गर्भावस्थामा के खाने के नखाने ? – Janata Live
  • Sunday, February 5, 2023

गर्भावस्थामा के खाने के नखाने ?

  • जनता लाइभ
  • बैशाख ०९, २०७६

गर्भावस्थामा के खाने के नखाने ?

गर्भावस्था आफैँमा जटिल समय हो । गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ । विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन । गर्भवतीले कुन खानेकुरा खाने वा नखाने भन्नेबारे विश्वभर नै अलग–अलग मान्यता छन् । वैज्ञानिक र चिकित्सकहरूले पनि यो विषयमा खोज गरिरहेका छन् ।

सामान्यतया गर्भवती महिलाले साबिकको भन्दा दुई सय बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । जसमा दैनिक चार–पाँच चोटी या खाना खानु आवश्यक छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।

साथै दूध, दहीजस्ता क्याल्सियमयुक्त परिकारसमेत पर्याप्त मात्रामा सेवन गर्न आवश्यक छ । त्यस्तै, कार्बोहाइड्रेटयुक्त खाद्यान्न तथा आवश्यक मात्रामा चिल्लो खानेकुरा खान आवश्यक हुन्छ । घिउजन्य वस्तुले तौल बढाउन सक्ने भएकाले थोरै तर नियमित रूपमा सेवन गर्नुपर्छ । घिउजन्य पदार्थबाट अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, जुन गर्भवतीका लागि आवश्यक छ ।

यसका साथै गर्भवतीले प्रशस्त मात्रामा मौसमी फलफूल तथा तरकारी खानुपर्छ । सम्पूर्ण खानेकुराको कम्तीमा पनि पाँच भागको एक भाग फलफूल वा तरकारी हुन आवश्यक छ । यसैगरी, गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलन गर्दछ

गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले ब्याक्टेरिया तथा भाइरसले सजिलै आक्रमण गर्ने सम्भावना रहन्छ । त्यसैले दैनिक प्रयोगमा ल्याउने खानेकुरामा ध्यान पु¥याउनुपर्छ । कतिपय मानिसले मेवा, भुइँकटहर, अंगुरजस्ता फलफूल हानिकारक हुने ठान्दछन् । तर, यो सत्य होइन ।

गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूल खानुपर्दछ । जुनसुकै खानेकुरा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ । यदि स्वस्थ खानेकुरा सेवन गर्ने हो भने अतिरिक्त भिटामिन लिनुपर्दैन । फोलिक एसिड भने अनिवार्य लिनुपर्छ । किनकि, यो स्वस्थ खानामा पनि पाउन सकिन्न ।

के नखाने ?

कतिपय खानेकुरा गर्भावस्थामा खानु हुँदैन । यस्ता खानेकुराले नाजुक अवस्थामा नोक्सान पु-याउन सक्छ । योवेला चिकित्सकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ । आफैँले जथाभावी औषधि खाए गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पर्छ ।

एन्टिबायोटिक, एन्टिपायरिटिक तथा पीडाबाट मुक्त हुन पनि निर्धारित औषधि तोकिएको हुन्छ ।

सजिलै ब्याक्टेरियाले आक्रमण गर्न सक्ने बजारमा राखिएका खानेकुरा खानु हुँदैन । फास्टफुड र ड्राइफुड सकेसम्म नखाऔँ । अल्कोहलजन्य पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्दछ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक हुन्छ ।

स्रोत : परोपकार प्रसूति गृह, थापाथली, काठमाडौं

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...