तामाको भाँडामा राखेको पानी पिउदा यी २० रोग निको हुन्छ, थाहा पाउनुहोस् यस्ता छन् बैज्ञानिक कारण – Janata Live
  • Friday, February 3, 2023

तामाको भाँडामा राखेको पानी पिउदा यी २० रोग निको हुन्छ, थाहा पाउनुहोस् यस्ता छन् बैज्ञानिक कारण

  • एजेन्सी
  • बैशाख ०७, २०७६

तामाको भाँडामा राखेको पानी पिउदा यी २० रोग निको हुन्छ, थाहा पाउनुहोस् यस्ता छन् बैज्ञानिक कारण

हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ ।दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझैपनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन ।

धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् ।

आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्ः

आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।

तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड)मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।

थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ । तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।

जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।

एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।

तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ । यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ ।

विज्ञानले पुष्टी गरेको छ यी २० रोगबाट बचाँउछ ब्लड प्रेशर, कोलेस्ट्रॉल नियन्त्रण गर्न,हार्ट अटैकबाट बचाउछ,स्मरणशक्ति मजबूत बनाउँछ,पित्त र कफ सम्बन्धि रोग भगाउँछ ,पेटलाई क्षति गर्ने बैक्टिरिया मारेर अल्सर देखि कुनै किसिमका इंफ्केशन हुनबाट बचाउँछ,डायरिया, पीलिया, डिसेंट्री खतम गर्छ , एसिडिटी भगाउँछ ।

पेट, लिवर र किडनीको सुरक्षा गर्छ । एंटी इंफ्लेमेटरी प्रॉपर्टीज दुखाईको कम गर्छ,अर्थराइटिसको समस्या समाधान गर्छ,अर्थराइटिस र हाड जोर्नी दुखाई भगाउँछ । इम्यून सिस्टम मजबुद बनाउँछ, त्वचाको अल्ट्रावॉयलेट किरणबाट बचाउँछ,एंटी ऑक्सीडेंट्स को रुपमा काम गरेर अनुहार त्वाच्चा बचाउँछ ,स्किनमा एक सुरक्षा लेयरको रुपमा बस्दछ, वजन कम गर्छ

डाइजेस्टिव सिस्टमको मजबुद बनाउँछ, शरीरमा बोसोको मात्रा कन्ट्रोल गर्छ,एंटी वाइरल, एंटी बैक्टिरियल र एंटी इंफ्लेटरी प्रॉपर्टीजको रुपमा काम गरेर घाउँलाई छिटै निको पार्ने काम गर्छ, इम्यून सिस्टमको मजबूत बनाएर सेल्सहरुको बिकास गर्छ ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...