हातमा मोबाइल फोन छ, त्यही हातमा हरियो रंगको ब्याग पनि भिरेकी छन्।देब्रे काँधमा भुसुक्कै निदाएका छोरा नखसोस् भनेर दाहिने हातले कैँचे पारी देब्रे हातलाई ढाडस दिइरहेको थियो।

चार वर्षको छोरालाई बोकेर १० मिनेट हिँड्दा आमा रस्मिता अवालको श्वास अलि अलि फुलेको थियो, तर त्यो श्वास फुलाइमा रस्मिताको माया लपप्क टाँसिएको थियो छोराको लागि। तर तीन वर्ष अगाडि आजको दिन झण्डै उनले आफ्नो मुटुको टुक्रालाई सधैँको लागि गुमाउनुपरेको थियो।सन्दर्भ २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको। भक्तपुरको देकोचामा घर भत्किएर पुरिएका सोनिस अवाल पुरिएको २२ घण्टापछि जीवितै उद्धार भएका थिए।

त्यो दिन नेपालको १४ वटा जिल्लालाई ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्पले नराम्ररी हल्लायो।गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको भए पनि त्रासको केन्द्रबिन्दु भने धेरैको मनलाई बन्यो। पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए, २२ हजार तीन सय जनाभन्दा धेरै घाइते भए। कच्ची र पक्की गरी १० लाख भन्दा धेरै घरको क्षति भयो। भिडियो हेर्नुहोस

-nagariksamachar

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...